ओली नेतृत्वको नेकपा लतिलपुरमा पुनःगठनको लहर

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहको ललितपुर जिल्ला र मातहतका कमिटीमा पुनःगठनको लहर चलेको छ ।     जिल्ला कमिटीका अध्यक्ष हरिकृष्ण व्यञ्जनकारले आउँदो फागुन १० गतेभित्र सबै पालिकमा नगर र वडा कमिटी गठन गर्ने जानकारी दिए । जिल्ला कमिटीद्वारा आज आयोजित ‘अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम’ मा व्यञ्जनकारले आउँदो वैशाख १७ र २७ गते हुने निर्वाचनमा विजय हासिल गर्न कमिटी पुनः गठन गरी तयारी रहन कार्यकर्तालाई आग्रह गरे ।    नेकपाका जिल्ला इञ्चार्ज सुशीला नेपालले आफूहरु न्याय, ...

सम्बन्धित सामग्री

कम्युनिष्ट एकता आजको आवश्यकता: प्रधानमन्त्री

केपी ओली नेतृत्वको नेकपा एमालेसँगको एकता बचाउन नसक्नु दुःखद भएको भन्दै उनले तथापि पहिले भएका कमीकमजोरीहरुबाट सिकेर नयाँ चिराबाट एकताको दिशामा अगाडि बढ्नुपर्ने आवश्यकता औँल्याए।...

एमालेविरुद्ध कांग्रेसका ४२ आरोप

काठमाडौं । नेपाली कांग्रेसले केपी शर्मा ओली नेतृत्वको नेकपा एमालेले संविधान पूर्ण रूपमा कार्यान्वयन गर्नुको साटो दुईपटकसम्म प्रतिनिधिसभा विघटन गरेर मुलुकलाई अस्थिरतातर्फ धकेलेको आरोप लगाएको छ।स्थानीय तह निर्वाचनको पूर्वसन्ध्यामा सोमबार पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्दै कांग्रेसले राजनीतिक स्थायित्व, संविधानको रक्षा र आर्थिक विकासका लागि नेपाली कांग्रेस नेतृत्वको गठबन्धनलाई मतदान गर्न सबैमा अपिल गरेको […]

के विवेकशील साझा प्रतिगामी पार्टी नै हो ?

हिजोआज देश सामान्यभन्दा बढी रूपमा राजनीतिमय भएको छ । आमनिर्वाचन आउँदै गर्दा सबै ठूला पार्टीहरूले भव्य रूपमा आफ्ना अधिवेशन गरिरहेका छन् । केपी ओली नेतृत्वको नेकपा एमालेले राप्ती किनारमा गरेको महाधिवेशन, कमल थापा हारेको राप्रपाको महाधिवेशन हुँदै सत्ताधारी कांग्रेसको महीनौं लामो अधिवेशन, महाधिवेशन र चुनावी रौनक राजनीतिलाई तरंगित गर्ने मसला बने । राजनीतिकर्मीहरू प्रत्यक्ष रूपमा […]

घर ठानेको एमाले जेल भएछ, सूर्य चिह्नमा आज ग्रहण लागेको छ : माधव नेपाल

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आउने निर्वाचनमा नेकपा एमालेको पत्तासाप गर्ने दाबी गरेका छन् । बुधवार डडेल्धुरामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले डडेल्धुरामा नेकपा एकीकृत समाजवादी अब ‘इन’ भएको बताए । कार्यक्रमलाई सम्बोधन गर्दै उनले अबको निर्वाचनमा केपी ओली नेतृत्वको नेकपा एमालेको पत्तासाप हुने दाबी समेत गरेका हुन् । ‘विचार र आदर्श, लोकतान्त्रिक मूल्य र मान्यता स्थापित गर्न, समृद्ध देशको लागि र समतामूलक तथा भेदभावरहित समाज निर्माणको लागि नेकपा एमाले बनाएका थियौं तर एमाले ...

ओली विक्षिप्त भएर गालीगलौजमा उत्रिनु भयो : झाँक्री

जनकपुरधाम : नेकपा (एकीकृत समाजवादी)की केन्द्रीय सदस्य नेतृ रामकुमारी झाँक्रीले अब हुने निर्वाचनमा एमाले पूर्णरुपमा भत्किने दाबी गरेकी छिन्।उनले अबको सात महिनापछि केपी शर्मा ओली नेतृत्वको नेकपा (एमाले) भत्किने दाबी गरेकी हुन्। समाजवादी प्रेस संगठनले आज शनिबार साझ जनकपुरधाममा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेतृ झाँक्रीले भनिन्, ‘एमालेले आउने चुनावमा सामान्य सफलता पनि पाउने छैन, हामी समाजवादीको ढोका खोल्नेछौँ र त्यतिबेला एमालेमा बचेखुचेकाहरू पनि यसमै आउनुहुनेछ।’उनले ओली सच्च

जनकपुर पुगेर रामकुमारी झाँक्रीले भनिन् : अबको सात महिनापछि भत्किन्छ ‘ओली कम्पनी’

जनकपुरधाम : नेकपा (एकीकृत समाजवादी)की केन्द्रीय सदस्य नेतृ रामकुमारी झाँक्रीले अबको सात महिनापछि केपी शर्मा ओली नेतृत्वको नेकपा (एमाले) भत्किने दावी गरेकी छन्। समाजवादी प्रेस संगठनले शनिवार जनकपुरधाममा आयोजना गरेको पत्रकार सम्मेलनमा नेतृ झाँक्रीले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा एमाले भत्किएर जाने जिकिर गरिन्। उनले ओली सच्चिने कुनै सम्भावना नरहेको दावी…

खराब मौसमका कारण आउन नसकेको भनिएका दुई सांसद एमालेको प्रदेश कमिटी बैठकमा सहभागी

जनकपुरधाम – प्रदेश २ मा माधव नेपाल पक्षमा भनिएका दुई जना प्रदेश सांसद केपी शर्मा ओली नेतृत्वको नेकपा एमालेमा खुलेका छन्। नेकपा एसमा सनाखत गर्ने सूचीमा रहेका प्रदेश सांसद सुन्दर विश्वकर्मा र सीता गुरुङ नेकपा एमालेको कार्यक्रममा सहभागी भएका छन्। माधव नेपाल पक्षका प्रदेश सांसद शत्रुधन महतोले विश्वकर्मा र गुरुङ काठमाडौँमा रहेको र खराब मौसमका […]

एमालेले केन्द्रीय सदस्यको नामावली अद्यावधिक गर्न आयोगमा सूची पठायो

काठमाडौँ- अध्यक्ष केपी शर्मा ओली नेतृत्वको नेकपा एमालेले केन्द्रीय सदस्यको संख्या अद्यावधिक गर्न निर्वाचन आयोगसमक्ष २६० सदस्यको सूची पठाएको छ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा मंगलबार संसदको ल्होत्से हलमा भएको संसदीय दलको बैठकले २०३ केन्द्रीय सदस्य रहेको नेकपा एमालेका केन्द्रीय सदस्यहरुको संख्या २६० हुने गरी सूची निर्वाचन  आयोगमा पठाएको हो। अब पार्टी फुटाउन […]

रामकुमारी झाँक्रीलाई पक्राउ गर्न माग गर्दै गृहमन्त्रीलाई ज्ञापन

काठमाडौं । प्रधानमन्त्री केपी ओली नेतृत्वको नेकपा निकट महिला नेत्रीहरुले प्रचण्ड–नेपाल समूहकी नेत्री रामकुमारी झाँक्रीलाई पक्राउ गर्न माग गरेका छन् । ओली समूहको अखिल नेपाल महिला संघले विघटित प्रतिनिधि सभा सदस्य झाँक्रीलाई प्रक्राउ गरी कारबाही गर्न माग गर्दै गृहमन्त्री रामबहादुर थापालाई बुधबार ज्ञापन पत्र बुझाएका छन् । झाँक्रीले माघ १६ गते गोरखाको सिरानचोक गाउँपालिकाको एक कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीको चरित्र हत्या गरेको उनीहरुको आरोप छ । ज्ञापन पत्रमा नेतृ झाँक्रीले राष्ट्रपति भण्डारीको चारित्रिक हत्या गर्दै विभिन्न लाञ्छना, गाली बेइज्जति गरी व्यक्तिगत, पारिवारिक तथा राष्ट्रपतिकै इज्जतमा समेत धक्का पुर्‍याउने नियतले आपत्तिजनक र अपमान जनक शब्दहरु प्रयोग गरेकाले प्रक्राउ गरी कानुन बमोजिम कारबाही गर्न माग गरिएको छ । गृहमन्त्री थापाले ज्ञापन पत्र बुझ्दै राष्ट्रपतिमाथि अशोभनिय आरोप लगाउनेलाई कडा कानुनी कारबाहीको प्रक्रिया अगाडी बढाउने बताएको अनेम संघकी नेतृ सुजिता शाक्यले जानकारी दिनुभयो ।