पार्टी सभापति शेरबहादुर देउवाको गृह जिल्ला डडेलधुरामा वडा तहमा पुनः चुनाव हुनुपर्ने माग गर्दै रामचन्द्र पौडेल समूह सानेपा पुगेको छ। काँग्रेसको निर्वाचन समितिलाई यसबारे ध्यानाकर्षण गराउन पौडेल महामन्त्री शशांक कोइरालालगायतका नेतासहित सानेपा पुगेका हुन् । सो क्रममा महादेवप्रसाद यादव नेतृत्वको निर्वाचन समितिले डडेलधुरामा पुनः चुनाव सम्भव नभएको जवाफ दिएको बताइएको छ । तर अन्य स्थानमा निष्पक्षताका सन्दर्भमा कडाइ गर्न आफूहरु प्रतिबद्ध रहेको समितिले पौडेल समूहलाई प्रतिबद्धता जनाएको छ । त