ईयू टोलीलाई पर्यवेक्षणमा रोक लगाउन सिफारिस

महेन्द्रनगर । कञ्चनपुरका मुख्य निर्वाचन अधिकृत न्यायाधीश डा राजेन्द्रकुमार आचार्यले युरोपियन यूनियनका प्रतिनिधिलाई निर्वाचन पर्यवेक्षणमा रोक लगाउन माग गर्दै निर्वाचन आयोगमा पत्र पठाएका छन्...

सम्बन्धित सामग्री

सन् २०३५ देखि पेट्रोल र डिजेल कार प्रतिबन्धको प्रस्ताव ईयूबाट पारित

काठमाडौं । सन् २०३५ देखि डिजेल र पेट्रोलबाट चल्ने कार बिक्रीमा प्रतिबन्ध गर्ने प्रस्ताव यूरोपेली संघ (ईयू) बाट पारित भएको छ । जलवायु परिवर्तनको गतिलाई न्यूनीकरण गर्नका लागि यस्ता कारको उत्पादन र बिक्रीमाथि प्रतिबन्ध लगाउन र विद्युतीय सवारीलाई वृद्धि गर्दै लैजान ईयूका सदस्य राष्ट्र मुलुक एकमत भएका हुन् । यससम्बन्धी नयाँ कानुनको मस्यौदा तयार गर्ने […]

युरोपियन युनियनद्वारा रुसी नागरिकलाई भिसा दिन कडाइ

युरोपियन युनियन (ईयू) का विदेश मन्त्रीहरू रुससँगको भिसा सम्झौता निलम्बन गर्न सहमत भएका छन् । योसँगै रुसी नागरिकलाई युरोपेली मुलुकहरूमा प्रवेश पाउन असहज हुने भएको छ । युक्रेनलगायत केही राष्ट्रहरूले रुसमाथि पूर्ण प्रतिबन्ध लगाउन माग गरे पनि फ्रान्स र जर्मनी त्यसको विपक्षमा उभिएका थिए । गत फेब्रुअरीमा रुसले युक्रेनमाथि सैन्य कारबाही सुरु गरेयता लाखौँ रुसी नागरिकहरूले युरोपको यात्रा गरेका छन् ।रुससँग सीमा जोडिएका अन्य युरोपेली मुलुकहरूले थप प्रतिबन्ध लगाउन सक्ने अपेक्षा गरिएको छ । रुसका उप विदेशमन्त

ईयू नेताहरूबिच रुसी तेल आयात रोक्ने सहमति

काठमाडाैँ । युरोपेली सङ्घ (ईयू)का नेताहरुले मस्कोले युक्रेनमा आक्रमण गरेवापत सजाय दिन सन् २०२२ को उत्तरार्धदेखि आफूहरूबिच रुसी तेल आयात रोक्ने सहमति भएको जनाएका छन् । ईयूले रुसबाट समुद्र मार्ग हुँदै आउने तेलमाथि मात्रै प्रतिबन्ध लगाउन लागेको हो । हंगेरीको विरोध पश्चात् पाइपलाइनबाट आउने तेल भने यथावत चल्ने बताइएको छ । तर, पोल्यान्ड र जर्मनीले […]

ईयू नेताहरुबीच रुसी तेल आयात रोक्ने सहमति

ब्रसेल्स । युरोपेली संघ (ईयू)का नेताहरुले मस्कोले युक्रेनमा आक्रमण गरेवापत सजाय दिन सन् २०२२ को उत्तरार्धदेखि आफूहरुबीच रुसी तेल आयात रोक्ने सहमति भएको जनाएका छन् । ईयूले रुसबाट समुद्र मार्ग हुँदै आउने तेलमाथि मात्रै प्रतिवन्ध लगाउन लागेको हो । हंगेरीको विरोध पश्चात पाइपलाइनबाट आउने तेल भने यथावत चल्ने बताइएको छ ।...

ईयूले रुसी तेल आयात बन्द गरेपछि बढ्यो कच्चा तेलको भाउ

जेठ १७, लन्डन (बेलायत) । अन्तरराष्ट्रिय बजारमा कच्चा तेलको भाउ बढेर १२४ डलरमाथि उक्लिएको छ । यूरोपेली संघ (ईयू) ले रुसबाट आयात हुने तेलमाथि आंशिक रुपमा प्रतिबन्ध लगाउन सहमति गरेपछि तेलको भाउ बढेको हो । अमेरिका र यूरोपमा गर्मीयाममा सवारी साधनमा इन्धनको रुपमा तेलको माग बढिरहेकै समयमा चीनले कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्न लगाइएको केही प्रतिबन्ध फुकाउँदा पनि भाउले टेवा पाएको हो ।  लन्डनस्थित आईसीई एक्सचेक्सको मंगलवार म्याद सकिने जुलाई डेलिभरीको ब्रेन्ट क्रुडको भाउ प्रतिब्यारेल १ दशमलव ९ प्रतिशतले बढेर प्रतिब्यारेल १२३ डलर ९८ सेन्टसम्म पुगेको थियो । यो अघिल्लो दिन बजार बन्द हुँदाखेरिको भन्दा २ डलर ३२ सेन्ट धेरै हो । बिहानी कारोबारमा ब्रेन्टको भाउ १२४ डलर १० सेन्टसम्म पुगेको थियो ।   यो मार्च ९ यताकै उच्च हो । अगष्ट डेलिभरीको ब्रेन्टको भाउ भने २ डलर ४४ सेन्टले बढेर १२० डलर शून्य ४ सेन्ट कायम भएको थियो ।  सोही दिन अमेरिकी बेञ्चमार्क वेष्ट टेक्सास इन्टरमिडियट (डब्ल्यूटीआई) को शुक्रवार बजार बन्द हुँदा खेरिको बेलाभन्दा ४ डलर २७ सेन्ट अर्थात् ३ दशमलव ७ प्रतिशतले बढेर ११९ दशमलव ३४ सेन्टमा पुगेको थियो । यो पनि मार्च ९ यताकै उच्च हो । अमेरिकामा सार्वजनिक बिदाका कारण सोमवार कारोबार ठप्प थियो । जुलाई डेलिभरीको दुबै बेञ्चमार्क मेमा लगातार छैठौं महिना पनि बढ्ने क्रममा छ ।  ईयूका नेताहरुले रुसबाट आयात हुने तेल  सिद्धान्ततः यो वर्षको अन्त्यसम्ममा ९० प्रतिशत कटौती गर्नेबारे सहमति जुटाएका छन् । यो तीन महीना अघि रुसले युक्रेनमाथि  अतिक्रमण गरेयता ईयूले चालेको अहिलेसम्मकै कठोर प्रतिबन्ध हो । हङ्गेरीलाई भने रुसबाट पाइपलाइनमार्फत आउने तेलमा छूट दिने सहमति भएको छ । चीनले कोभिडका कारण दुई महीनादेखि लगाएको कठोर लकडाउन अन्त्य गर्ने घोषणा गर्नुले पनि तेलको भाउले थप टेवा पाएको हो । एजेन्सी

रुसी तेलमा प्रतिबन्ध लगाउन ईयूको प्रस्ताव

यूरोपियन यूनियन (ईयू)ले रुसको पेट्रोलियम पदार्थमाथि प्रतिबन्ध लगाउन प्रस्ताव गरेको छ । ईयूले रुसबाट आयात हुने सबै प्रकारका तेलमाथि प्रतिबन्ध लगाउने प्रस्ताव गरेको हो ।यस्तै, यही वर्षको अन्त्यदेखि रुसको सबैभन्दा ठूलो बैंक सबरलाई स्वीफ्ट प्रणालीबाट हटाउने प्रस्ताव समेत गरेको छ । स्वीफ्ट प्रणालीबाट हटेपछि रुसको बैंकले अन्तर्राष्ट्रिरूपमा कारोबार गर्न पाउँदैन । युरोपियन कमिशनका अध्यक्ष उरसुला वोन डेर लेयेनले बुधबार रुसमाथि छैटौं चरणको प्रतिबन्धको प्रस्ताव गरेका हुन् । यससँगै उनले भनिन्, ‘रुसमा

ईयूले कोरोनाभाइरस विरुद्धको खोप आपूर्ति नियन्त्रण गर्ने - BBC News नेपाली

ईयू राष्ट्रहरूसँग गरेको सम्झौता अनुरूप काम नभएमा अन्य मुलुकमा निर्यात गर्न प्रतिबन्ध लगाउन सक्ने अधिकार युरोपेली सङ्घसँग रहेको छ।

स्टिल र आल्मुनियममाथिको भन्सार पर सर्यो

केही समय अगाडि व्यापार युद्धको संत्रास फैलाउने गरी आएको स्टिल र आल्मुनियममा भन्सार लगाउन भनि अमेरिकाले गरेको निर्णय ३० दिनका लागि पर सरेको छ । यो ढिलाई क्यानडा, ईयू र मेक्सिकोका लागि हो ।