बबई गाउँपालिकामा काँग्रेस विजयी

दाङको बबई गाउँपालिकामा नेपाली काँग्रेस विजयी भएको छ। यो गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष दुवैमा काँग्रेस विजयी भएको हो।...

सम्बन्धित सामग्री

ताप्लेजुङमा चार स्थानीय तहमा काँग्रेस विजयी

फुङ्लिङ । ताप्लेजुङको नौवटै स्थानीय तहको मतगणना सम्पन्न भएको छ । नेपाली काँग्रेस सर्वाधिक चार स्थानीय तहमा विजयी भएको छ । नेकपा (एमाले)ले तीन र नेकपा (माओवादी केन्द्र)ले दुई स्थानीय तहमा जित हासिल गरेको छ । प्राप्त मत परिणामअनुसार फुङ्लिङ नगरपालिका तथा मिक्वाखोला, मेरिङदेन र सिरिजङ्गा गाउँपालिकामा काँग्रेस विजयी भएको छ । यस्तै आठराई त्रिवेणी, […]

धादिङको गंगाजमुना गाउँपालिकामा काँग्रेस विजयी

धादिङको गंगाजमुना गाउँपालिकाको अध्यक्षमा नेपाली काँग्रेस विजयी भएको छ । सो गाउँपालिकामा काँग्रेसका भक्तबहादुर लामा विजयी भएका हुन् । उनले ६ हजार २ सय ६२ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका भक्तबहादुर लामिछानेले ४ हजार ५० मत प्राप्त गरेका छन् ।गाउँपालिका उपाध्यक्षमा माओवादी केन्द्रका रामेश्वर सिंखडा विजयी भएका छन् । सिंखडा पाँच हजार ३८ मत ल्याई विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी एञ्जिला तामाङले चार हजार एक सय ९६ मत प्राप्त गरेकी छन् । अध्यक्ष र उपाध्य

सङ्खुवासभाको चिचिला गाउँपालिकामा काँग्रेस विजयी

सङ्खुवासभाको भोटखोला गाउँपालिकामा नेपाली काँग्रेस उम्मेदवार विजयी भएका छन् । चिचिला गाउँपालिका अध्यक्षमा पासाङ नुर्व शेर्पा भोटे एक हजार ८६१ मत ल्याएर विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका रिपुप्रसाद राईले ९०९ मत पाएका छन् । चिचिलामा एमाले तेस्रो भएको छ । नेकपा एमालेका रामबहादुर गुरुङले ९०१ मत पाएका छन् । माओवादीका राईलाई ९५२ मत अन्तरले हराउँदै अध्यक्षमा शेर्पा दोस्रो पटक निर्वाचित भएका छन् ।उपाध्यक्षमा काँग्रेसकै मनकला राई विजयी भएकी छन् । उपाध्यक्ष राईले एक हजार ८५४ मत

बर्दियाको गेरुवा गाउँपालिकामा काँग्रेस विजयी

बर्दियाको गेरुवा गाउँपालिकामा काँग्रेसका उम्मेदवार विजयी भएका छन् । काँग्रेसका जमान सिं केसी ७ हजार ६९८ मतका साथ विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका विश्वबहादुर थारूले ६ हजार ६२० मत प्राप्त गरे । यस्तै उपाध्यक्षमा काँग्रेसकै लक्ष्मी कुमारी चौधरी विजयी हुँदा माओवादी केन्द्रकी लिला चौधरी पराजित बनिन् ।  लक्ष्मी कुमारीले ७ हजार १५३ मत पाउँदा पराजित लिलाले ६ हजार ५८३ मत ल्याइन् ।

धनुषाको लक्ष्मीनिया गाउँपालिकामा काँग्रेस विजयी

धनुषाको लक्ष्मीनिया गाउँपालिकामा काँग्रेस विजयी भएको छ । काँग्रेसका भोगेन्द्र मिश्रा ३७६५ मतसहित अध्यक्षमा निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका अजयकुमार यादवले ३३७३ मत प्राप्त गरेका छन् ।उपाध्यक्षमा काँग्रेसकै फुलकुमारी यादव ३६२८ मतसहित निर्वाचित भएकी छन् । उनका निकटतम प्रतिद्वन्द्वी  जसपा नेपालकी विमलाकुमारी यादवले ३४६० मत प्राप्त गरेकी छन् ।

सिन्धुपाल्चोकको त्रिपुरासुन्दरीको अध्यक्षमा काँग्रेस विजयी

सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिकामा काँग्रेस विजयी भएको छ । अध्यक्षमा काँग्रेस उम्मेदवार भक्तध्वज बोहरा विजयी भएका हुन् । बोहराले ४ हजार २२९ मत पाएर अध्यक्षमा निर्वाचित हुँदा उनको निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार मेघनाथ पौडेलले ३ हजार २६७ मत पाए । गाउँपालिकाको उपाध्यक्षमा पनि नेपाली काग्रेसकी गिता कुमारी नेपाल ४ हजार १५६ मतसहित निर्वाचित भइन् ।

दाङको बबई गाउँपालिकामा काँग्रेस विजयी

दाङको बबई गाउँपालिकामा नेपाली काँग्रेस विजयी भएको छ । अध्यक्षमा कुलबहादुर खत्री र उपाध्यक्षमा बमकुमारी खड्का निर्वाचित भएका हुन् । खत्री ६ हजार ६ सय १५ मतसहित विजयी हुँदा निकटतम् प्रतिस्पर्धी एमालेका एमालेका भुवनेश्वर पौडेलले ५ हजार ५ सय ३८ मत प्राप्त गरे ।उपाध्यक्षमा बमकुमारी ९ सय ८६ मतान्तरले विजयी भएकी हुन् । उनले ६ हजार ४ सय मत पाउँदा निकटतम प्रतिस्पर्धी एमालेकी सावित्री विश्वकर्माले ५ हजार ४ सय १४ मत प्राप्त गरेकी छिन् । ०७४ को निर्वाचनमा अध्यक्ष र उपाध्यक्ष दुबै एमालेले जितेको थियो ।

बाँकेको राप्तीसोनारी गाउँपालिकामा काँग्रेस विजयी

बाँकेको राप्तीसोनारी गाउँपालिकामा नेपाली काँग्रेस विजयी भएकाे छ । गाउँपालिका अध्यक्षमा कांग्रेसका तप्तबहादुर पौडेल १० हजार ११२ मतसहित विजयी भएका हुन् ।  उनका निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रका पट्टु थारुले ९ हजार २९२ मत मात्र पाए ।उपाध्यक्षमा पनि काँग्रेस नै विजयी भएकाे छ । मनिसासिंह थारु १० हजार १३४ मतसहित विजयी हुँदा निकटतम प्रतिस्पर्धी चमेलीकुमारी वाकबलले ९ हजार ३४१ मत मात्र पाइन् ।

सल्यानको कुमाख गाउँपालिकामा काँग्रेस र एमालेको गठबन्धन विजयी

सल्यानको कुमाख गाउँपालिकामा नेपाली काँग्रेस र नेकपा एमालेको गठबन्धन विजयी भएको छ । अध्यक्षमा काँग्रेसका मानबहादुर बुढाथोकी ४६ मतान्तरले विजयी भएका हुन् । बुढाथोकीले ४०५८ मत ल्याए भने उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका डिल्लीराज जैसीले ४०१२ मत ल्याएको निर्वाचन अधिकृत रामहरी रिजालले रातोपाटीलाई जानकारी दिए   ।उपाध्यक्षमा पनि गठबन्धनबाट एमालेका लालबहादुर रावत विजयी भएका छन् । रावतले ४१४३ मत ल्याए भने माओवादीका धनसरा मल्लले ३९४३ मत ल्याएको उनले बताए  ।

गुल्मी दरबार गाउँपालिकामा काँग्रेस विजयी

गुल्मीको गुल्मी दरबार गाउँपालिकामा नेपाली काँग्रेस विजयी भएको छ । गाउँपालिका अध्यक्षमा काँग्रेसका सरोज कुमार थापा ६ हजार १ सय ६६ मत पाएर विजयी भएका हुन् ।उनका निकटतम प्रतिस्पर्धी एमालेका कृष्ण बहादुर भुसालले ५ हजार ६ सय २ मत पाएका छन् । उपाध्यक्ष पदमा काँग्रेसकै तारा थापा ढेगा ६ हजार २ सय ७७ मत पाएर विजयी भएकी छन् । उनका निकटतम प्रतिस्पर्धी एमालेकी शुसिला पुनले ५ हजार ५ सय मत पाएकी छन् ।