नुवाकोटको बेलकाेटगढी केन्द्रबिन्दु बनाएर ५.३ म्याग्निच्यूडको भूकम्प

काठमाडौं - नुवाकोट केन्द्रविन्दु बनाएर ५.३ म्याग्निच्यूडको भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा सूचना केन्द्रका अनुसार शनिबार बिहान पाँच बजेर २७ मिनेटमा नुवाकोटकको बेल्कोटगढी केन्द्रबिन्दु भएर ५.३ म्याग्निच्यूडको भूकम्प गएको हो ।  भूकम्पको धक्का काठमाडौं उपत्यकासहित आसपासका जिल्लमा समेत महसुस गरिएको थियो ।   ...

सम्बन्धित सामग्री

दोलखासँगै लमजुङको मालिङ केन्द्रबिन्दु भएर भूकम्प

काठमाडाैँ – दोलखाको सुरी केन्द्रबिन्दु भएर भूकम्प गएको केही समयमा नै लमजुङको मालिङ केन्द्रबिन्दु भएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार लमजुङको मालिङ केन्द्रबिन्दु भएर आज बिहान ११ बजेर ३९ मिनेटमा तीन दशमलव आठ रेक्टर स्केलको भूकम्प गएको हो। यसअघि आजै बिहान ११ बजेर २७ मिनेट जाँदा दोलखाको सुरी केन्द्रबिन्दु […]

अछाम केन्द्रबिन्दु भएर भूकम्प

अछाम जिल्लाको बाबाला केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार अछाम जिल्लाको बाबाला केन्द्रबिन्दु भएर आज साँझ ६ बजेर ८ मिनेट जाँदा ४।२ रेक्टर स्केलको भूकम्प गएको हो । उक्त भूकम्प गोरखा भूकम्पको परकम्प नभएर नयाँ भूकम्प भएको सो केन्द्रले जनाएको छ । पछिल्लो समय देशको सुदूरपश्चिम र […]

अछाम केन्द्रबिन्दु भएर भूकम्प

अछाम जिल्लाको बाबाला केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार अछाम जिल्लाको बाबाला केन्द्रबिन्दु भएर आज साँझ ६ बजेर ८ मिनेट जाँदा ४.२ रेक्टर स्केलको भूकम्प गएको हो ।उक्त भूकम्प गोरखा भूकम्पको परकम्प नभएर नयाँ भूकम्प भएको सो केन्द्रले जनाएको छ । पछिल्लो समय देशको सुदूरपश्चिम र मध्यपश्चिम क्षेत्र केन्द्रबिन्दु भएर भूकम्प जाने क्रम बढेको छ ।

बाजुरा केन्द्रबिन्दु भएर भूकम्प

काठमाण्डाै - बाजुराको काँडा क्षेत्र केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बाजुराको खप्तड छेडेदह गाउँपालिकाअन्तर्गत काँडा आसपास केन्द्रबिन्दु भएर बिहान ५ बजेर १३ मिनेट जाँदा ४ दशमलव १ रेक्टर स्केलको भूकम्प गएको हो । यसअघि डोटीको खप्तड राष्ट्रिय निकुञ्ज केन्द्रबिन्दु बनाएर मङ्गलवार राति तीन पटकसम्म भूकम्प गएको थियो । भूकम्पले घर भत्किँदा डोटीको पूर्वीचौकी गाउँपालिका–३ गैरागाउँमा ६ जनाको ज्यान गएको छ भने ८ जना घाइते भएका छन् ।

दोलखाको भीमेश्वर केन्द्रबिन्दु भएर भूकम्प

दोलखाको भीमेश्वर केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान ६:०२ बजे दोलखाको भीमेश्वर नगरपालिका आसपास केन्द्रबिन्दु भएर ३.७ रेक्टर स्केलको भूकम्प गएको...

दोलखा केन्द्रबिन्दु भएर भूकम्प

दोलखाको भीमेश्वर केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ ।  बिहान ६.०२ बजे भीमेश्वर नगरपालिका आसपास केन्द्रबिन्दु भएर ३.७ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । उक्त भूकम्प गोरखा भूकम्पको परकम्प भएको सो केन्द्रले जनाएको छ ।

जुम्लाको नरकोट केन्द्रबिन्दु भएर भूकम्प

काठमाडौँ । जुम्लाको नरकोट केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान ९.५७ बजे जुम्लाको नरकोट केन्द्रबिन्दु भएर ४.१ रेक्टर स्केलको भूकम्प गएको हो । उक्त भूकम्प गोरखा भूकम्पको परकम्प नभई नयाँ भूकम्प भएको सो केन्द्रले जनाएको छ ।

बझाङ केन्द्रबिन्दु भएर भूकम्प

बझाङ केन्द्रबिन्दु भएर मंगलबार भूकम्प गएको छ । मंगलबार बिहान स्थानीय समयअनुसार ६ बजेर तीन मिनेट जाँदा भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जानकारी दिएको हो ।केन्द्रका अनुसार भूकम्पको तीव्रता ४.१ म्याग्निच्युडको रहेको थियो । यसअघि चैत ९ गते ताप्लेजुङ केन्द्रबिन्दु भएर ४.२ म्याग्निच्युडको भूकम्प गएको थियो ।

लमजुङको खुदीबजार केन्द्रबिन्दु भएर भूकम्प

लमजुङको मर्स्याङ्दी गाउँपालिका ३  खुदीबजार  केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार सोमबार राती साढे ८ बजे लमजुङको खुदिबजार केन्द्रबिन्दु भएर ४.१ म्याग्निच्युडको भूकम्प गएको हो...