नेपाल र मरिससको दोस्रो मैत्रिपूर्ण फुटबल खेल आज हुँदै

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमले आज मरिससविरुद्ध दोस्रो अन्तर्राष्ट्रिय खेल खेल्दैछ । खेल साँझ ५ बजे दशरथ रंगशालामा सुरु हुनेछ । गत शनिबार भएको पहिलो खेलमा मरिससलाई १–० ले हराएको नेपाल आज दोस्रो खेलमा पनि त्यही लय दोहो¥याउन चाहन्छ । तर मरिसस पनि आजको खेल जित्दै दुई खेलको मैत्रिपूर्ण श्रृंखला बराबरी गर्न चाहन्छ । […]