मिड सोलु हाइड्रोपावरको आईपीओ बुधवार बाँडफाँट हुने, कति जनाले पाउलान् शेयर ?

काठमाडौं । मिड सोलु हाइड्रोपावर लिमिटेडले सर्वसाधारणलाई निष्कासन गरेको आईपीओ आगामी बुधबार बाँडफाँट हुने भएको छ । विक्री प्रबन्धक एनआईसी एसिया क्यापिटलले असोज १० गते साँझ ५ बजे बिजुलीबजारस्थित कार्निभल रेस्टुरेन्टमा शेयर बाँडफाँट गर्न लागेको हो । कम्पनीले भदौ २९ देखि असोज २ गतेसम्म सर्वसाधारणका लागि आईपीओ विक्री खुला गरेको थियो । कम्पनीले सर्वसाधारणलाई ६ लाख २१ हजार १ सय ७२ कित्ता शेयर निष्कासन गरेको थियो ।    सीडीएससीका अनुसार कम्पनीको आईपीओ खरीदका लागि १३ लाख ५४ हजार ८४६ आवेदकले कुल १ करोड ५१ लाख २२ हजार २५० कित्ता शेयर माग गरेका थिए, जुन मागभन्दा २४.३४ गुणाले बढी हो ।  मागभन्दा बढी आवेदन परेका कारण यो आईपीओ पनि गोलाप्रथाबाट बाँडफाँट गरिनेछ, जसमा भाग्यमानी ६२ हजार ११७ आवेदकले १०-१० कित्ताका दरले शेयर पाउनेछन् भने तिनै आवेदकमध्ये २ जनाले थप १–१ कित्ता शेयर पाउनेछन् । कम्पनीले यसअघि नै आयोजना प्रभावित दोलखाका स्थानीय र श्रम स्वीकृति लिई विदेशमा रहेका नेपालीहरूको लागि निष्कासन गरिएको शेयर बाँडफाँट गरिसकेको छ ।  कम्पनीले सोलुखुम्बुको साविक सल्लेरी गाविसमा ९.५ मेगावाट क्षमताको मध्य सोलुखोला जलविद्युत आयोजना निर्माण सम्पन्न गरी २०७९ पुस १५ गतेदेखि व्यापारिक उत्पादन गरिरहेको छ । आयोजनाको प्रतिमेगावाट लागत रू. २१ करोड ९३ लाख छ भने कुल लागत रू. २ अर्ब ८ करोड छ ।  

सम्बन्धित सामग्री

भगवती हाइड्रोपावर र मिड सोलुको आईपीओ सूचीकृत, कति पाए ओपन रेञ्ज ?

काठमाडौं । बुधवार नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड र मिड सोलु हाइड्रोपावर लिमिटेडको आईपीओ सूचीकृत भएको छ । भगवती हाइड्रोपावरको ५७ लाख २० हजार ६४७ कित्ता र मिड सोलुको ७४ लाख ८४ हजार कित्ता साधारण शेयर सूचीकृत भएको हो । अब यी दुवै कम्पनीको शेयर भोलि (बिहीवार)देखि धितोपत्रको दोस्रो बजारमा कारोबारमा आउनेछन् ।  भगवती हाइड्रोपावरको आईपीओलाई नेप्सेले पहिलो कारोबारको लागि प्रतिकित्ता रू. १२० दशमलव ४१ देखि ३६१ दशमलव २३ ओपन रेञ्ज तोकिदिएको छ । यही मूल्य रेञ्जका आधारमा कम्पनीको शेयर भोलिदेखि दोस्रो बजारमा आउनेछ ।  कम्पनीले सर्वसाधारण शेयरधनीसहित वैदेशिक रोजगारीमा गएका नेपाली, सामूहिक लगानी कोष, स्थानीय बासिन्दाहरू र कर्मचारीसहित १४ लाख ३० हजार १६२ कित्ता र संस्थापक शेयरधनीहरूले लगानी गरेको ४२ लाख ९० हजार ४८५ कित्ता गरेर कुल ५७ लाख २० हजार ६४७ कित्ता साधारण शेयर सूचीकृत गराएको हो ।  शेयर सूचीकरणपश्चात दिनुपर्ने सेवा काठमाडौं, नक्सालस्थित सिद्धार्थ क्यापिटल लिमिटेडबाट हुने कम्पनीले जानकारी दिएको छ । कम्पनीको स्टक सिम्बोल बिजिडब्लुटि रहेको छ ।  त्यस्तै मिड सोलु हाइड्रोपावरको आईपीओलाई नेप्सेले पहिलो कारोबारको लागि प्रतिकित्ता रू. १०० देखि ३०० सम्मको ओपन रेञ्ज तोकिदिएको छ । यही मूल्य रेञ्जका आधारमा कम्पनीको शेयर भोलिदेखि दोस्रो बजारमा आउनेछ ।  कम्पनीले सर्वसाधारण शेयरधनीसहित वैदेशिक रोजगारीमा गएका नेपाली, सामूहिक लगानी कोष, स्थानीय बासिन्दाहरू र कर्मचारीसहित १४ लाख ९६ हजार ८ सय कित्ता र संस्थापक शेयरधनीहरूले लगानी गरेको ५९ लाख ८७ हजार २ सय कित्ता गरेर कुल ५९ लाख ८७ हजार २ सय कित्ता साधारण शेयर सूचीकृत गराएको हो ।  शेयर सूचीकरणपश्चात दिनुपर्ने सेवा काठमाडौं, थापाथलीस्थित एनआईसी एशिया क्यापिटलबाट हुने कम्पनीले जानकारी दिएको छ । कम्पनीको स्टक सिम्बोल एमएसएचएल रहेको छ ।

मिड सोलु हाइड्रोपावरको आईपीओले कति पाउला ओपन रेञ्ज ?

काठमाडौं । मिड सोलु हाइड्रोपावर लिमिटेडको आईपीओले रू. १०० देखि ३०० सम्मको ओपन रेञ्ज पाउने देखिएको छ । कम्पनीको आर्थिक वर्ष २०७८/७९ को वास्तविक प्रतिशेयर नेटवर्थ रू. १०० रहेकोले उक्त रेञ्ज पाउने देखिएको हो । नेपाल स्टक एक्सचेन्जले कम्पनीको पहिलो कारोबारको लागि नेटवर्थको तीन गुणासम्म मूल्य रेञ्ज तोक्ने गर्दछ । सोही कारण कम्पनीले उक्त मूल्य रेञ्ज पाउने देखिएको हो । कम्पनीको आईपीओ नेप्सेमा सूचीकरण प्रक्रियामा छ । कम्पनीको आईपीओ असोज १० गते बाँडफाँट भएको थियो । कम्पनीको आईपीओमा ६२ हजार ११७ जनाले पहिलो चरणमा १० कित्ताका दरले र बाँकी रहेको २ कित्ता आईपीओ यीमध्येका १० कित्तादेखि २० कित्तासम्म माग गर्ने २ जना आवेदकले थप एकएक कित्ता शेयर पाएका हुन्। कम्पनीले भदौ २८ देखि असोज १ गतेसम्म अंकित मूल्यमा ६ लाख २१ हजार १७२ कित्ता आईपीओ सर्वसाधारणमा निष्कासन गरेको थियो ।

मिड सोलु हाइड्रोपावरको आईपीओ बाँडफाँट आज

काठमाडौं । मिड सोलु हाइड्रोपावर लिमिटेडले सर्वसाधारणलाई निष्कासन गरेको आईपीओ आज (बुधबार) बाँडफाँट हुने भएको छ । विक्री प्रबन्धक एनआईसी एसिया क्यापिटलले आज साँझ ५ बजे बिजुलीबजारस्थित कार्निभल रेस्टुरेन्टमा शेयर बाँडफाँट गर्न लागेको हो । कम्पनीले भदौ २९ देखि असोज २ गतेसम्म सर्वसाधारणका लागि आईपीओ विक्री खुला गरेको थियो । कम्पनीले सर्वसाधारणलाई ६ लाख २१ हजार १ सय ७२ कित्ता शेयर निष्कासन गरेको थियो ।    सीडीएससीका अनुसार कम्पनीको आईपीओ खरीदका लागि १३ लाख ५४ हजार ८४६ आवेदकले कुल १ करोड ५१ लाख २२ हजार २५० कित्ता शेयर माग गरेका थिए, जुन मागभन्दा २४.३४ गुणाले बढी हो ।  मागभन्दा बढी आवेदन परेका कारण यो आईपीओ गोलाप्रथाबाट बाँडफाँट गरिनेछ, जसमा भाग्यमानी ६२ हजार ११७ आवेदकले १०–१० कित्ताका दरले शेयर पाउनेछन् भने तिनै आवेदकमध्ये २ जनाले थप १–१ कित्ता शेयर पाउनेछन् । कम्पनीले यसअघि नै आयोजना प्रभावित सोलुखुम्बुका स्थानीय र श्रम स्वीकृति लिई विदेशमा रहेका नेपालीहरूको लागि निष्कासन गरिएको शेयर बाँडफाँट गरिसकेको छ ।  कम्पनीले सोलुखुम्बुको साविक सल्लेरी गाविसमा ९.५ मेगावाट क्षमताको मध्य सोलुखोला जलविद्युत आयोजना निर्माण सम्पन्न गरी २०७९ पुस १५ गतेदेखि व्यापारिक उत्पादन गरिरहेको छ । आयोजनाको प्रतिमेगावाट लागत रू. २१ करोड ९३ लाख छ भने कुल लागत रू. २ अर्ब ८ करोड छ ।

मध्यम जोखिमको मध्य सोलु जलविद्युतको आईपीओ

कम्पनीलाई इक्रा नेपालले ‘इक्रा एनपी इस्यूअर रेटिङ डबल बी प्लस’ प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ ।

२८ भदौदेखि आईपीओ निष्कासन गर्दै मिड सोलु हाइड्रोपावर

१९ भदौ, काठमाडौं । मिड सोलु हाइड्रोपावर लिमिटेडले २८ भदौदेखि प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्कासन गरी बाँडफाँट गरेपश्चात सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्न लागेको हो । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा आईपीओ जारी गर्ने भएको हो । […]

मिड सोलु हाइड्रोपावरको आईपीओ बाँडफाँट - NepaliPatra

काठमाडौँ। मिड सोलु हाइड्रोपावर लिमिटेडले आईपीओ बाँडफाँट सम्पन्न गरेको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुको निमित्त निष्काशा गरेको आईपीओ बाँडफाँट गरेको हो। बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटलका अनुसार कम्पनीले जारी पूँजीको २०५ अर्थात् १४,९६,८०० कित्ता साधारण शेयर सर्वसाधारणको लागि निष्काशन गर्ने भएको छ। जसमध्ये स्वीकृत विवरणपत्र मार्फत जारी पूँजीको १०% अर्थात सात करोठ ४८ लाख […]

मिड सोलु हाइड्रोपावरको आईपीओ आजदेखि विक्रीमा, क-कसले दिन पाउँछन् आवेदन ?

काठमाडौं । मिड सोलु हाइड्रोपावर लिमिटेडले आजदेखि पहिलो चरणको आईपीओ निष्कासन गरेको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ निष्कासन गरेको हो । कम्पनीले जारी पूँजी ७४ करोड ८४ लाख रुपैयाँको २० प्रतिशत दरको १४ लाख ९६ हजार कित्ता आईपीओ विक्री गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । कुल कित्ता शेयरमध्ये १० प्रतिशत दरको ७ लाख ४८ हजार ४०० कित्ता शेयर आयोजना प्रभावित स्थानीयका लागि विक्री गर्न लागिएको छ भने दोस्रो चरणमा सर्वसाधारणमा जारी हुने शेयरमध्ये १० प्रतिशत दरको ७४ हजार ८४० कित्ता आईपीओ वैदेशिक रोजगारीमा रहेका नेपालीमा विक्री गर्न लागिएको हो ।  आयोजना प्रभावित स्थानीयमा विक्री गरिने कुल कित्ता आईपीओमध्ये ५ लाख ६१ हजार ३०० कित्ता आईपीओ आयोजना अतिप्रभावित क्षेत्र सोलुखुम्बु जिल्लाको हालको सोलु दुधकुण्ड नगरपालिका वडा नं. ३, ४, ५, ६, ६ र ८ का बासिन्दाहरूका लागि विक्री खुला गरिएको हो । योबाहेक बाँकी १ लाख ८७ हजार १०० कित्ता शेयर अति प्रभावित क्षेत्र बाहेकका सोलुखुम्बु जिल्लाको स्थानीय वासिन्दाहरूमा विक्री खुला गरिएको हो । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमै आईपीओ विक्री गर्न लागेको छ । दुवै समूहका लगानीकर्ताहरूले यो आईपीओ खरीदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म माग गर्न सक्नेछन् । आयोजना प्रभावित स्थानीयमा आईपीओ विक्री अवधि छिटोमा साउन २८ गतेसम्मका लागि तोकिएको छ भने सो अवधिभित्र मागबमोजिम आवेदन नपरेमा भने ढिलोमा भदौ ११ गतेसम्म विक्री लम्बिनेछ । वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले भने साउन २८ गतेभित्र आवेदन दिइसक्नुपर्नेछ । कम्पनीको आईपीओ निष्कासन तथा विक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड छ । विक्री प्रबन्धकसँगै स्थानीयले आयोजना स्थल, एनआईसी एशिया बैंक, लक्ष्मी सनराइज बैंक, ग्लोबल आइएमई बैंक र राष्ट्रिय वाणिज्य बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले भने सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरूसँगै मेरो शेयर अनलाइन प्रयोग गरी आवेदन दिन सक्नेछन् ।  आईपीओ निष्कासनको लागि गराएको रेटिङ्गमा ईक्रा नेपालले कम्पनीलाई दायित्व वहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्ने ईक्रा एनपी इस्यूअर डबल बी प्लस रेटिङ्ग प्रदान गरेको छ । कम्पनीले सोलुखुम्बु जिल्लामा ९ दशमलव ५ मेगावाट मध्य सोलु खोला जलविद्युत आयोजना निर्माण सम्पन्न गरी २०७९ पुस १५ गतेदेखि व्यापारिक उत्पादन गर्दै आएको छ । यस आयोजनाको कुल अनुमानित लागत २ अर्ब ८ करोड ४१ लाख ६३ हजार ६२८ रुपैयाँ छ भने प्रतिमेगावाट कुल अनुमानित लागत २१ करोड ९३ लाख ८५ हजार ६४५ रुपैयाँ ५ पैसा छ ।  सूचना हेर्न यहाँ क्लिक गर्नुहोला

मिड सोलु हाइड्रोको विशेष साधारण सभा जेठ २३ गते, आईपीओ निष्कासन गर्ने प्रस्ताव

जेठ १९, काठमाडौं । मिड सोलु हाइड्रोपावर कम्पनीले विशेष साधारण सभा जेठ २३ गते गर्ने भएको छ । कम्पनीले विशेष साधारण सभा कम्पनीको रजिष्ट्रार कार्यालय कामनपा वडा नं ३१ मा बिहान ११ बजे शुरु गर्ने जानकारी दिएको छ । उक्त सभाले आईपीओ निष्कासन गर्ने प्रस्ताव पारित गर्नेछ । त्यसैगरी सभाले कम्पनीको हाल कायम पूँजी संरचना (अधिकृत पूँजी ,जारी पूँजी तथा चुक्तापूँजी) संशोधन गर्ने र सोको लागि कम्पनीको प्रबन्धपत्र तथा नियामावलीमा आवश्यक संशोधन गर्ने प्रस्ताव पनि पारित गर्नेछ । सूचना हेर्नका लागि यहाँ क्लिक गर्नुहोस