काठमाडौ उपत्यकामा ब्रोइलर कुखुराको मासु किलोको चार सय रुपैयाँ !

काठमाण्डाै – काठमाडौ उपत्यकामा ब्रोइलर कुखुराको मासु किलोको चार सय रुपैयाँ पुगेको छ । शनिबारदेखि लागू हुने गरी जिउँदो ब्रोइलरको मूल्य किलोको दुई सय ७० रुपैयाँ तोकिएपछि आइतबारदेखि तयारी मासु किलोको चार सय रुपैयाँ पुगेको व्यापारीले बताएका छन् । यो अहिलेसम्मकै धेरै मूल्य हो । गएको मङ्सिरको अन्तिम हप्ता त...

सम्बन्धित सामग्री

कुखुरा मासुको मूल्य घट्यो

काठमाडौं । ब्रोइलर कुखुरा मासुको मूल्य घटेको छ । भारतबाट अवैध रूपमा तयारी मासु र जिउँदो ब्रोइलर कुखुरा भित्रिन थालेपछि नेपालमा मासुको मूल्य घटेको पोल्ट्री व्यवसायीले बताएका छन् । मासु व्यवसायी संघले दिएको जानकारीअनुसार गत माघ दोस्रो सातातिर प्रतिकिलो ३ सय ३० रुपैयाँ रहेको कुखुरा मासुको मूल्य त्यसपछि बढेर ४ सय रुपैयाँसम्म पुगेको थियो । मंगलवारदेखि लागू हुने गरी मासुको मूल्य प्रतिकिलो १० रुपैयाँ घटाएर ३ सय ९० कायम गरिएको छ । भारतीय सीमा नाकाबाट अवैध रूपमा जिउँदो ब्रोइलर कुखुरा र तयारी मासु भित्रिन थालेपछि बाध्य भएर मूल्य घटाउनुपरेको पोल्ट्री व्यवसायी महासंघका महासचिव दिनेशराज मिश्रले जानकारी दिए । उनका अनुसार नाकामा कडाइ नगर्दा अवैध रूपमा ठूलो मात्रामा नेपालमा जिउँदो कुखुरा र तयारी मासु भित्रिने क्रम बढेको छ । ‘हाम्रोमा भन्दा भारतमा कुखुराको उत्पादन लागत कम छ । त्यसैले उताबाट सस्तोमा ल्याएर यता बेच्ने काम भएकाले नेपाली उत्पादनले प्रतिस्पर्धा गर्न नसक्दा बाध्य भएर मूल्य घटाउनुपरेको हो,’ उनले भने । मूल्य घट्दा उपभोक्ताले भने सस्तोमा मासु खान पाएका छन् । तर, अवैध रूपमा कुखुरा र मासु भित्रिँदा स्वदेशी उद्योग संकटमा पर्नसक्ने खतरा बढेको मिश्र बताउँछन् । नेपालको एकमात्र आत्मनिर्भर उद्योगका रूपमा रहेको पोल्ट्रीले कोरोना महामारीपछि विभिन्न उतारचढाव झेल्दै आएको छ । १ सय ६० अर्ब लगानी रहेको उद्योग धराशयी हुने खतरा बढ्दै गएको सरोकारवाला बताउँछन् । मासु व्यवसायी संघका अध्यक्ष जंगबहादुर बिसीले पनि सीमापारिबाट सस्तोमा कुखुरा भित्रिँदा र आन्तरिक बजारमा कुखुरा मासुको खपत घट्दा बाध्य भएर मूल्य घटाउनुपरेको बताए । उनका अनुसार बजारमा देखिएको आर्थिक संकटका कारण मासु खपत केही मात्रामा घटेको हो । मूल्य घट्नुको अर्को कारणका रूपमा अहिलेको आर्थिक संकटलाई पनि लिन सकिने उनले बताए । सामान्य अवस्थामा देशभर हरेक दिन ८ लाख किलो कुखुराको मासु खपत हुने गर्छ । यसमध्ये काठमाडौं उपत्यकामा मात्रै दैनिक ५ लाख किलो मासु खपत हुन्छ । अहिले समग्र खपत ३० प्रतिशतसम्मले घटेको बिसीको दाबी छ ।

सस्तियो ब्रोइलर कुखुराको मासु

बजारमा अन्य खाद्यवस्तुको भाउ बढिरहँदा ब्रोइलर कुखुरा मासुको भाउ भने केही सातादेखि निरन्तर घटेको छ । भारतबाट सस्तोमा कुखुरा भित्रिन थालेपछि यहाँ मूल्य घट्न थालेको व्यवसायी बताँछन् । राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघका अनुसार करिब दुई महिनाको अवधिमा ब्रोइलर कुखुरा मासुको होलसेल मूल्य प्रतिकिलो ५० रुपैयाँ सस्तो भएको छ ।

सय रुपैयाँले बढ्यो कुखुराको मासु

व्यवसायी नेत्र न्यौपानेले जिल्लामा ब्रोइलर कुखुरा नपाएपछि मासु बिक्री गर्न छाडेको र अहिले स्थानीय जातका कुखुराको मासु मात्र बिक्री गर्दै आएको उनले बताए । लोकल कुखुराको मासु प्रतिकिलोग्राम रु ७०० ले बिक्री गर्ने गरिएको छ ।

खोटाङमा ब्रोइलर कुखुराको मासु अभाव

खोटाङ । चिसो मौसमका कारण ब्रोइलर कुखुरा उत्पादन गर्न नसक्दा खोटाङमा मासु अभाव भएको छ । गत मङ्सिर र पुषको हिमपातका साथै लामो समयसम्म वर्षा भएपछि बढेको चिसोका कारण ब्रोईलर उत्पादन गर्न नसक्दा पछिल्लो समय मासु अभाव भएको हो । ब्यवसायीका कुखुरा फार्महरूमा ब्रोइलर कुखुरा पाउन छाडेपछि जिल्लामा सञ्चालित सबै मासु बिक्री केन्द्रहरू अहिले बन्द […]

खोटाङमा ब्रोइलर कुखुराको मासु अभाव

खोटाङ । चिसो मौसमका कारण ब्रोइलर कुखुरा उत्पादन गर्न नसक्दा खोटाङमा मासु अभाव भएको छ । गत मङ्सिर र पुषको हिमपातका साथै लामो समयसम्म वर्षा भएपछि बढेको चिसोका कारण ब्रोईलर उत्पादन गर्न नसक्दा पछिल्लो समय मासु अभाव भएको हो । ब्यवसायीका कुखुरा फार्महरुमा ब्रोइलर कुखुरा पाउन छाडेपछि जिल्लामा सञ्चालित सबै मासु पसलहरू प्रायः बन्द भएका […]

चिसो र ओमिक्रोनले कुखुरा उत्पादनमा कमी

टाङ । दश स्थानीय तह रहेको जिल्लामा पछिल्लो समय ब्रोइलर कुखुराको मासु अभाव भएको छ ,फार्महरूमा ब्रोइलर कुखुरा पाउन छाडेपछि जिल्लामा सञ्चालित सबै मासु बिक्री केन्द्र ९ फ्रेस हाउसहरू अहिले बन्द छन्

खोटाङमा ब्रोइलर कुखुराको मासु अभाव

रामधन राई, खोटाङ ।   चिसो मौसमका कारण ब्रोइलर कुखुरा उत्पादन गर्न नसक्दा खोटाङमा मासु अभाव भएको छ । गत मङ्सिर र पुसको हिमपातका साथै लामो समयसम्म वर्षा भएपछि बढेको चिसोका कारण ब्रोइलर उत्पादन गर्न नसक्दा पछिल्लो समय मासु अभाव भएको हो । व्यवसायीका कुखुरा फार्महरूमा ब्रोइलर कुखुरा पाउन छाडेपछि जिल्लामा सञ्चालित सबै मासु बिक्री केन्द्रहरू […]

कुखुराको मासु किलोको ४१५ रूपैयाँ

काठमाडौं, साउन ३ । कोभिड–१९ को असरले उत्पादन घटेपछि ब्रोइलर कुखुरा मासुको मूल्य बढेर किलोको चार सय १५ रूपैयाँ पुगेको छ। एक महिनाकै अवधिमा कुखुरा मासुको मूल्य किलोमा एक सय रूपैयाँ बढेको हो। चल्ला, दानाको भाउ वृद्धि र कोभिडले जोखिम बढाउँदा ब्रोइलर कुखुरा थोरै उत्पादन भएकाले भाउ बढेको राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघका अध्यक्ष जंगबहादुर […]

ब्रोइलर कुखुराको मासुको मूल्य वृद्धि

टीकापुर ।  वैशाख कैलालीमा ब्रोइलर कुखुराको मासुको मूल्य बढेको छ । कैलालीमा एक सातामा ब्रोइलर कुखुराको मासुको मूल्य प्रतिकिलो रु १०० बढेको छ । कैलालीका बजारमा सहजरूपमा ब्रोइलर कुखुराको मासु नपाइने र पाइए पनि महँगो हुँदै गएको व्यवसायी बताउँछन् । ब्रोइलर कुखुरा एक साता पहिला जिउँदो प्रतिकिलो रु १९० र काटेर रु ३२० मा बिक्री […]

लकडाउनले पोल्ट्री व्यवसाय मारमा

कोरोना भाइरसको सम्भावित जोखिम हुन नदिन ‘लकडाउन’ भएपछि पोल्ट्री व्यवसाय समस्यामा परेको छ । अण्डा तथा ब्रोइलर कुखुराको मासु बिक्री हुन छाडेपछि ती क्षेत्रका व्यवसायी मारमा परेका हुन् । ‘लकडाउन’का कारण हाल जिल्लाका ९-१० जना अण्डा उत्पादक व्यवसायी र ४० भन्दा बढी ब्रोइलर कुखुरा व्यवसायीले उत्पादन गरेको मासु तथा अण्डाको किनमेल ठप्प भएको पोल्ट्री व्यवसायी सङ्घका अध्यक्ष सुवास जोशीले जानकारी दिए । “दैनिक २० क्यारेट अण्डा र ३०० केजी मासु बिक्री हुने गथ्र्यो”, उनले भने, “दिक्तेल बजारमा हाल अण्डा तथा मासु बिक्री वितरण ठप्प भएको छ ।”