पत्नीको हत्या गरेर भागेका आरोपी इन्टरपोलको सहयोगमा युएईबाट पक्राउ

काठमाडौं । इन्टरपोलको सहयोगमा नेपाल प्रहरीले ज्यान मुद्दाका फरार प्रतिवादीलाई युएईबाट पक्राउ गरेको छ ।  इन्टरपोलबाट रेड नोटिस जारी भएका तेह्रथुम आठराई गाउँपालिका–४ तीन सल्ले घर भएका काजीमान पुरीलाई युएईबाट नेपाल ल्याएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । काजिमानमाथि २८ वर्षीया पत्नी बिन्दा पुरीको हत्या गरेको अरोप छ । काजिमानलाई लिन प्रहरी प्रधान कार्यालयको इन्टरपोल शाखाको टोली युएई गएको थियो । पत्नी हत्या गरेर विदेश भागेपछि नेपाल प्रहरीको आग्रहमा  गत असोजमा इन्टरपोल सच