आँटिला चालक : जो रातदिन कोरोना संक्रमितको शव बोक्छन्

लुम्बिनी प्रदेशको सबैभन्दा धेरै कोरोना संक्रमित र मृत्यु हुने जिल्लामा पर्छ रूपन्देही । कोभिड संक्रमणको शुरूआती अवस्थामा एम्बुलेन्स चालक हुन् वा शवबाहन अस्पतालबाट फोन आउँदा मोबाइल अफ गर्थे । कोरोना संक्रमित त परकै कुरा कोरोनाको आशंका गरिएका व्यक्तिलाई समेत अस्पताल लैजान एम्बुलेन्स चालकले नमान्ने अवस्था थियो ।  तर बुटवलका खिमबहादुर घर्ती भने शुरूदेखि नै बिरामी बोक्नुभन्दा फरक रूपमा प्रस्तुत भए । महामारीले संक्रमितको मृत्यु हुन थालेदेखि शव बोक्न थालेका घर्तीले हालसम्म पनि सोही कामलाई जारी राखेका छन् ।   ६३ वर्...