जेठ २२, काठमाडौं । नेपाल आयल निगमले शनिवार रातिदेखि लागू हुने गरी फेरि पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ।
शनिवार राति १२ बजेदेखि लागू हुने गरी निगमले पेट्रोल, डिजल, मट्टितेल र हवाई इन्धनमा मूल्य वृद्धि गरेको हो।निगमका अनुसार पेट्रोल, डिजल, मट्टितेल र हवाई इन्धनमा हालको मूल्यमा दुई रुपैयाँका दरले वृद्धि गरिएको हो ।
वृद्धि गरिएको मूल्य अनुसार पेट्रोल १२५, डिजल १०८ र मट्टितेल र हवाई इन्धन प्रतिलिटर ८० रुपैयाँ कायम भएको छ। यसअघि निषेधाज्ञाकै समयमा निगमले इन्धनको मूल्य वद्धि गरेको थियो ।यसअघि पेट्रोल १२३, डिजल १०६ र मट्टितेल र हवाई इन्धन ७८ रुपैयाँ प्रतिलिटर रहेको थियो।