एनभीए भलिबल च्याम्पियनसिप असोजमा

काठमाडौं । एनभीए महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिप आउँदो असोजमा हुने भएको छ । आयोजक नेपाल भलिबल संघले छैटौँ संस्करणको च्याम्पियनसिप असोज १० देखि १६ गतेसम्म सञ्चालन हुने जनाएको छ । प्रतियोगिता राष्ट्रिय महिला तथा पुरुष क्लब लिग भलिबल च्याम्पियनसिपको छनोट रहेको जनाइएको छ । क्लब च्याम्पियनसिपबाट पुरुषतर्फ शीर्ष आठ र महिलाको...

सम्बन्धित सामग्री

आर्मीमाथि रोमाञ्चक जितसँगै हेल्प नेपाल च्याम्पियन

१० चैत्र, काठमाडौं । हेल्प नेपालले आरबीबी आठौं एनभीए भलिबल च्याम्पियनसिप अन्तर्गत पुरुषतर्फ फाइनलमा त्रिभुवन आर्मी क्लबलाई हराउँदै च्याम्पियन बनेको छ । शनिबार  राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा भएको फाइनल खेलमा हेल्प नेपाल ३-२ ले विजयी हुँदै उपाधि जितेको हो । हेल्प नेपालले रोमान्चक खेलमा २०-२५, २७-२५, २३-२५, २९-२७, २२-२० ले जितेको हो । […]

पुलिसमाथि रोमाञ्च जितसँगै आर्मी फाइनलमा

९ चैत्र, काठमाडौं। त्रिभुवन आर्मी क्लबले आठौं संस्करणको आरबीबी एनभीए भलिबल च्याम्पियनसिप अन्तर्गत पुरुषतर्फ दोस्रो सेमिफाइनल खेलमा नेपाल पुलिस क्लबमाथि ३-२ को रोमान्चक जित हात पार्दै फाइनलमा पुगेको छ । शुक्रबार राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा भएको दोस्रो सेमिफाइनलमा आर्मीले पुलिसलाई २५-१८, २३-२५, २६-२४, १३-२५, १४-१५ ले हराउन सफल भयो । पुलिसले पहिलो सेटमा […]

गण्डकीलाई हराउँदै तीन पाकिस्तानी खेलाडी सम्मिलित हेल्प नेपाल फाइनलमा

९ चैत, काठमाडौं । तीन पाकिस्तानी खेलाडी सम्मिलित टिप टप हेल्प नेपालले आठौं संस्करणको आरबीबी एनभीए भलिबल च्याम्पियनसिप अन्तर्गत पुरुषतर्फ पहिलो सेमिफाइनल खेलमा गण्डकी प्रदेशलाई सोझो सेटमा हराउँदै फाइनलमा पुगेको छ । तीन पाकिस्तानी खेलाडी फखार उबैदिन, उस्मान अलि र कासिफ नदिम सम्मीलित हेल्प नेपालले शुक्रबार राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा भएको पहिलो सेमिफाइनल […]

भलिबल छाडेर विदेशिंदै उदीयमान खेलाडी रवि

८ चैत, काठमाडौं । पछिल्लो समय उत्कृष्ट प्रदर्शन गर्दै आएका युवा स्पाइकर रवि केसीलाई अब नेपाली दर्शकले कोर्टमा देख्न पाउने छैनन् । राष्ट्रिय प्रतियोगिताहरुमा गण्डकी प्रदेशबाट खेल्ने २४ वर्षीय रवि दुई सातापछि जापान जाँदैछन् । काठमाडौंमा जारी आठौं एनभीए भलिबल च्याम्पियनसिप अन्तर्गत पुरुषतर्फ उनको टिम गण्डकी प्रदेश सेमिफाइनल पुगेको छ । गण्डकीले जितेको तीनै खेलमा […]

सुदूरपश्चिमलाई हराउँदै आर्मी सेमिफाइनलमा

८ चैत, काठमाडौं । त्रिभुवन आर्मी क्लबले आठौं एनभीए भलिबल च्याम्पियनसिप अन्तर्गत पुरुषतर्फ चौथो क्वार्टरफाइनल खेलमा सुदूरपश्चिम प्रदेशलाई हराउँदै सेमिफाइनल प्रवेश गरेको छ । बिहीबार राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्ड हलमा भएको खेलमा आर्मीले सुदूरपश्चिमलाई ३–१ ले हराउँदै सेमिफाइनलमा नेपाल पुलिस क्लबसँग भेट पक्का गरेको हो । आर्मीले सुदूरपश्चिमलाई १९–२५, २५–२२, २३–२५, १७–२५ ले […]

एनभीए भलिबल च्याम्पियनसिप : पुरुषतर्फको उपाधि त्रिभुवन आर्मी क्लबलाई

काठमाण्डाै - एनभीए भलिबल च्याम्पियनसिप अन्तर्गत पुरुषतर्फको उपाधि त्रिभुवन आर्मी र महिलातर्फको उपाधि न्यु डायमण्ड स्पोर्टस् क्लबले जितेको छ । राखेपको कभर्ड हल त्रिपुरेश्वरमा भएको फाइनलमा पुरुषतर्फ त्रिभुवन आर्मी क्लबले हेल्प नेपाललाई ३–१ को सेटमा पराजित गर्दै उपाधि जितेको हो । पहिलो सेट आर्मीले जितेको थियो, यस्तै दोस्रो सेट हेल्प नेपालले जित्यो भने तेस्रो र चौथो सेट आर्मीले जित्दै उपाधि आफ्नो पक्षमा पार्यो । विजेता बनेको आर्मीले ४ लाख र उपविजेता बनेको हेल्प नेपालले २ लाख रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् ।

एनभीए भलिबल च्याम्पियनसिप असोज १० बाट

काठमाडौं । छैटौँ संस्करणको एनभीए महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिप असोजमा दोस्रो साताबाट आयोजना हुने भएको छ ।  राखेपको कभर्डहलमा आयोजना हुने च्याम्पियनसिप असोज १० देखि १६ गतेसम्म संचालन हुनेछ । नेपाल भलिबल संघले बुधबार पत्रकार सम्मेलन गर्दै च्याम्पियनसिपमा पुरुषतर्फ १२ टिम र महिलातर्फ ६ टिमको सहभागिता रहने जनाएको छ । पुरुषमा नेपाल...

एनभीए भलिबल च्याम्पियनसिप असोज १० गतेदेखि सुरु हुने

काठमाडौं :  छैटौं संस्करणको एनभीए पुरुष तथा महिला  क्लब भलिबल च्याम्पियनसिप असोजमा आयोजना हुने भएको छ। नेपाल भलिबल संघले च्याम्पियनसिप असोज १० देखि १६ गतेसम्म संचालन हुने जनाएको हो।क्लब च्याम्पियनसिपबाट पुरुषतर्फ शीर्ष ८ र महिलाको शीर्ष ६ टोलीले क्लब लिगमा स्थान बनाउने छन्। क्लब लिग चैतमा आयोजना हुने संघले जनाएको छ। संघले क्लब च्याम्पियनसिपको पुरस्कार राशिमा वृद्धि गरिएको समेत जनाएको छ।विजेताले ४ लाख प्राप्त गर्दा उप विजेताले २ लाख पाउने छन् । तेस्रो हुनेले १ लाख प्राप्त गर्नेछ। त