नेपाल टेलिकम र सिल्क ग्रुप टिम बुधबार कुमारी बैंक काठमाडौं कर्पोरेट टिम च्याम्पियनसिप ब्याडमिन्टनको सेमिफाइनलमा पुगेका छन् ।टेलिकमले दुई जित हात पार्दै सेमिफाइनलमा तय गरेको हो । अब टेलिकमले आईएमई ग्रुपसँग प्रतिस्पर्धा गर्नेछ । आईएमई २ खेलमा हार बेहोर्दै उपाधिको होडबाट बाहिरिएको छ । टेलिकमले नेपाल विद्युत प्राधिकरण र राष्ट्र बैंकमाथि जित निकालेको थियो ।