संघले अधिकार खोस्दा सोचेअनुसार काम गर्न सकिएन : मुख्यमन्त्री गुरुङ

पर्वत : गण्डकी प्रदेश सरकार स्थापना भएको सोमबार तीन वर्ष पूरा भएको छ। प्रदेश सरकारले सोमबार तेस्रो वार्षिकोत्सव मनाएको छ। वार्षिकोत्सव कार्यक्रममा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेश र संघीय सरकारबीच तालमेल नमिल्दा सोचेअनुसार काम गर्न नसकिएको बताए। देश संघीय शासन प्रणालीमा चले पनि प्रदेश सरकारको स्वायत्ततालाई संघीय सरकारले बुझ्न नसकेका कारण बोलेका काम पूरा गर्न नसकिएको उनको भनाइ थियो। ‘हामीले पाँच वर्षमा गर्छौँ भनेर बोलेका केही काम अझैं सुरु नै गरेका छैनौं। हामीले नगरेक