प्रधानमन्त्री कप छनोट प्रतियोगितामा चितवन र मकवानपुर विजयी

१७ पुस, काठमाडौं । प्रधानमन्त्री (पीएम) कप राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताका लागि बागमती प्रदेश स्तरीय छनोट खेलमा चितवन र मकवानपुरले जित हात पारेका छन् । शुक्रबार भएको समूह बी को खेलमा चितवनले ललितपुरलाई १ विकेटले र समूह ए को खेलमा मकवानपुरले नुवाकोटलाई २१३ रनले पराजित गरेको छ प्र। चितवनको रोमाञ्चक जित प्रतीक श्रेष्ठ र गौतम […]

सम्बन्धित सामग्री

प्रधानमन्त्री कपको वाग्मती छनोट बिहीबारदेखि

काठमाडौं । प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत वाग्मती प्रदेशस्तरीय छनोट प्रतियोगिता बिहीबारदेखि राजधानीमा शुरु हुने भएको छ । प्रतियोगितामा वाग्मतीका सात टोलीबीच प्रतिस्पर्धा हुने प्रदेश क्रिकेट सङ्घले जनाएको छ । सो प्रतियोगितामा वाग्मती प्रदेशका ६ जिल्ला तथा त्रिभुवन विश्व विद्यालयको टोली सहभागी हुनेछ । खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान र मूलपानी क्रिकेट मैदानमा खेलाइने सङ्घले जनाएको छ । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा काठमाडौं, भक्तपुर, नुवाकोट र मकवानपुर तथा समूह ‘बी’ मा ललितपुर, चितवन र त्रिभुवन विश्वविद्यालय टोली रहेका छन् । छनोट प्रतियोगिताको उद्घाटन खेल काठमाडौं र भक्तपुरबीच हुनेछ । उक्त प्रतियोगिता पुस २१ गतेसम्म चल्नेछ ।(रासस)