काठमाण्डाै - त्रिभुवन विश्वविद्यालयले परीक्षामा प्रश्नपत्र फरक परेको सम्बन्धमा छानबिन गर्ने भएको छ ।
त्रिवि परीक्षा नियन्त्रण कार्यालयका परीक्षा नियन्त्रक पुष्पराज जोशीले प्रश्नपत्र त्रुटिका सम्बन्धमा छानबिन गरी यथार्थ विवरण सार्वजनिक गर्ने जानकारी दिनुभएको छ । उहाँले आउँदा दिनमा प्रश्नपत्रमा त्रुटि नदोहोरिने गरी व्यवस्थापन गर्ने प्रतिबद्धतासमेत जनाउनुभएको छ ।
यही साउन ८ गते भएको मानविकी तथा सामाजिक शास्त्र सङ्कायअन्तर्गत चार वर्षे स्नातक तहको तेस्रो वर्षको ऐच्छिक विषय ‘पर्यटन विकासको परिचय विषयको सट्टा असार २८ गते सम्पन्...