भक्तपुर – वडा दसैंको महानवमीको दिन उत्पत्ति भएका नवदुर्गा देवगणले भक्तपुर तलेजुबाट प्राण सिद्धि प्राप्त गरेका छन्। भक्तपुर नगरपालिका ९ स्थित ब्रह्मायणी शक्तिपीठमा उत्पत्ति हुने विश्वास गरिने नवदुर्गा देवगणले दशमीको दिन भक्तपुर दरबार क्षेत्र पुगेर तलेजु भवानीसँग प्राण सिद्धि लिनुपर्ने प्रचलन रहेको छ। महानवमीको दिन उत्पत्ति भए पनि तलेजुबाट प्राण सिद्धि नलिएसँग नवदुर्गा देवगणहरु जीवित […]