सरकारले विगतबाट पाठ सिकेन, सल्लाह पनि मानेनः देउवा

काठमाडौं। नेपाली कांग्रेसले सरकारी लापरवाही र अकर्मण्यताका कारण आइसीयू, भेन्टिलेटर र बेडको अभाव हुन थालेको आरोप लगाएको छ। पार्टी सभापति शेरबहादुर देउवाले आज पत्रकार सम्मेलनमा भने, "सरकार नै विभिन्न उद्घाटन, भीडभाड र तडकभडकमा लाग्यो । संक्रमण रोक्न कुनै ठोस काम नगरेकाले फेरि लकडाउन गर्ने स्थितिमा पुगेको छ।"

सम्बन्धित सामग्री

सिक्न नसकेको पाठ

जाजरकोटको रामीडाँडा केन्द्र भई आएको भूकम्पबाट पीडित जाजरकोट र रूकुम पश्चिमका स्थानीयहरू जाडोका कारण मृत्युवरण गर्न बाध्य भइरहेका बेला सरकारले बल्ल अस्थायी आवास निर्माण गर्न पहिलो किस्ताबापत रू १ अर्ब ४१ करोड निकासा गरेको छ । यो रकम बझाङ, बाजुरा र सल्यानका लागि समेत भएको बताइएको छ । विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको कात्तिक २६ गतेको निर्णयबाट भूकम्पप्रभावित घरपरिवारलाई अस्थायी आवास निर्माण कार्यविधि २०८० स्वीकृत भएको थियो । सरकारले यो निर्णय र रकम निकास गर्न निकै विलम्ब गर्‍यो ।  अस्थायी बसोवासको व्यवस्था नहुँदा पीडितहरूले कष्टकर जीवन बिताइरहेका छन् । सरकारले यस्तो विपद्मा कसरी राहत वितरण गर्ने, कसरी उनीहरूलाई आवासको व्यवस्था गर्ने भन्नेमा कुनै तयारी गरेको देखिँदैन । २०७२ सालमा गएको गोर्खा भूकम्पबाट ठूलो जनधनको क्षति भयो । त्यसको पुनर्निर्माणमा ठूलो खर्च भयो । तर, भूकम्पीय जोखिमको सम्भावना उच्च भएको मुलुकमा त्यसअनुसार तयारी भने केही गरेको देखिएन । ०७२ सालको भूकम्पबाट सरकारले केही पनि सिकेको देखिएन । विपद् व्यवस्थापनमा यस्तो क्षतिबाट पाठ नसिक्नु भनेको राज्यको ठूलो कमजोरी हो । गोर्खा भूकम्पको दाँजोमा जाजरकोटमा गएको भूकम्प निकै सानो हो । यसले पुर्‍याएको क्षति पनि त्यसबेलाको भन्दा निकै कम छ । पाँच जिल्लामा क्षति पुर्‍याएको देखिन्छ । यति सानो ठाउँ र केही हजार घरमा मात्रै क्षति पुग्दा पनि सरकारले राहत पुर्‍याउन नसक्नु तथा अस्थायी बसोवासको व्यवस्था गर्न नसक्नु निकै लाचारी र अक्षमता हो । मित्र राष्ट्रहरूले सहयोग दिए पनि तिनको समेत सही परिचालन हुन नसकेको देखिन्छ ।  सरकारसँग कति घर क्षति भए भन्ने सही तथ्यांक भएको देखिँदैन । सरकारबाट सहयोग पुग्ने आशामा क्षति नभएकाहरूले पनि नाम लेखाएको हुन सक्छ । अहिले राहत वितरणमा असमानता भएको देखिएको हुँदा घरको क्षतिको विवरण पनि सही नहुन सक्छ । सरकारले दिने अस्थायी आवासको रकम र पुनर्वासका लागि प्रदान गर्ने ऋण पाउने आशामा गलत तथ्यांक टिपाएको हुन सक्छ जुन गोर्खा भूकम्पमा पनि भएको थियो । भूकम्प गएको लामो समय बितिसक्दा पनि क्षतिको यकीन विवरण संकलन गर्न नसक्नु सरकारको अक्षमतामात्र होइन, लापर्बाहीसमेत हो भन्ने देखिन्छ ।  अस्थायी आवास बनाउन राजनीतिक दलहरूले स्वयंसेवक खटाएको समाचार आएको छ । व्यवसायीहरूले यसका लागि सहयोग गरेको पनि समाचार आएको छ । यस्तोमा सरकारले उनीहरूलाई कहाँ र कसरी बसोवास गराउने भन्ने पर्याप्त तयारी गरेको देखिँदैन । अहिले ढिला भएपनि रकम निकासा गरिएको छ । अब त्यो रकम कहिले वितरण हुने र कहिले अस्थायी बसोवासको व्यवस्था हुने हो टुंगो छैन ।  भूकम्पपछिको पुनर्निर्माणका लागि पनि सरकारले तयारी गरेको देखिँदैन । सरकारले भूकम्पबाट भएको क्षतिलाई सामान्य रूपमा लिएको देखिन्छ । नेपालको पश्चिम क्षेत्रमा खुसुखुुसु भुइँचालो गइरहेको छ । ५ सय वर्षदेखि ठूलो भूकम्प नगएकाले जमीनमुनि ठूलो शक्ति जम्मा भइरहेको र कुनै पनि बेला शक्तिशाली भूकम्प जान सक्ने वैज्ञानिकहरूको विश्लेषण आइरहँदा सरकारको तयारी भने केही पनि छैन । न पछिका लागि तयारी छ न अहिले पीडित भएकाहरूलाई पर्याप्त राहत पुर्‍याउन र आवासको व्यवस्था गर्न नै सकेको छ । त्यसमा पनि पहुँचवालाहरूले बढी राहत पाएको र पहुँच नभएकाले केही पनि नपाएको गुनासो सार्वजनिक  भइरहेको छ । विनाशकारी प्राकृतिक विपद्बाट पाठ सिक्ने राष्ट्रहरूले यस्तो विपद्बाट हुने क्षतिको मात्रा घटाइरहेका छन् र उद्धार, राहत र पुनर्वासजस्ता कार्य तत्काल गर्न सक्ने भएका छन् । त्यसो हुँदा ठूलाठूला विपद्मा पनि मानवीय क्षति कम भएको पाइन्छ । तर, नेपालले कुनै पाठ सिकेको देखिँदैन । यो राज्यले गरेको गम्भीर लापर्बाही हो । यस्तो भद्रगोल अवस्थाको चाँडोभन्दा चाँडो अन्त्य हुनुपर्छ ।

चीनको विकासबाट पाठ सिक्नुपर्छ : मन्त्री श्रेष्ठ

ललितपुर : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले चीनको विकासबाट विश्वले नै सिक्नुपर्ने बताएका छन्।बिहीबार बिहान आयोजित चाइना एक्स्ट्रा अर्डिनरी फोटो फेयर कार्यक्रममा मन्त्री श्रेष्ठले नेपालले चीनले विश्वका लागि उदाहरणीय काम गरेको भन्दै उसको विकासबाट पाठ सिक्नुपर्ने बताए।उनले चीनको विकासले नेपाल पनि लाभान्वित हुने भन्दै नेपालको विकासमा चीन सरकारले गरेको सहयोग अविस्मरणीय रहेको धारणा राखे। उनले भूकम्पपछिको पुनःनिर्माणमा नेपाललाई चीन सरकारले गरेको सहयोगको स्मरण गरे। मन्त्री

आर्थिक वर्ष २०७९/८० काे बजेट (पूर्ण पाठ)

काठमाण्डाै – सरकारले आउँदो आर्थिक वर्षका लागि १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।अर्थमन्त्री जनार्दन शर्माले चालुतर्फ सात खर्ब ५३ अर्ब ४० करोड, पुँजीगततर्फ तीन खर्ब ८० अर्ब ३८ करोड र वित्तीय व्यवस्थातर्फ दुई खर्ब ३० अर्ब २२ करोड तथा प्रदेश र पालिकामा वित्तीय समानीकरण अनुदानअन्तर्गत चार खर्ब २९ अर्ब रुपैयाँ विनियोजन गरेको जानकारी दिनुभयो । पूर्ण पाठ–

पोजिटिभ पीसीआर रिपोर्टमा मान्छेले यमराजको आकृति देख्न थालेको ती दिनहरु...

कोरोना महामारीबाट हाम्रो सरकारले तथा सरोकारवालाहरुले विगतबाट पाठ सिकेर आफ्नो स्वार्थबाट माथि उठेर सोच्न र जिम्मेवार हुन आवश्यक छ।

कोरोना महाव्याधिले सिकाएका केही असल पाठ

कोरोना महाव्याधि (कोभिड १९) ले विगत २ वर्षदेखि विश्व आतंकित र त्रस्त मात्र होइन, भयभीत पनि छ । विश्वभर यसले करोडौंको ज्यान लिइसकेको छ भने हाम्रै देश नेपालमा पनि विगत १५ महीनाकै अवधिमा १० हजार ५८८ (भदौ ७, २०७८ सम्म) नागरिकले यो व्याधिबाट ज्यान गुमाउन पुगे । अहिले पुनः तेस्रो लहर आउन थालेको संकेत देखिएका छन् भने अक्टोबरतिर यसको तेस्रो लहरले भारतीय क्षेत्रमा सताउने प्रक्षेपण भइरहेका बेला नेपालमा पनि त्यसको असर नपर्ला भन्न सकिँदैन । किनभने विगत दुईओटा लहरबाट नेपालमा त्यसको असर देखिएकै हो । हाल निषेधाज्ञा एकदमै खुकुलिएको अवस्था छ भने अर्कातिर जनमानसले कोरोना व्याधिलाई खासै टेरेको पनि देखिएन । बन्दाबन्दी लामो समयसम्म रहिरहँदा अर्ततन्त्रमा पर्ने बहुआयामिक प्रभाव त हामीले कोरोनाकालीन समयमा भोगैकै हो । अझै त्यसको असर अर्थतन्त्रमा परिरहेकै छ र त्यो आगामी कति समयसम्म जान्छ यसै भन्न सकिएको छैन । पहिले बन्दाबन्दी नगर्ने देशहरूले अहिले बन्दाबन्दी गर्न थालेका छन् । खोपको दोस्रो मात्रा लगाइसकेकालाई पनि कोरोनाका नयाँनयाँ व्युत्पत्तिले सताउन थालेकाले विकसित देशहरूले अब तेस्रो खोप (बुस्टर डोज) लगाउने तयारी गर्दै छन् । नेपाल पनि अहिले खोपकै तयारीमा जुटेको छ । हाल करीब १८ प्रतिशतले दुवै मात्रा खोप लगाइसकेका छन् भने गठबन्धनको सरकारले आगामी चैतसम्ममा सबै नागरिकलाई खोप लगाउने कार्यक्रम सार्वजनिक गरिसकेको छ । यो राम्रो कुरा हो । विगतमा सरकारी क्षेत्र र विभिन्न संस्थानले आफ्ना अधिकारीहरूलाई विदेशका सभा, सम्मेलन, तालीम, भ्रमण र अवलोकनमा पठाउँदा हुने खर्चचाहिँ गजबैले बचत हुँदोरहेछ वा गर्न सकिन्छ भन्ने पाठ कोरोनाले सिकाएको छ । त्यसो त मानिसले यस्तै व्याधिहरूबाट हो । जीवनलाई कसरी चलायमान बनाएर लैजान सकिन्छ भन्ने कुराको ज्ञान लिने वा पाठ सिक्ने । पहिले बन्दाबन्दी नै एक मात्र उपाय ठानिन्थ्यो । तर, लामो समयसम्म गरिएको बन्दाबन्दीले अर्थतन्त्र नै धराशयी बनेकाले अहिले त्यस मोडालिटीलाई केही परिवर्तन गरिएको देखिन्छ । यसलाई सभ्य भाषामा ‘स्मार्ट लकडाउन’ भनेर चिनाउन थालिएको छ । अहिले मानिसले कोरोना संकटबाट नयाँनयाँ पाठ पनि सिकेका छन् भने प्रविधिको प्रयोग गरेर हाम्रो जीवनयापन र बसउठलाई नै परिवर्तन गरेका पनि छन् । खासमा कोरोना बढी भीडभाड र मानिसहरूको बसउठ र जीवनयापनका शैलीहरूबाटै फैलिँदो रहेछ भन्ने कुराको पुष्टि भएको हुँदा अब यसका साथसाथै हाम्रो अर्थतन्त्रलाई कसरी चलायमान बनाउने र हाम्रो जीवनयापनका मोडालिटीलाई कसरी परिवर्तन गरेर यो व्याधिसितै बाँच्ने कलाहरू सिक्ने मात्र यसको विकल्प देखिएको छ । कोरोनाको विपद् कस्तोसम्म हुँदोरहेछ भन्ने कुरा संसारले भोगिसकेको छ, आँखैले देखिसकेको छ र त्यसको पीडालाई पनि आत्मसात् गरिसकेको छ । तर, धेरै आफन्त गुमाउनेहरूलाई र अस्पतालको महँगो खर्च भोगेका र भेन्टिलेटरमा बस्नेहरूलाई मात्र त्यसको वास्तविक पीडा थाहा होला नत्र सार्वजनिक यातायातहरूमा भीडभाड गरेर यात्रा गर्नेहरू र त्यहाँ सामान्य मास्कसमेत लगाएर यात्रा नगर्नेहरूलाई भने यसको पीडा पक्कै थाहा नहुनसक्छ । यो विपद्ले धेरै पीडा, त्रास र भय त दिएकै हो, दिइरहेकै छ तथापि यस विपद्बाट हामीले केही असल कुराहरू पनि सिकेका छांै, पाठस्वरूप । यस आलेखमा तिनै असल कुराहरूको संक्षिप्त चर्चा गर्ने प्रयास गरिएको छ । आखिर हामीले सधैं नराम्रा कुरा मात्र लिएर, बोकेर पनि जीवनको गतिलाई अगाडि बढाउन सकिँदैन नै । कोराना विपद्ले सिकाएको पहिलो पाठ हो, साबुन पानीले हात धुने, साबुन पानी नभएमा स्यानिटाइजरको प्रयोग गर्ने र मास्क लगाउने बानीको विकास । हेर्दा सामान्यजस्तो लागे पनि यति मात्र गर्न सकिँदा विज्ञहरूका अनुसार कोरोना महामारीबाट करीब ७५ प्रतिशतको जोखिम कम हुन्छ । यसका साथै भीडभाडबाट स्वयम्लाई अलग राख्ने वा अति आवश्यक काम नपरी त्यस्तो भीडमा नजाने बानी बसाल्ने अर्थात् जानै पर्दा त्यस्तोमा भौतिक दूरीको पालन गर्ने । पहिलो पाठ त अहिले हाम्रो जीवनशैली नै बनेको देखिन्छ । दोस्रो पाठ भने हामीले अभैm लिन सकिरहेका छैनौं । खास गरेर, राजनीतिक दलहरूले नै यसको पालना गरेका छैनन् । सरकारी कार्यालयका सेवाप्रवाह (जस्तै यातायात कार्यालय, मालपोत, खोप प्रमाणीकरण केन्द्रहरू) होस् वा खोपकै परिचालनमा पनि खोप केन्द्रमा हुने भीडको व्यवस्थापन चुकिराखेकै देखिन्छ । सरकारबाट प्रदान गर्ने सेवाहरूलाई डिजिटल माध्यमबाट गर्नेतर्पm सरकार चुकिराखेकै छ । बैंक वित्तीय संस्थाहरूमा अहिले डिजिटल प्रविधिको रामै्र विकास भएको देखिन्छ भने कोरोना महामारीका पनि बैंक वित्तीय क्षेत्रले भुक्तानी प्रणालीलाई राम्रै गति दिए । तर, बजार सोहीअनुरूप डिजिटल प्रणालीमा गई नसकेकाले र सरकारी चासो पनि त्यतापट्टिको विकास गर्नमा खासै बढ्न नसकेकाले अझै पनि बजारमा भुक्तानीका लागि नगदकै वर्चस्व देखिन्छ । धेरै जनमानसका हातहातबाट गुज्रने बैंक नोटहरूबाट पनि भाइरस विस्तार हुनसक्छ भन्ने चेतना बढ्नु अर्को उपलब्धि हो । त्यसैगरी अर्को पाठ हो, सूचनाप्रविधिमा आधारित शिक्षण संस्थाहरूमा पठनपाठनको थालनी र विस्तार । तर, यसका लागि सरकारले उपलब्ध गर्ने इन्टरनेटको सुविधा, गुणस्तर र पहुँच भने स्तरीय र सबैका लागि भरपर्दो, सुलभ र सस्तो बनाउन सकेन । यसैगरी, कार्यालयको काममा वर्किङ फ्रम होमको अवधारणा आउनु र त्यसबाट पनि कार्यालयको काम फत्य गर्न सकिन्छ भन्ने उदाहरण पस्कनु अर्काे राम्रो पाठ हो, कोरोना विपद्को । खासगरेर बैंकहरूले यो अवधारणामा काम गरे । तर, जति बढी डिजिटल प्रणाली अवलम्बन गरिन्छ उति नै त्यसमा जोखिम पनि बढ्ने हुँदा राम्रो सूचनाप्रविधि, सफ्टवेर र साइबर सुरक्षा प्रणाली अवलम्बन गरेका बैंकहरू (जस्तै : नेपालमा स्ट्यान्डर्ड चार्टर्ड) ले त्यसमा लगानी पनि सोहीअनुरूप गरिरहेका देखिन्छन् । त्यस्तो प्रविधिले बैंकहरूको कारोबार सुरक्षित बनाएको देखिन्छ । बैंकहरू प्नि भीडभाड हुने स्थान नै भएकाले कोरोनाकालीन संकटले त्यस्तो भीड कम गर्न पक्कै पनि विभिन्न विकल्पको खोजीमा तिनलाई धकेलेकै हो । अहिले डिजिटल भुक्तानीमा निकै राम्रो प्रगति भएको छ । सरकारले यस्तो प्रणालीमा नागरिकलाई थप अभ्यस्त र प्रोत्साहित गरिराख्न उसले तिरेको भ्याट रकम र करको केही अंश उसैले फिर्ता पाउने गरी उसकै बैंक खातामा जम्मा हुने व्यवस्था गर्न सक्छ । प्रविधिकै विकासका कारण अहिले घरैबाट शेयरको कारोबार गर्न सकिन्छ, त्यो अर्को पाठ हो कोरोनाको । अर्थात् कोरोना सँगसँगै अघि बढ्ने हो भने सरकारले सूचना र प्रविधिको विकासमा धेरै ठूलो लगानी गर्नुपर्छ भने त्यसको सुलभताप्रति पनि ध्यान दिनुपर्छ भन्ने पाठ यसले सिकाएको छ । कोरोना विपद्ले सिकाएको अर्को मननीय पाठ भने अचम्मको छ । त्यो हो, अब हामीले हाम्रो संस्कार, चाडबाड, पर्व, उत्सव, बिहेबारी, जन्मोत्सव, पास्नी, व्रतबन्ध, कुल पूजा, देवाली, जात्रा संस्कार आदि मनाउँदा विशेष ध्यान दिएनाैं वा त्यसको मोडालिटीमा परिवर्तन खोजेनाैं भने त्यसले निकै ठूलो मानवीय क्षति गर्दोरहेछ भन्ने कुराको पाठ । त्यसबाहेक अहिले कोरोनाकै कारण आफन्त जनबीचको भेटघाटमा कमी त आएकै छ । यस्ता कुराहरूमा हुने अर्बाैंको धन राशीको पनि बचत भएकै हुनुपर्छ । भौतिक भेटघाटमा कमी आए पनि भच्र्युअल माध्यमबाट त्यस्ता भेटघाट बाक्लिएकाले त्यस्ता प्रविधि चलाएर बस्नेहरूको र सरकारकै आय पनि पक्कै बढेको देखिन्छ । गएको २ वर्षमा शेयर कारोबारबाट हुने करको माध्यमले सरकारले कहिल्यै नसोचेको आय गरेकै हो । हाम्रा धार्मिक मठमन्दिरहरूको आयमा कमी आएको होला । तर, भर्च्युअल विधिबाट पनि केही धार्मिक अनुष्ठानहरू ( जस्तै : श्राद्ध कर्म आदि) सम्पन्न भएकै छन् । यही विधिले निजी विद्यालयहरूले पनि आफ्नो आय बटुलेकै छन् । तर, सरकारी शिक्षण संस्थाहरूमा भने तिनका झैं पाठ सिक्न अझै समय लाग्ने हो कि ? भन्ने देखिएको छ । अन्त्यमा, कोरोना विपद्बाट यीबाहेक अरू पनि धेरै सकारात्मक पाठहरू मानव जगत्ले सिकिरहेको छ ( जस्तै : ईकमर्शको विकास) र सिक्ने पनि होला । त्यसमध्ये सबैभन्दा ठूलो पाठचाहिँ हाल विगतमा सरकारी क्षेत्र र विभिन्न संस्थानहरूले आफ्ना अधिकारीहरूलाई विदेशका सभा, सम्मेलन, तालीम, भ्रमण र अवलोकनमा पठाउँदा हुने खर्चचाहिँ गजबैले बचत हुँदोरहेछ वा गर्न सकिन्छ भन्ने पाठ नै हो । ती कार्य त जुमिनार र वेबिनारबाट पनि सम्पन्न गर्न सकिँदा रहेछन् भन्ने कुरा सरकारले र सरोकारवालाहरूले कोरोना काल गए पनि सिकिरहनु पर्ने पाठ हो । प्रधान नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक हुन् ।

सुदूरपश्चिममा कोरोना : संक्रमण रोक्न सरकारले बनायो द्रूत कार्ययोजना

८ भदौ, धनगढी । कोरोना भाइरस संक्रमणको अर्को लहरबाट हुने जोखिम रोकथाम, नियन्त्रण, उपचार तथा व्यवस्थापनका लागि सुदूरपश्चिम प्रदेश सरकारले पूर्व तयारी थालेको छ । प्रदेशको सामाजिक विकास मन्त्रालयले पहिलो र दोस्रो लहरका कमीकमजोरीबाट पाठ सिक्दै तेस्रो लहर फैलिन नदिन तथा रोकथाम गर्न आवश्यक तयारी थालिएको जनाएको छ । मन्त्रालयले कोभिड–१९ को सम्भावित तेस्रो लहरको […]

संसद् विघटन गर्न खोज्नेलाई सर्वोच्चले पाठ सिकायो : मेटमणि चौधरी

काठमाडौं : नेकपा एमालेका नेता सांसद मेटमणि चौधरीले शक्तिले प्रतिनिधि सभा विघटन गरेर अघि बढ्न खोज्नेलाई सर्वोच्च अदालतले पाठ सिकाएको बताएका छन्। मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद चौधरीले भने, 'मुलुकको प्रणाली जोगाउन र सर्वोच्चको फैसलाप्रति सम्मान व्यक्त गर्न चाहन्छु। शक्ति र सत्ताको आडमा कसैले अगाडि बढ्न खोजोस्। अदालतले संसद विघटनविरुद्ध राम्रो पाठ सिकाएको छ।'अब प्रतिनिधिसभा विघटन नभएर सरकारले संविधानको पालना गर्दै अघि बढ्नुपर्ने उनको भनाइ छ।

मेलम्ची र मनाङको विपदले सिकाएको पाठ

गएको सदनमा मेलम्ची र मनाङका बारेमा माननीयज्यूहरुले विषय उठाउनुभएको छ । वास्तवमा मनाङ र मेलम्चीमा हामीले ठूलो विपद झेल्नुपर्यो । यसबाट हामी मर्माहित भएका छौँ । त्यहाँका प्रभावित समुदायलाई राहत र व्यवस्था गर्न स्थानीय, प्रदेश र केन्द्रीय सरकारले उचित पहल गर्दैछ भनेर हामी आशा गरौँ ।यस वर्षको मनसुन यथावत भएको हुनाले यसबाट हामीले सिक्नुपर्ने पाठ धेरै महत्वपूर्ण छ र म पनि यहीँबाट विषय प्रवेश गर्न चाहन्छु । नेपालको भू–बनोट र यसमा भएका अध्ययनबाट हामी के सिक्न सक्छौं भने सामान्यतया मनसुन बंगालको खा

प्रदेश १ सरकारकाे नीति तथा कार्यक्रम (पूर्ण पाठ)

इटहरी / प्रदेश १ सरकारले नीति तथा कार्यक्रम आज सार्वजनिक गरेकाे छ । प्रदेश प्रमुख साेमनाथ अधिकारीले स्वास्थ्य, कृषि र पूर्वाधार निर्माणमा केन्द्रित गर्दै प्रदेशको आर्थिक वर्ष २०७८/०७९ को नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन् । प्रदेश १ सरकारकाे नीति तथा कार्यक्रममा काेराेना महामारी नियन्त्रणका लागि विभिन्न योजना समेटिएका छन् । जनस्वास्थ्य, अस्पताल, स्वास्थ्य केन्द्र,... The post प्रदेश १ सरकारकाे नीति तथा कार्यक्रम (पूर्ण पाठ) appeared first on Purbeli News.

सरकार महामारीबाट पाठ सिकः चेतन भगत

एजेन्सी। प्रख्यात भारतीय लेखक चेतन भगतले देशमा कोरोना महामारी उचाइमा पुग्दा पनि सरकार नचेतेको बताएका छन्। स्वास्थ्य व्यवस्थामा देखिएको भद्रगोलप्रति उनले चिन्ता प्रकट गरेका छन्।गल्फ महाराष्ट्र बिजनेस फोरममा बोल्दै उनले भारतले कोरोनाविरुद्धको खोप अभियानलाई गम्भीरतापूर्व नलिएको बताए। उनले भने, ‘‘सरकारले आफ्नो गल्ती स्वीकार्दै समग्र स्वास्थ्यक्षेत्रमा सुधार गर्नुपर्छ। कोरोनापछि हामीले परिवर्तन गर्नु जरुरी छ। महामारीबाट पाठ सिक्नुपर्छ।’’