दशैंअघि नै १२ कक्षाको परीक्षा

काठमाडौं, भदौ ८ । कक्षा १२ को परीक्षा सबै विद्यार्थीले खोप लगाएलगत्तै शुरू हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डका सदस्य–सचिव दुर्गा अर्यालले परीक्षा दिने विद्यार्थीलाई खोप लगाएलगत्तै १५ दिनअघि सूचना प्रकाशित गरी परीक्षा सञ्चालन गरिने बताएका छन् । उनले भने ‘सायद दशैंअघि नै परीक्षा लिने तयारी गरेका छौं ।’ उनले अहिले सबै जिल्लामा परिपत्र […]

सम्बन्धित सामग्री

पठाइ छाडेको १६ वर्षपछि राम्राे जिपिएमा १२ कक्षा पास

३४ वर्षकी दिपा पराजुलीको जीवनको लक्ष्य नै शिक्षक सेवा आयोगको परीक्षा दिएर सरकारी स्कुलको शिक्षिक बन्ने हो। पढाइको तीव्र इच्छा हुँदाहुँदै सरकारी विद्यालयको शिक्षिका बन्ने उद्धेश्यले उनी पढाइ  छाडेकाे १६ वर्षपछि...

रूखले किच्यो डाक्टर बन्ने सपना

विशेष खर्बुजा भक्तपुरको ख्वप कलेजका राम्रा विद्यार्थी हुन् । भक्तपुर नगरपालिका-२ का विशेष भविष्यमा डाक्टर बनेर कलेज र परिवारको नाम उज्ज्वल बनाउन चाहन्थे । 'बायोलोजी' विषय लिएर पढेका उनी कक्षा १२ को परीक्षा दिएर नतिजाको पर्खाइमा थिए । डाक्टर बनेर देशका दिनदुःखीको उपचार गरेर उनीहरूलाई खुसी पार्ने लक्ष्य उनको थियो।तर उनको त्यो लक्ष्य अब कहिल्यै पूरा नहुने भएको छ। आइतबार एक्कासि रूख ढलेर गाडीमा बज्रिँदा उनको मृत्यु भयो। विशेषका बाजे पर्ने समाजसेवी रवीन्द्र खर्बुजाका अनुसार विशेष १२ कक्षा उत्

करिश्माले गरिन् १२ कक्षा पास

काठमाडौं : अभिनेत्री करिश्मा मानन्धरले कक्षा १२ परीक्षा उत्तीर्ण गरेकी छिन्। शुक्रवार दिउँसो राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको नतिजाअनुसार उनले २.४१ जीपीएसहित परीक्षा उत्तिर्ण गरेकी हुन्।आफूले अपेक्षा गरे अनुसारकै नतिजा आएकोले आफू सन्तुष्ट रहेको उनले बताएकी छिन्। कोरोनाका कारण उनको पढाइ प्रभावित भएको थियो। सानै उमेरदेखि सक्रिय रुपमा अभिनयमा लागेकाले उनले आफ्नो पढाइलाई निरन्तरता दिन सकेकी थिइनन्। ४० वर्षको भएपछि कक्षा ८ बाट फेरि पढ्न सुरु गरेकी करिश्माले अब भने पढाइलाई

२.४१ जीपीए ल्याएर करिश्माले गरिन् १२ पास, भन्छिन्, 'स्नातक पनि पढ्छु'

अभिनेत्री करिश्मा मानन्धरले कक्षा १२ को परीक्षा पास गरेकी छिन् । शुक्रबार सार्वजनिक भएको १२ कक्षाको नतिजाअनुसार करिश्माले २.४१ जीपीए ल्याएर १२ कक्षा उत्तीर्ण गरेकी हुन्

कक्षा १२ पास भइन् अभिनेत्री करिश्मा मानन्धर

काठमाडौँ, १७ मङ्सिर। अभिनेत्री करिश्मा मानन्धरले कक्षा १२ पास गरेकी छिन् । मानन्धरले २.४१ जिपिए ल्याएर १२ कक्षा पास गरेकी हुन् । राष्ट्रिय परीक्षा बाेर्डले गत भदाै-असाेजमा सञ्चालन भएकाे परीक्षाकाे नतिजा आज(शुक्रबार) सार्वजनिक गरेकाे हाे ।

१२ कक्षा उत्तीर्णलाई भारतमा छात्रवृत्तिसहित अध्ययनको अवसर

काठमाडौं (अस) । कक्षा १२ मा ६० प्रतिशत प्राप्तांक ल्याएका विद्यार्थीलाई भारतीय विश्वविद्यालयमा छात्रवृत्तिसहित अध्ययन गर्ने अवसर जुटेको छ । उक्त तह उत्तीर्ण गरेका विद्यार्थीले शतप्रतिशत छात्रवृत्तिमा दाबी गर्न सक्ने भएका छन् । भारतका विश्वविद्यालय, कलेज र इष्टिच्युटहरूमा उच्च शिक्षा हासिल गर्ने उद्देश्यले जान चाहने विद्यार्थीलाई गुणस्तरीय शैक्षिक परामर्श सेवा प्रदान गर्दै आएको कृष्णा फाउन्डेशनले मेरिटको आधारमा भारतीय दूतावासले प्रदान गर्ने शतप्रतिशत छात्रवृत्ति ‘कम्पेक्स स्कलरशिप २०२१’को बारेमा जानकारी गराएको हो । संस्थाका अनुसार इञ्जिनियरिङ, फार्मेसी, कृषि, फुड टेक्नोलोजी र बीएससी नर्सिङमा शैक्षिक सत्र २०२१–२२ का लागि विद्यार्थीले अगस्ट ४ तारिखसम्म छात्रवृत्ति आवेदन दिन सक्नेछन् । संस्थाका एड्मिशन म्यानेजर सुभाषकेशव कोइराला कम्पेक्स स्कलरशिपको फर्म भर्न अनलाइन काउन्सिलिङ टीममार्फत सहयोग गरिँदै आएको बताए । ‘साथै विद्यार्थी र अभिभावक कार्यालयमै आएर पनि फारम भर्न सक्नेछन्,’ उनले भने । उनका अनुसार कम्पेक्स स्कलरशिपका लागि अगस्ट चौथो साता कम्प्युटर बेसमा परीक्षा लिइने भएको छ । कक्षा १२ उत्तीर्ण गरेका र परीक्षा दिएका दुवै वर्गका विद्यार्थीले यो छात्रवृत्तिका लागि आवेदन तथा परीक्षा दिन सक्ने भारतीय दूतावासद्वारा निष्कासित छात्रवृत्ति फारम भर्ने तरिकामा उल्लेख छ । कृष्णा फाउन्डेशनले भारतका उत्कृष्ट विश्वविद्यालय, कलेज र इस्टिच्युटमा आफै गएर त्यस शैक्षिक संस्थामा रहेको पूर्वाधार, शिक्षाको गुणस्तर, अन्तरराष्ट्रिय विद्यार्थी अनुभव र छात्रवृत्तिका बारेमा जानकारी लिएर विद्यार्थी र अभिभावकलाई परामर्श दिँदै आएको संस्थाका निर्देशक सन्तोषकुमार चौधरीले बताए । हाल शैक्षिक सत्र २०२१–२२ का लागि भर्ना प्रक्रिया अगाडि बढाउने समयमा संस्थाले ‘स्कलरसिप इन इन्डियन युनिभर्सिटिज’बारे जानकारी एवं परामर्श दिने कार्यक्रम आयोजना गरेको हो । भारतीय दूतावास काठमाडौंले मेधावी र मेहनती नेपाली विद्यार्थीलाई मेरिटको आधारमा ‘कम्पेक्स स्कलरशिप २०२१’ मार्फत शतप्रतिशत छात्रवृत्तिमा भारतका उत्कृष्ट विश्वविद्यालय र कलेजमा अध्ययनको अवसर प्रदान गरेको छ ।

सबैलाई निःशुल्क शिक्षा दिलाउँथें | Nagarik News - Nepal Republic Media

विद्यालय तह नै १२ कक्षा भए पछि किन १० मा देशभरको एउटै परीक्षा ? एसइई परीक्षालाई बिद्यालयमै लिन सकियो भने शिक्षाको व्यापार त आधै घटिहाल्छ।

नागरिकता पाएपछि खुसी

काभ्रेपलाञ्चोकको मण्डनदेउपुर–७ का २० वर्षीय सुशान श्रेष्ठले बाबुको पहिचान नभएका कारण नेपाली नागरिकता लिनबाट वञ्चित हुनुपरेको थियो। नेपाली नागरिकता नभएकै कारण कक्षा १२ को परीक्षा उत्तीर्ण गरेर पनि शैक्षिक प्रमाणपत्र नपाएपछि उहाँले स्नातक तहको अध्ययन गर्नबाट वञ्चित हुनुप¥यो। “नागरिकता नभएका कारण मैले १२ कक्षा उत्तीर्ण गरेको प्रमाणपत्र लिन सकिन र स्नातक तहको अध्ययन गर्नबाट वञ्चित हुनुप-यो, आमाको नामबाट नागरिकता प्राप्त गर्दा खुसी लागेको छ,” बुधबार नेपाली नागरिकताको प्रमाणपत्र लिनुभएका सुशानले भन्नुभयो। नागरिकताको प्रमाणपत्र नभएकै कारण बनेपा नगरपालिका–५ की १९ वर्षीया रिमा कपालीको नर्सिङ अध्ययन गर्ने रहर पूरा हुन सकेन। “नर्सिङ अध्ययन गर्ने ठूलो धोको थियो तर नागरिकता नभएका कारण मैले उक्त विषयको अध्ययन गर्न पाइन, आमाको नामबाट नागरिकता पाएँ, म धेरै खुसी छु,” उहाँले थप्नुभयो। कपालीले पनि बुधबार नै नागरिकताको प्रमाणपत्र लिनुभएको हो।