अस्पताल भरिभराउ, अक्सिजन लिइरहेका बिरामी पनि आँगनमै

२३, वैशाख, धनगढी । सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण नियन्त्रण बाहिर गएको छ । राजधानी धनगढीका साथै कञ्चनपुरको महेन्द्रनगरसहितका ठूला शहर र घना बस्तीहरुमा कोरोना संक्रमण तीव्र फैलिएको छ । धनगढीको सेती प्रादेशिक अस्पताल संक्रमितले भरिएका छन् । सेती अस्पतालमा गतवर्ष स्थापना गरिएको कोभिड अस्थायी अस्पताल भरिएपछि संक्रमितहरुलाई इमर्जेन्सी वार्डमै राखेर उपचार गर्न […]

सम्बन्धित सामग्री

अक्सिजन नआएपछि प्रदेश अस्पतालले उठायो हात : अब कोरोनाको बिरामी भर्ना लिन सकिन्नँ

सुर्खेत : कर्णालीका दश जिल्लाको केन्द्रबिन्दुका रुपमा रहेको प्रदेश अस्पताल सुर्खेतमा अक्सिजन अभाव भएको छ। कोरोना भाइरस संक्रमित बिरामीको संख्या बढ्दै गएपछि प्रदेश अस्पतालको आफ्नै अक्सिजन प्लान्टले थेग्न नसकेपछि अक्सिजन अभाव भएको हो। अक्सिजन अभाव भएपछि अस्पतालले कोरोना भाइरस संक्रमितका बिरामी भर्ना नलिने भएको छ। अस्पताललाई प्लान्टबाहेक दैनिक ३०० सिलिण्डर…

अस्पतालमा छैन अक्सिजन, शय्यामा छट्पटाउँदै बिरामी

भक्तपुर। भक्तपुरका अस्पतालहरुमा अक्सिजन सकिँदा भर्ना भएका बिरामीलाई बचाउन र नयाँ बिरामी भर्ना गर्न समस्या भएको छ। अक्सिजन अभावका कारण जिल्लाका अधिकांश अस्पतालले कोभिड–१९ का बिरामी भर्ना लिन छाडेका छन् भने भक्तपुर अस्पताल र नेपाल कोरियामैत्री नगरपालिका अस्पतालमा भर्ना भएका बिरामीलाई बचाउन कठिन भएको छ।भक्तपुर अस्पतालमा मंगलबारदेखि अक्सिजन सकिएको छ। अक्सिजन अभावले अस्पताल भर्ना भएका बिरामीको ज्यान जोखिममा परेको छ।

अक्सिजन अभाव भएकाले बिरामी डिस्चार्ज गर्नुपर्ने अवस्था आयो : केएमसी अस्पताल

काठमाडाैं : काठमाडाैं मेडिकल कलेज सिनामंगलले अक्सिजन अभाव भएकाले बिरामी डिस्चार्ज गर्नुपर्ने अवस्था आएको जनाएको छ। आज एक विज्ञप्तिमार्फत अस्पतालले नेपाल सरकारले दिने भनेको २ सय ५० थान अक्सिजन सिलिण्डर एउटा पनि नआएको भन्दै माैज्दात सिलिण्डर रित्तिएको जनाएको छ।अन्यत्रबाट पनि अक्सिजन नआएकाले आज (बुधबार) २९ गते साँझसम्मलाई मात्र अक्सिजन पुग्ने अस्पतालले जनाएको छ। साथै बिरामीको स्वास्थ्य अवस्था गम्भीर हुन नदिन डिस्चार्ज गर्नुपर्ने अवस्था आएको उल्लेख गरेको छ। सर

भक्तपुरका अस्पतालमा पनि सकियो अक्सिजन, शय्यामा छट्पटाउँदै बिरामी

अक्सिजन नभएकै कारण जिल्लाका अधिकांश अस्पतालले कोभिड–१९ का बिरामी भर्ना लिन छाडेका छन् भने भक्तपुर अस्पताल र नेपाल कोरियामैत्री नगरपालिका अस्पतालमा भर्ना भएका बिरामीलाई बचाउन पनि मुस्किल परेको छ।

अस्पतालमा छैन अक्सिजन, शय्यामा छट्पटाउँदै बिरामी

भक्तपुर। भक्तपुरका अस्पतालहरुमा अक्सिजन सकिँदा भर्ना भएका बिरामीलाई बचाउन र नयाँ बिरामी भर्ना गर्न समस्या भएको छ। अक्सिजन अभावका कारण जिल्लाका अधिकांश अस्पतालले कोभिड–१९ का बिरामी भर्ना लिन छाडेका छन् भने भक्तपुर अस्पताल र नेपाल कोरियामैत्री नगरपालिका अस्पतालमा भर्ना भएका बिरामीलाई बचाउन कठिन भएको छ।भक्तपुर अस्पतालमा मंगलबारदेखि अक्सिजन सकिएको छ। अक्सिजन अभावले अस्पताल भर्ना भएका बिरामीको ज्यान जोखिममा परेको छ।

अक्सिजन अभावका कारण थप कोभिड बिरामी भर्ना सक्दैनौँः ओम अस्पताल

अस्पतालले सूचना जारी गर्दै चिकित्सक, नर्स लगायतका मानव संशाधन पर्याप्त भएपनि  अक्सिजन अभावका कारण थप कोभिड बिरामी भर्ना गर्न नसक्ने जनाएको हो।

जिल्ला अस्पताल बैतडीमा अक्सिजन अभाव, जनशक्ति अभावमा भेन्टिलेटर प्रयोगविहीन

बैतडी : कोरोनाका बिरामी बढ्दै गएपछि जिल्ला अस्पताल बैतडीमा अक्सिजन अभाव भएको छ। अस्पतालका प्रमुख डा. वसन्तराज जोशीले कोरोनाका जटिल खालका बिरामी बढेकाले अस्पतालमा अक्सिजनको अभाव भएको बताए। अहिले अक्सिजन चाहिने बिरामीलाई भर्ना गर्न सकिने अवस्था नरहेको उनले बताए।अस्पतालमा उपचाररत १३ जना कोरोना संक्रमितमध्ये १० जनाको अक्सिजन सपोर्टमा उपचार भइरहेको छ। भर्ना भएका बिरामीका लागि मात्रै अक्सिजन रहेको डा. जोशीले बताए।‘जिल्ला अस्पतालमा अक्सिजनको अभाव भएसँगै कोरोनाका बिरामीहरुलाई बाहिर रेफर गर्नु परिर

शिक्षण अस्पताल नेपालगञ्जले काेराेनाका थप बिरामी भर्ना नलिने

नेपालगञ्ज – शिक्षण अस्पताल नेपालगञ्जले अस्पतालमा उपचार गराइरहेका बाहेक थप कोरोना सङ्क्रमित बिरामी भर्ना गर्न असमर्थ रहेको जनाएको छ । अस्पताल सञ्चालक संस्था लर्ड बुद्ध एजुकेशनल एकेडेमी लिमिटेडले बुधवार (आज) विज्ञप्ति निकालेर लिक्विड अक्सिजन ट्याङ्क सकिएको भन्दै थप बिरामी भर्ना लिन नसक्ने जानकारी गराएको हो । अस्पतालमा लिक्विड अक्सिजन ट्याङ्क, पीएसए अक्सिजन प्लान्ट र अक्सिजन सिलिन्डरबाट कोभिड बिरामीको उपचार भइरहेकोमा सबैभन्दा भरपर्दो लिक्विड अक्सिजन ट्याङ्क सकिएको र भारतबाट आउन नसकेकाले अहिले उपचार गराइरहेका बाहे...

बाँकेमा अक्सिजन अभाव, नयाँ बिरामी भर्ना लिन बन्द

बाँके : कोभिड महामारीसँग जुझिरहेको बाँकेमा अक्सिजन अभाव भएको छ। सघन रुपमा कोरोनाको उपचार सेवा दिइरहेका अस्पतालहरुमा अक्सिजन अभावमा बिरामीहरु अस्पताल परिसरमा मृत्युसँग लडिरहेका छन्।सरकारी भेरी अस्पताल र निजी नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा कोरोना बिरामीको उपचार हुँदै आएको छ। १४२ बेड क्षमता रहेको भेरी अस्पतालका कोभिड वार्डमा १९२ बिरामी पुगेपछि बेड अभावमा अस्पतालले कोरोना बिरामी भर्ना गर्न बन्द गरेको छ।अस्पतालले जेनतेन सिलिण्डरबाट बिरामीलाई अक्सिजन पुर्याइरहेको छ। तर, मेडिकल कलेजमा ब

अक्सिजन सकियो, बिरामी छटपटाउँदै

दाङ, बैशाख २० । कोरोना विशेष अस्पताल बेलझुन्डीमा उपचाररत बिरामी अक्सिजन अभावका कारण छटपटाउन थालेका छन्। यहाँ दुई दिनदेखि अक्सिजन अभाव थियो। आपूर्ति र व्यवस्थापनमा सरकारले ध्यान नदिएपछि आइतबार बिहानदेखि स्टक पनि सकिएको छ। बिरामी छटपटाउन थालेपछि अस्पताल प्रशासन र चिकित्सक चिन्तित देखिएका छन्। अस्पतालका व्यवस्थापक द्रोणबहादुर ओलीले आइतबार बिहानदेखि एक सिलिन्डर पनि अक्सिजन नरहेको […]