पर्यटकीय खाँची क्षेत्र चुनढुंगा उत्खननले कुरुप बन्दै

बसन्त खड्का, अर्घाखाँची । चुनढुंगा उत्खननका कारण अर्खार्खाचीको खाँची क्षेत्र दिन प्रतिदिन कुरुप बन्दै गएको छ । माहाभारत चुरे श्रृंखला अन्तरगतको धार्मिक तथा पर्यटकीय सुन्दर खाँचिकोटको तिनपाने लेकमा गरिएको चुनढुंगा उत्खनन् यस क्षेत्रको लागि भविस्यमा घातक बन्न सक्ने देखिएको छ । औद्योगिकिकरणको बहानामा तिनपानेमा उत्खनन् कार्य जारी छ । सिमित व्यक्ति तथा कम्पनीको आर्थिक फाइदाको लागि गरिएको प्रकृतिको दोहनले गम्भीर वातावरणीय असर पार्नसक्ने भन्दै स्थानीयले चिन्ता व्यक्त गरेका छन् । धार्मिक तथा प्राकृतिक सौन्दर्यता र प्रचुर पर्यटकीय सम्भावना बोकेको सो क्षेत्र दिनप्रतिदिन कुरुप बन्दै जानुमा जिल्लाका जनप्रतिनिधी र केही टाठा बाठा स्थानीयहरुको लाचारिपना देखिएको छ । केही वर्षअगाडि पनि नरपानीमा गरिएको उत्खनन् कार्य स्थानीयको व्यापक विरोधपछि बन्द गरिएको थियो । तर तिनपाने लेकको हकमा स्थानीय जनप्रतिनिधिको वेवास्ताका कारण जनताको विरोधलाई ठेकेदारहरुले अटेरी गरेका छन् । खानी सञ्चालकले केही व्यक्तिलाई विभिन्न प्रलोभनमा कब्जामा पार्न सफल भएको स्थानीयको गुनासो छ । खानी क्षेत्रबाट चौबिसै घण्टा आउने ध्वनि प्रदुषणले आफ्ना नाति नातिनाहरु भबिस्यमा बहिरा हुने हुनकी भन्ने चिन्ता रहेको स्थानीय हेमलाल पुरीले गुनासो गर्नुभयो । बिगत ६/७ वर्षदेखि चुनढुङ्गा खानीबाट निस्किएको धुलोका कारण खेतिपाती पूर्णरुपमा नस्ट भएको उहाँको भनाइ छ । पहिले आफू अग्रमोर्चामा आएर उत्खननको विरोध गर्दा पिटाइ खाएर ढाडको हड्डिमा असर परेको उहाँले बताउनुभयो । सरकारले एक सय गन्तव्य सूचिमा सूचिकृत गरेको सुपा देउराली नजिकैको यो सुन्दर क्षेत्रबाट खानी भन्दा पर्यटकीय पूर्वाधार विकास गर्ने हो भने प्रकृतिको संरक्षण गर्दै मनग्य आर्थिक फाइदा पनि लिन सक्ने देखिन्छ तर त्यस तर्फ कसैको ध्यान नजानु बिडम्बना भएको छ । मसिनाको लेक, खांची मैदान, नरपानी, कालिकाठी र पणेना क्षेत्रको लेक समेट्ने र यसलाई पदमार्गको रुपमा विकास गर्ने भाषण पनि स्थानीय र जिल्ला स्तरका नेताहरुको मुखबाट सुनिएको छ तर सोही पदमार्गको बिचमा पर्ने स्थान कुरुप हुँदै गैरहेको तर्फ कसैको ध्यान नजानु आश्चर्यको बिषय बनेको छ । चौबिसै घन्टाको ध्वनी प्रदुषण, टिप्पर आतंक, अनि खानी क्षेत्रबाट निस्किएको धुलोले वर्षभरी खाने खेतिको सत्यनास भएको भन्दै भविष्यमा ...

सम्बन्धित सामग्री

गुजुल्टिएका तारका कारण कुरुप बन्दै धरान

असोज २०, धरान । गुजुल्टिएका तारका कारण करीब डेढ लाख मानिस बसोबास गर्ने धरानको सौन्दर्य नै पछिल्लो समय गुम्दै गइइरहेको छ । त्यतिमात्र होइन यी तारबाट मानवीय तथा भौतिक क्षति पनि हुने गरेको छ ।  विद्युतका पोलहरूमा गुजुल्टा परेका तार देख्दा रिगंटा नै लाग्छ । जता हेर्‍यो उतै माकुराले जालो लगाएजस्तै तारको जालो देखिन्छ । पोलमा मात्र हैन भुइँमा पनि त्यति नै मात्रामा छरपष्ट छन् तार । धरानमा दैनिक सयौंको संख्यामा पर्यटकहरु घुम्न आउने गरेका छन् । बजारकै बाटो हुँदै पहाडी जिल्लाका पर्यटकीय गन्त्वय जाने मुख्य प्रवेशद्वार पनि हो धरान ।  मुख्य बजार हुँदै जाने पर्यटकहरुले धरानको सौन्दर्य नियाल्न पाउँदैनन् । उनीहरुले बजार क्षेत्रमा रहेको असरल्ल तारहरुको जालोले छोपिएको विजुलीका पोल हेर्दै जान्छन् ।  धरान घुम्न आउने पर्यटकहरु धरानको मुख्य बजार क्षेत्रमा रहेको बसपार्कमा उत्रने गर्दछन् । उनीहरुको पहिलो नजर पर्ने मुख्य बजारलाई भने विजुली, टेलिफोन, केवलका अव्यवस्थीत तारको जालोले सौन्दर्यता नै बिगारिदिएको छ ।  बजारको सौन्दर्यताका लागि भानुचौकदेखि छाताचौंक सम्म गमलामा फुलहरु रोपिएका छन् । त्यही फुलेका फुलहरुलाई पनि तारको जालोले छोपिदिने गरेको छ । विद्युत, टिभी, इन्टरनेट र टेलिकमका तारको सञ्जाल बजारको मुख्य सडकमा मात्र नभई भित्रीगल्लीका हरेक छेउमा पनि साहै्र अव्यवस्थित छन् । पटक–पटक तारकै कारण आगलागीका घटना पनि हुने गरेका छन् । तर विद्युतका पोलमा टाँगिएका तारको सञ्जाल व्यवस्थित गर्न न त स्थानीय सरकार अग्रसर भएको छ, न त तार टाँगिएका पोल गाड्ने विद्युत् प्राधिकरण नै व्यवस्थित गर्न अग्रसर छ । पर्यटकीय क्षेत्र बनाउने अभियानमा लागेको धरान उपमहानगरपालिकाको मुख्य बजार बिजुली, केवलका तारहरुको जालोले कुरुप देखिन थालेको स्थानीय राजन राई बताउँछन् । धरानलाई सुन्दर बनाउन जनप्रतिनिधीहरुले चासो देखाउनुपर्ने उनको भनाइ छ ।  उनले भने, ‘धरानलाई सुन्दर बनाउन फूलबारीको शहर बनाउने अभियान थालिएको छ, तर पहिले अव्यवस्थीत तारको जालोलाई व्यवस्थीत गर्नुपर्छ ।’ धरान उपमहानगरपालिकाले वर्षेनी पर्यटन प्रवर्द्धनका लागि ठूलो बजेट विनियोजन गर्ने गरेको छ । धरान उपमहानगरपालिकाले करको दायरा फराकिलो बनाउँदै आन्तरिक आयमा बिजुलीको पोलको कर उठाउँदैछ । बिजुली, टेलिफोन, केवलवाला हरुसँग पनि कर उठाएको छ । त्यही पोलमा झाँगिएको तारको जालोलाई व्यवस्थीत गर्न सकेको छैन ।  अव्यवस्थीत तारको जालोले शहरलाई कुरुप बनाएको स्थानीय महेश ताम्राकार बताउँछन् । ‘साँच्चै नै यसले बजारलाई कुरुप बनाएको छ,’ उनले भनिन्, ‘तर केही गर्न सकेको छैन ।’ चाँडै नै सम्बन्धित निकायहरुसँग छलफल गरि व्यवस्थापन गर्न योजना बनाउन उनको सुझाव छ । पर्यटकहरुलाई आकर्षण गर्न विभिन्न भौतिक संरचनाहरु निर्माण गरिरहँदा उनीहरुलाई नकारात्मक प्रभाव पार्ने अव्यवस्थीत संरचनाहरुलाई पहिलो प्राथमिकतामा राखेर व्यवस्थीत गर्नु पर्दछ । जसले गर्दा सामान्य आकर्षणबाट पनि पर्यटकहरुको मन जित्न सकिन्छ ।