जुँगाको लडाइँमा जेलिएको ‘पहिचानवादी आन्दोलन’

विराटनगर : पछिल्लो समय १ नम्बर प्रदेशले कोशी नाम पाएसँगै प्रदेश नामकरणकै विषयमा उद्वेलित छ। फागुन १७ गते कोशी नाम पाएपछि पूर्वमा विभिन्न आन्दोलन भएका छन्।चैत ५ गते विराटनगरमा पुनः नामकरणको माग राख्दै बृहत् आन्दोलन भयो। आन्दोलनमा घाइते भएका पदम लिम्बू (लाजेहाङ)को उपचारका क्रममा चैत १० गते मृत्यु भएको थियो। उनलाई सरकारले सहिद घोषणा गरिसकेको छ।आन्दोलनका क्रममा आन्दोलनकारी र सुरक्षाकर्मीबीच झडप हुँदा दुवैतर्फ दर्जनभन्दा बढी घाइते भएका छन्।हिंसात्मक अवस्था बन्दै गएपछि सरकारले जेठ २९ गते वार्ताका लागि