स्पेनिस ला लिगाको मध्यम टोली एथलेटिक बिल्बाओलाई रेलिगेसन जोगाउन संघर्षरत मालोर्काको नमिठो झट्का लागेको छ । सोमबार राति भएको खेलमा बिल्बाओ मालोर्कासँग ३–२ गोलले पराजित भयो । घरेलु मैदानमा भएको प्रतिस्पर्धात्मक खेलमा मालोर्कालाई जिताउन साल्भा सेभिया र एन्जलले गोल गरे । मालोर्काले अर्को गोल बिल्बाओबाट आत्मघाती उपहार पाएको थियो । बिल्बाओका राउल गार्सिया र एलेक्स बेरेङगरले गोल गरेका थिए ।साल्भाले २२औं मिनेटमा पेनाल्टीमा गोल गर्दै मालोर्कालाई सुरुवाती अग्रता दिलाए । ३०औं मिनेटमा एन्जलले भेदात मु