रौतहट : ईलाका प्रशासन कार्यालय चन्द्रनिगाहपुरले चाडपर्वलाई लक्षित गरी आइतबारबाट संयुक्तरूपमा बजार अनुगमन गर्न शुरू गरेको छ। ईलाका प्रशासन कार्यालय चन्द्रनिगाहपुर, इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुर, चन्द्रपुर नगर उद्योग वाणिज्य संघ र उपभोक्ता हित संरक्षण मञ्च रौतहटले संयुक्त रुपमा बजार अनुगमन थालेको हो।चाडपर्वको समयमा अत्यधिक व्यापारसँगै अखाद्य वस्तु बिक्री गर्ने, मूल्य बढाउने प्रवृत्ति भएकाले विशेष अनुगमन गर्ने प्रचलन रही आएको छ। सोही अनुसार यो वर्ष पनि विशेष अनुगमन सुरू गरेको ईलाका प्रशासन क