नागरिक र प्रहरीको सम्बन्ध नङ र मासु

आन्तरिक मामिला तथा कानुनमन्त्री एवं प्रदेश सरकारका प्रवक्ता रोशनबहादुर गाहामगरले नागरिक र प्रहरीबीचको सम्बन्ध नङ र मासुजस्तै रहेको बताउनुभएको छ। मुस्ताङमा आयोजित नागरिकमैत्री प्रहरी कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री गाहामगरले नागरिक र प्रहरीबीच हरेक क्षेत्रमा सहकार्य हुने भएकाले नङ र मासुजस्तै सम्बन्ध रहेको बताउनुभएको हो।

सम्बन्धित सामग्री

शोषणको परिष्कृत हतियारः परम्परा र पुँजीवादको अङ्कमाल

धर्म संस्कृतिमा अन्तर्निहित अन्धविश्वास र परम्परा हिजोको महिला दासताको कारण थियो । आज धार्मिक संस्कृतिमा नङ-मासु जसरी सहवरण गरिरहेको भूमण्डलीकरण महिला मुक्तिको सबैभन्दा ठूलो बाधक बनेको छ ।हिजो सत्ता संरचनाले उपेक्षा गरेर दोस्रो दर्जाको मानिसमा सीमित पार्दा अशिक्षा र चेतनाको भासमा जकडिएका महिलालाई परम्परागत दासतामा अल्झाउन धर्म र धर्मको आडमा निर्मित...

लोकतन्त्रमा अदालत

संसारका लोकतान्त्रिक मुलुकमा लोकतन्त्र र अदालतको अन्योन्याश्रित सम्बन्ध हुन्छ । अहिले नेपाल पनि लोकतान्त्रिक मुलुक भएकाले लोकतन्त्र र अदालतको सम्बन्ध नङ र मासु झैँ हुने नै भयो । यी दुवैको यस्तो घनिष्ठ र महìवपूर्ण सम्बन्ध हुन्छ कि एकबिना अर्को बाँच्नै सक्दैनन् । मन्टेस्क्युले प्रतिपादन गरेको शक्तिपृथकीकरणको सिद्धान्त अनुसार सरकारका तीन अङ्गमध्ये व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकाको आआफ्नै स्थानमा महìव रहेको हुन्छ । यी तीनै अङ्गले आआाफ्नो ठाउँमा स्वतन्त्र रूपमा काम गर्नु पर्छ भन्ने विश्वव्यापी मान्नता छ ।

उद्योग संगठन मोरङद्वारा श्रमिकको सम्मान

उद्योग संगठन मोरङले अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसर पारेर सम्मान कार्यक्रमको आयोजना गरेको छ । संगठनले मई दिवस श्रमिक र रोजगारदाताहरुले साझा रुपमा एकाकार गर्दै मनाउने सन्दर्भमा यस वर्ष पनि १३३औं अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा सम्मान कार्यक्रम आयोजना गरेको हो ।कार्यक्रममा श्रमिक दिवसको सुभकामना दिँदै संगठनका कावा अध्यक्ष मुरारकाले श्रमिक र रोजगारदाताको सम्बन्ध नङ र मासु […]

मजदूर दिवसको अवसरमा उद्योग संगठन मोरङले गर्‍यो श्रमिकलाई सम्मान

वैशाख १८, काठमाडौं । उद्योग संगठन मोरङले  अन्तरराष्ट्रिय श्रमिक दिवश (मे दिवश अर्थात् मजदूर दिवश) को अवसर पारेर श्रमिकहरुलाई सम्मान गरेको छ । संगठनले विश्वभरिका श्रमिकहरुको महान दिनको रुपमा रहेको मे दिवश श्रमिक र रोजगारदाताहरुले साझा रुपमा एकाकार गर्दै श्रमिकहरुलाई सम्मान गरेको हो । संगठनका कार्यबाहक अध्यक्ष प्रदिप मुरारकाले श्रमिक र रोजगारदाताको सम्बन्ध नङ र मासु जस्तो भएकोले रोजगारदाता र ट्रेड युनियन बीचको सम्बाद र सहकार्यका माध्यमबाट श्रम सम्बन्ध सुधार र श्रम सम्बन्धी समस्याको समाधान भइरहेको बताए ।   उनले आगामी दिनमा थप सशक्त समझदारी र सहयोगका साथ सहकार्य गर्दै असल औद्योगिक सम्बन्धको विकास एवं आर्थिक क्षेत्रका चुनौतीहरुको सामान गर्न सक्षम हुने गरि काम गर्न मे दिवशले थप उर्जा प्रदान गर्ने बताए । यसैगरी संगठनका उपाध्यक्ष (रोजगारदाता) भोलेश्वर दुलालले श्रमिक र रोजगारदाता एक अर्कासँगको सहकार्य विना अस्तित्वमा नरहने भन्दै संगठनले असल श्रम सम्बन्धलाई सधै प्राथमिकतामा राखेको बताए ।  सार्क ट्रेड युनियन महासंघका महासचिव एवं ट्रेड युनियन काँग्रेसका पूर्व अध्यक्ष लक्ष्मण बस्नेतले मे दिवशको अवसरमा संगठनले आयोजना गरेको कार्यक्रम प्रति धन्यबाद दिदै यस्ता कार्यक्रमले रोजगारदाता र श्रमिकको सम्बन्धमा थप निकटता ल्याउने बताए  । सोहि अवसरमा संगठनका कार्यबाहक अध्यक्ष प्रदीप मुरारकाले हिमगिरी हाइजिन प्रालि बुढिगंगामा विगत २५ वर्षदेखि कार्यरत महिला श्रमिक द्रोपदी राय र जय श्री कम्पनी प्रालिमा विगत ३७ वर्षदेखि कार्यरत महेश चौधरीलाई खादा, माला, सम्मान–पत्र र जनही नगद ११ हजार पुरस्कारसहित सम्मान गरेका थिए ।    कार्यक्रममा संगठनका पूर्व अध्यक्षहरु अशोक मुरारका, शिवशंकर अग्रवाल र मुकेश उपाध्याय, उपाध्यक्षहरु राजकुमार गोल्छा, नन्द किशोर राठी, कार्यसमिति सदस्य सुरेन्द्र गोल्छा, तारानाथ निरौला, प्रतिभा रिजाल ओली, इन्द्र खत्री, शौरभ सारडालगायतको उपस्थिति रहेको थियो ।

प्रविधिगत जोखिम र डाटा सुरक्षा

वर्तमानमा मानिस र सूचना प्रविधिबीचको सम्बन्ध ‘नङ र मासु’ जस्तै अन्तर्निर्भरसँगै ‘नखाउँ भने दिनभरीको सिकार र खाउँ भने कान्छो बाउको अनुहार’ जस्तै द्वन्द्वात्मक पनि छ । मानिस न तः प्रविधिप्रति पूर्ण विश्वस्त, न बहिष्कार गरेर सहज जीवनयापन गर्न सक्छ । प्रविधिको सहयोगमा कम समयमा सहजै जटिलभन्दा जटिल कार्य कुशलतापूर्वक सम्पन्न गर्न केही व्यक्तिहरूले ठूला लगानीमा नयाँ–नयाँ प्रविधिको विकास र प्रसार गरिरहँदा अर्को समूह प्रविधिको अनैतिक व्यापारसँगै दुरूपयोग गरेर आम तथा संवेदनशील सूचना (डाटा)मा पहुँच कायम गर्दै स्वार्थ सिद्धमा व्यस्त छ । प्रविधि अब जीवनोपयोगी साधन मात्र रहेन बम वा भाइरसभन्दा खतरनाक हतियार भईरहेको छ ।

नेपाल–चीन सम्बन्ध नङ र मासु जस्तैः उपराष्ट्रपति पुन

काठमाडौं । चीन भ्रमणमा रहेका उपराष्ट्रपति नन्दबहादुर पुनले केही वर्षयता नेपाल र चीनबीचको सम्बन्ध अझ गहिरो र

बिर्ताको जिउँदो कहर

भूमि र मानिसको सम्बन्ध नङ र मासु जत्तिकै आत्मीय र अपरिहार्य छ । करिब ७० प्रतिशत जनसंख्याको जीविका कृषिमा निर्भर छ । भूमि उत्पादनको साधन हो । यही भूमिमा अन्न फलाएर संसारको भोक मेटिन्छ । साथै कृषि मजदुरीमै निर्भर हुनेहरूका लागि भूमि बाँच्ने अर्को आधार पनि हो । यति मात्र नभएर भूमि मान्छेको पहिचान पनि हो । साँच्चै भन्ने हो भने मानिसको सामाजिक हैसियतसमेत ऊसँग भएको भूमिलाई आधार मानेर मापन गर्ने गरिन्छ । भूमिको महत्व सबैलाई ज्ञात छ । तर यही भूमिसँग जोडिएका कैयन् सवालहरू छन्, जुन कसैलाई ज्ञान छैन । जसलाई ज्ञान छ वा समस्या समाधान गर्ने शक्ति छ, उनीहरूलाई चासो नै छैन।