सिर्जना बस्नेतको शंकास्पद मृत्यु, शव उठाउन खोज्दा स्थानीय र युट्युबरको अवरोध

झापा :  झापाकी २५ वर्षीया सृजना बस्नेतको मृत्यु शंकास्पद देखिएको झापा प्रहरीको दाबी छ।घरको मुख्य गेट र सुत्ने कोठा बन्द हुनु, अनि युवतीको शव सडकमा अर्धनग्न अवस्थामा फेला पर्नुले घटना शंकास्पद भएको जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिए।पूर्वपश्चिम राजमार्गको बिर्तामोड नगरपालिका-५ स्थित सुगम पेट्रोल पम्प उत्तर बस्दै आएकी युवती बस्नेतको शव सोमबार बिहान घर अगाडिको सडकमा अर्धनग्न अवस्थामा फेला परेको थियो।सानिमाको घरमा स–परिवार बस्दै आएकी युवती बस्नेत सहकारी संस्थामा