दुर्गमको स्वास्थ्य इकाइमा अक्सिजनसहितको सेवा

बागलुङ । बागलुङको गलकोट नगरपालिकामा रहेको एक दुर्गम स्वास्थ्य इकाइमा अक्सिजनसहितको स्वास्थ्य सेवा उपलब्ध भएपछि स्थानीय हर्षित बनेका छन् । गलकोट–४ मा रहेको स्वास्थ्य इकाइमै अक्सिजनसहितको सेवा सुरु गरिएको हो ।      गाउँघर क्लिनिकबाट स्तरोन्नति भएको बौर सामुदायिक स्वास्थ्य इकाइमा अक्सिजन सेवा सुरु भएको नगरपालिकाले जनाएको छ । सामान्य भवनमा सञ्चालनमा रहेको स्वास्थ्य इकाइमै अक्सिजन व्यवस्थापन भएपछि वडाबासीलाई राहत  मिलेको छ । सीमित जनशक्तिमा चल्दै आएको उक्त स्वास्थ इकाइका लागि सुविधासम्पन्न भवन बनिसके पनि केही काम बाँकी छ । वडाध्यक्ष बलबहादुर खत्री र नरेठाँटी स्वास्थ्य चौकीमा कार्यरत हेल्थ असिस्टेन्ट जगन्नाथ सुवेदीको पहल र दाताको सहयोगमा गाउँमै अक्सिजनसहितको सेवा सुरु गरिएको हो ।      डा. डिलबहादुर थोकर लामाले वोधिसत्वा विहारसँगको सहकार्यमा स्वास्थ्य इकाइलाई अक्सिजन मेसिन उपलब्ध गराएका छन् । रासस

सम्बन्धित सामग्री

स्वास्थ्य मन्त्रालयमा अब चार अतिरिक्त स्वास्थ्य सचिव

२६ साउन, काठमाडौं । सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रमुख विशेषज्ञ (अधिकृत बाह्रौं तह) हरुलाई अतिरिक्त स्वास्थ्य सचिव बनाएको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रमुख विशेषज्ञहरुलाई अतिरिक्त स्वास्थ्य सचिव बनाउने निर्णय गरेको स्वास्थ्य तथा जनसंख्यामन्त्री भवानी खापुङले बताए । स्वास्थ्यमा १२ औं तहका प्रमुख विशेषज्ञ चार जना छन् । डा. दीपेन्द्ररमण सिंह, डा. श्यामसुन्दर […]

स्वास्थ्य राज्यमन्त्री र विश्व स्वास्थ्य संगठन नेपालका प्रमुखबीच भेटवार्ता

स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री हिराचन्द्र केसी र विश्व स्वास्थ्य संगठन नेपालका प्रमुख डा.राजेश सम्भाजीराव पाण्डवबीच भेटवार्ता भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा भएको भेटमा स्वास्थ्य राज्यमन्त्री केसीले नेपालको स्वास्थ्य क्षेत्रमा विश्व स्वास्थ्य संगठनले पु¥याएको योगदान उल्लेखनीय रहेको बताए ।उनले भने, ‘विश्व स्वास्थ्य संगठनले कोरोना महामारी रोकथाम, खोप लगायतमा अग्रणी भूमिका निर्वाह गरेको छ । यसप्रति म विश्व स्वास्थ्य संगठनलाई आभार प्रकट गर्न चाहन्छु । आगामी दिनमा पनि सहयो

मंकीपक्स विश्वव्यापी स्वास्थ्य प्रकोप- विश्व स्वास्थ्य सञ्जाल

विश्व स्वास्थ्य सञ्जाल (डब्ल्युएचएन)ले मंकीपक्स  विश्वव्यापी स्वास्थ्य प्रकोप विश्वव्यापी स्वास्थ्य समस्या बनेको जनाउँदै त्यसलाई सार्वजनिक स्वास्थ्य आपत्काल घोषणा गरेको छ।

स्वास्थ्य चौकी काँक्रीद्वारा घुम्ती स्वास्थ्य शिविर सञ्चालन

रुकुम (पूर्व) : स्वास्थ्य संस्था देखि टाढा रहेको गाउँ बासीका निम्ति रुकुम पूर्व भूमे गाउँपालिका–२ मा रहेको स्वास्थ्य चौकी काँक्रीले ३/३ महिनामा घुम्ती स्वास्थ्य शिविर सञ्चालन गरिरहेको छ।स्वास्थ्य संस्था सम्म आउन दूरीका हिसाबले टाढा रहेको गाउँमा स्वास्थ्य चौकी काँक्रीले ३/३ महिनामा घुम्ती स्वास्थ्य शिविर सञ्चालन गरिरहेको हो।स्वास्थ्य चौकी काँक्रीको कार्यक्षेत्रमा पर्ने तर, काँक्री देखि टाढा रहेका गाउँ बासीका लागि घुम्ती स्वास्थ्य शिविर मार्फत सेवा दिने गरेको छ।स्वास्थ्य चौकी काँक्

स्वास्थ्य मन्त्रालय लकडाउनको विपक्षमा छ : स्वास्थ्य सचिव

४ माघ, काठमाडौं । स्वास्थ्य सचिव रोशन पोखरेलले स्वास्थ्य मन्त्रालय लकडाउनको विपक्षमा रहेको बताएका छन् । मंगलबार संसदको शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा बोल्दै स्वास्थ्य सचिव पोखरेलले भने, ‘हामी लडकडाउनको पक्षमा छैनौं । भीडको मात्रै चिन्ता छ । भीड नियन्त्रण हामीले मात्रै गर्न सक्दैनौं । भीड नियन्त्रण होस् । स्वास्थय मन्त्रालय लडकडाउनको विरुद्धमा छ ।’

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा स्वास्थ्य सामग्री हस्तान्तरण

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि जिल्ला स्वास्थ्य कार्यालय खोटाङलाई करिब रु तीन करोड मूल्य बराबरको स्वास्थ्य सामग्री प्रदान गरेको छ । नेपाली कांग्रेस महासमिति सदस्य रविप्रकाश राईको पहलमा मन्त्रालयले जिल्ला स्वास्थ्य कार्यालयलाई अक्सिजन सिलिण्डर, पल्स अक्सिमिटर, एन्टिजेन किट, गाउन सेट, मास्क, पञ्जालगायत स्वास्थ्य सामग्री प्रदान गरेको हो । महासमिति सदस्य राई […]

स्वास्थ्य कार्यालयलाई करोडौंको स्वास्थ्य सामग्री

नेपाली कांग्रेस महासमिति सदस्य रविप्रकाश राईको पहलमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट कोभिड–१९ को रोकथाम तथा नियन्त्रणका क्रममा उपयोग हुने स्वास्थ्य सामग्री जुटाइएको हो।...

सभामुखद्वारा सिन्धुपाल्चोकका स्वास्थ्य संस्थालाई स्वास्थ्य सामग्री हस्तान्तरण

काठमाडौं : सभामुख अग्निप्रसाद सापकोटाले सिन्धुपाल्चोकका स्वास्थ्य संस्थाहरूलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेका छन्। सभामुख सापकोटाले सोमबार जलबिरे प्राथमिक स्वास्थ्य केन्द्र र बाह्रबिसे प्राथमिक स्वास्थ्य केन्द्रलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेका हुन्।सभामुखले जलबिरे प्राथमिक स्वास्थ्य केन्द्रको अवलोकनपश्चात् केन्द्रलाई डिजिटल एक्सरे मेसिनलगायत महत्त्वपूर्ण स्वास्थ्य सामग्री हस्तान्तरण गरेको सभामुखका प्रेसविज्ञ श्रीधर न्यौपानेले बताए। स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमबा

स्वास्थ्य आपतकाल किन ? के हुन्छ स्वास्थ्य संकटकालमा ?

सरकारले कोरोना संक्रमण दर बढ्दै गएपछि स्वास्थ्य आपतकाल घोषणा गर्न सक्ने तयारी गरेको छ । त्यसकै पूर्वतयारीस्वरुप सरकारले ल्याएको कोभिड १९ संकट व्यवस्थापन अध्यादेश २०७८ राष्ट्रपतिबाट प्रमाणीकरण भइसकेको छ ।सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले संक्रमण दर नियन्त्रण बाहिर जान लागेको अवस्थामा सरकार स्वास्थ्य संकटकाल घोषणा गरेर संक्रमण रोकथामको दिशामा अघि बढ्ने संकेत गरेका थिए । मंगलबार उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले  १४ गतेदेखि किराना पसलहरु पनि खोल्न नपाइने गरी कडा