'कतिपय न्यायाधीश नै मुद्दामा विचौलियाको भूमिकामा' अध्ययन प्रतिवेदन बुझ्दै प्रधानन्यायाधीशले भने, ‘हुबहु कार्यान्वयन हुन्छ’

काठमाडौं : न्यायपालिकाभित्रको विकृति, विसंगति, अनियमितता, भ्रष्टाचार तथा विचौलिया रोकथामका लागि आवश्यक कार्ययोजना सहितको सुझाव दिन गठित समितिले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई प्रतिवेदन बुझाएको छ। सर्वोच्च अदालतका न्यायाधीश हरिकृष्ण कार्की संयोजक रहेको सो समितिले बिहीवार प्रधानन्यायाधीशसमक्ष अध्ययन प्रतिवेदन बुझाएको हो। समितिले बुझाएको प्रतिवेदनमा सुझाव र कार्ययोजना पनि स्पष्ट पारिएको छ।…