देउवालाई प्रधानमन्त्री बनाउन माधव नेपाल समूहका ३० सांसदको हस्ताक्षर भएको दाबी

काठमाडौं। संविधानको धारा ७६(५) अनुसार कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दैै एमालेका माधव नेपाल समूहका ३० जना सांसदले हस्ताक्षर गरेका छन्। आज सिंहदरबारमा विपक्षी गठबन्धन सर्वोच्च अदालत जान कागजात तयार पार्दासम्म एमालेको माधव समूहका ३० जना सांसद पुग्ने एक सांसदले दाबी गरे। उनले भने,“सुरेन्द्र पाण्डे देखिनु भएको छैन,अरु सांसदहरु भने उपस्थित हुनुभएको छ,अरु पनि आउँदै हुनुहुन्छ।”

सम्बन्धित सामग्री

हस्ताक्षर फिर्ताको अल्टिमेटम घर्कियो, ओलीको अबको कदम के होला?

काठमाडौं। माधव नेपाल पक्षले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन समर्थन गर्दै गरेको हस्ताक्षर फिर्ता गरेन। नेकपा एमालेको केन्द्रीय समितिको बैठकले सोमबार साँझ ५ बजेसम्म समय हस्ताक्षर फिर्ता गर्ने समय तोकेको थियो। शुक्रबार बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले विपक्षी दलका नेतालाई प्रधानमन्त्री बनाउन गरेको हस्ताक्षर फिर्ता नलिनेहरु एमाले नहुने र उनीहरु एमाले पनि नरहने घोषणा गरेका थिए।

हस्ताक्षर फिर्ता लिन नेपाल पक्ष समूहलाई अल्टिमेटम

काठमाडौं। नेकपा एमालेले प्रधानमन्त्री केपी शर्मा ओलीको विपक्षलाई सर्मथनसहित हस्ताक्षर गर्ने माधव नेपाल समूहलाई सोमबारसम्मको समय दिएको छ। आज बालुवाटारमा बसेको बैठकले आगामी सोमबार ५ बजेसम्म उक्त हस्ताक्षर फिर्ता लिन समय दिएको हो। माधव नेपाल समूहले ओलीको विकल्पमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न समर्थन गर्दै हस्ताक्षर गरेका छन्।

माधव पक्षको हस्ताक्षर अवैध भएको जानकारी गराउने

काठमाडौं। नेकपा एमालेको स्थायी कमिटिको बैठकले माधव समूहले विपक्षी गठबन्धनलाई समर्थन गर्दै गरेको हस्ताक्षर अवैध रहेको जानकारी अदालतलाई गराउने निर्णय गरेको छ। माधव नेपाल खेमाका सांसदहरुले ओलीको विरुद्धमा हस्ताक्षर गर्दै विपक्षी गठबन्धनमा सामेल बनेका छन्। उनीहरुले शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गरियोस् भन्दै अदालतमा परेको उजुरीमा समेत हस्ताक्षर गरेका छन्।

देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेका माधव नेपाल पक्षका नेतामाथि कारवाही

नेकपा एमालेले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेर वरिष्ठ नेता माधव नेपाल पक्षका नेतालाई कारवाही गरेको छ ।   प्रधानमन्त्री निवास बालुवाटारमा सोमवार बसेको एमाले स्थायी कमिटी बैठकले देउवाको पक्षमा हस्ताक्षर गर्ने नेता र प्रतिनिधि सभाका निवर्तमान सांसदलाई कारवाही गर्ने निर्णय गरेको एक स्थायी कमिटी सदस्यले लोकान्तरलाई जानकारी दिए । नेता नेपालसहित झलनाथ खनाल, भीम रावल लगायतलाई कारवाही गरिएको छ ।  पार्टीको निर्देशनविपरीत कार्यकर्ता भेला गरेको भन्दै नेता नेपाल, रावल, ...

यी हुन् हस्ताक्षर नगर्ने एमालेका ३ सांसद

काठमाडौं, १० जेठ । बहुमतको सरकार गठनका लागि नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने प्रस्तावको पक्षमा हस्ताक्षर गरेका ३ एमाले सांसदले आज रिट दायर गर्ने बेलामा हस्ताक्षर गरेनन् । उनीहरुले विभिन्न बहानामा रिट दायर गर्न हस्ताक्षर गर्न नमानेका हुन् । यसअघि एमालेको माधव नेपाल समूहका २६ जनाले हस्ताक्षर गरेकामा ३ जना घटेका छन् । […]

माधव नेपाल समूहका २३ सांसदले गरे हस्ताक्षर

काठमाडाैं। शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै एमालेका २३ सांसदले रिटमा हस्ताक्षर गरेका छन्।गोकर्ण बिष्टलगायत माधव पक्षका ३ सांसदले भने अझै हस्ताक्षर गरिसकेका छैनन। अहिलेसम्म विरोध खतिवडा, जीवनराम श्रेष्ठ,घनश्याम भुसाल,साेमप्रसाद पाण्डे,कृष्णलाल महर्जन,झपट रावल, निरादेवी जैरू,सरलाकुमारी यादव,कल्याणी खड्का,लक्ष्मी चाैधरी,माधव नेपाल,भीम रावल,कलिला खातुन,रामकुमारी झाँक्री,झलनाथ खनाल,पुष्पा कर्ण कायस्थ,भवानीप्रसाद खापुङ,यज्ञ सुनुवार,सुरेन्द्र पाण्डे,मुकुन्द न्याैपाने,मेटमणि चौधरी,दीपकप्रकाश भट्ट,नारायण खतिवडा छन्।

देउवालाई प्रधानमन्त्री बनाउन माधव नेपाल समूहका ३० सांसदको हस्ताक्षर भएको दाबी

काठमाडौं। संविधानको धारा ७६(५) अनुसार कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दैै एमालेका माधव नेपाल समूहका ३० जना सांसदले हस्ताक्षर गरेका छन्। आज सिंहदरबारमा विपक्षी गठबन्धन सर्वोच्च अदालत जान कागजात तयार पार्दासम्म एमालेको माधव समूहका ३० जना सांसद पुग्ने एक सांसदले दाबी गरे। उनले भने,“सुरेन्द्र पाण्डे देखिनु भएको छैन,अरु सांसदहरु भने उपस्थित हुनुभएको छ,अरु पनि आउँदै हुनुहुन्छ।”