‘एएनटिएफ र्याप ब्याटल’ बाट चर्चित भएका जी बब नामले परिचित र्यापर सुदीप भण्डारीले धरानका दर्शक नचाएका छन् । धरानमा आयोजित ‘टुबोर्ग फुल भोल्युम कन्सर्ट’ मा जी बबले आफ्नो र्याप गीत संगीतबाट दर्शक नचाएका हुन् । कार्यक्रममा जी बबले ‘मिलेन लेभल तेरो बाउ बोला ए’ , ‘फाइनली भेटियो’, ‘कलाको म धनी’, ‘भाग न भाग, ‘कलाकार’, ‘सिधा कुरा मेरो’ र ‘सरी मम’ लगायत युवा पुस्तामाझ लोकप्रिय गीत प्रस्तुत गरेका थिए