नेपाल बङ्गलादेश बैंकको ९९ औं शाखा भक्तपुर सिरुटारमा

काठमाडौं । नेपाल बङ्गलादेश बैंकले शाखा बिस्तारको क्रममा भक्तपुर जिल्लाको सूर्यविनायक नगरपालिका वडा नं १ सिरुटारमा आफ्नो ९९ औं शाखा संचालनमा ल्याएको छ । बैंकले माघ ७ गतेबाट भक्तपुर जिल्लाको सिरुटार शाखाबाट आफ्नो औपचारिक कारोबार शुभारम्भ गरेको हो । भक्तपुर जिल्लामा उक्त शाखा बैकको तेस्रो शाखा हो । शाखाको उद्घाटन पूर्वमन्त्री महेश बस्नेतले गरेका छन् । साथै शाखा परिसरमा बैंकले एटीएम पनि संचालनमा ल्याएको छ । 

सम्बन्धित सामग्री

४ दिन नबिल बैंक र नेपाल बंगलादेश बैंकको सेवा अवरुद्द हुने

चार दिन नबिल बैंक र नेपाल बंगलादेश बैंकको सेवा अवरुद्द हुने भएको छ। नबिल बैंक र नेपाल बंगलादेश बैंकले मर्जर तथा प्राप्तिपछि असार २७ गतेदेखि एकिकृत कारोबार गर्ने भएकोले सो को लागि डाटा माइग्रेसन गर्नु पर्ने भएकोले सेवा प्रभावित हुने बैंकले जनाएको छ ।जस अनुसार दुबै बैंकको सम्पूर्ण तथ्याङ्कलाई एकल बैकिङ्ग सफ्टवेयरमा समायोजन (Data migration) गर्ने प्रयोजनको लागि मिति २०७९/०३/२४ गते शुक्रबार कार्यालय समय पछि मिति २०७९/०३/२७ गते सोमबार विहान कार्यालय समय अगाडिसम्म नबिल बैंक लि. का सम्पूर्ण बैंकिङ्ग सेवा तथा कारोबार र मिति २०७९/०३/२५ गते शनिबार सार्वजनिक विदाको दिन सञ्चालन हुने सम्पूर्ण काउण्टर (365 days Banking) तथा अन्य बैंकिङ्ग सेवा बन्द रहने छ । उक्त समयमा नबिल बैकका क्रेडिट कार्ड र प्रिपेड कार्ड भने सञ्चालनमा रहने । त्यसै गरी नेपाल बङ्गलादेश बैंक लि. मा भने मिति २०७९/०३/२३ गते विहिबार कार्यालय समय पश्चात मिति २०७९/०३/२७ गते सोमबार बिहान कार्यालय समय अगाडि सम्म उक्त बैंकका सम्पूर्ण बैकिङ्ग सेवा तथा कारोबार बन्द रहने छ । उक्त समयमा नेपाल बङ्गलादेश बैंक लि. का क्रेडिट कार्ड भने सञ्चालनमा रहने छ। साविक नेपाल बङ्गलादेश बैंक लि. ले जारी गरेका डेबिट क्रेडिट प्रिपेड कार्डहरु मिति २०७९/०३/२७ गते सोमबार विहान कार्यालय समय पश्चात सुचारु हुने छ । त्यस्तै असार २७ देखि नेपाल बंगलादेश बैंकको केन्द्रिय कार्यालय तथा शाखा कार्यालयहरुले नबिल बैंक लिमिटेडेको प्रादेशिक/शाखा कार्यालयको रुपमा कारोबार सञ्चालन गर्नेछन् । साविक नेपाल बङ्गलादेश बैंक लि. बाट जारी भएको चेकलाई प्रतिस्थापन नगरेसम्म स्विकार गर्ने व्यवस्था मिलाइएको नबिल बैंकले जनाएको छ ।सविक नेपाल बङ्गलादेश बैक लि.ले जारी गरेका सबै प्रकारका कार्डहरु क्रमिक रुपमा प्रतिस्थापन गर्न ग्राहकहरुलाई सुचीत गरी नयाँ कार्डहरु उपलब्ध गराइने नबिल बैंकले जनाएको छ । दुवै बैंकको असार जेठ ७ गते सम्पन्न विशेष साधारणसभाले मर्जर तथा प्राप्ति समबन्धि प्रस्ताव पारित गरेको थियो। त्यस्तै नेपाल राष्ट्र बैंकले असार १५ गते मर्जरको लागि अन्तिम स्वीकृति प्रदान गरेको थियो । त्यस्तै कम्पनी रजिष्ट्रारको कार्यालयले असार १७ गते एकिकृत कारोबारको लागि स्वीकृति गरेको थियो । त्यस्तै दुवै बैंकको असार १९ गते बसेको संचालक समितिको बैठकले असार २७ गतेदेखि एकिकृत कारोबार गर्ने इर्ने गरेको थियो ।नबिल बैंकले नेपाल बङ्गलादेश बैंकलाई १००ः४३ को स्वापमा गाभ्न लागेको हो । जसअनुसार नेपाल बङ्गलादेश बैंकका शेयरधनीहरुले नेपाल बङ्गलादेश बैंकको १०० कित्ता बराबर नबिल बैंक लिमिटेडको ४३ कित्ता शेयर प्राप्त गर्नेछन् ।२०७८ चैत्र मसान्तको बित्तीय विवरण अनुसार नेपाल बङ्गलादेश बैंकलाई प्राप्ति गरे पश्चात नबिल बैंकको चुक्ता पूंजी २२ अर्व ८३ करोड २९ लाख ८ हजार पुग्नेछ भने कर्जा रकम ३०९ अर्ब र निक्षेप रकम ३२० अर्ब पुग्नेछ। त्यसैगरी बैंकको गैरकोषमा आधारित व्यवसायको आकार १४५ अर्ब पुग्नेछ। प्राप्ति पश्चात् नबिल बैंकको शाखा सञ्जाल बृद्धि भई २५४ पुग्नेछ । त्यसैगरी, ९ महिनाको संयुक्त खुद मुनाफा ४ अर्ब ४६ करोड हुनेछ ।

नेपाल बङ्गलादेश बैंकद्वारा ग्राहकलाई खाता अद्यावधिक गर्न आग्रह

काठमाडौँ । ग्राहकहरुलाई नेपाल बङ्गलादेश बैंक लिमिटेडले खाता अद्यावधिक गर्न आग्रह गरेको छ । बैंकले आज सुचना जारी गर्दै आफ्ना ग्राहकहरुलाई खाता अद्यावधिक गर्न आग्रह गरेको हो । बैंकको व्याजदर परिवर्तन लगायतका महत्वपूर्ण जानकारीहरू इमेल वा एसएमएस मार्फत प्रदान गर्ने भएकाले आफ्नो नजिकैको शाखा कार्यालयमा सम्पर्क गर्न र केवाईसी फारम भरी इमेल ठेगाना तथा मोबाइल […]

नेपाल बङ्गलादेश बैंकको शाखा बागलुङमा पनि - Naya Patrika

बागलुङमा नेपाल बङ्लादेश बैंकको ४७ औं शाखा खुलेको छ । रेमिट्यान्स जिल्ला भनेर चिनिने बाग्लुङमा आउने बैंकहरुको भीडमा नेपाल बङ्गलादेश बैंक पनि थपिएको हो । बैंकको शाखा उद्घाटन गर्दै नेपाल...पूरा पढ्नुहोस् »