कैलालीको लम्कीमा युवकको हत्या भएको विरोधमा दिनभर प्रदर्शनमा उत्रिएका प्रदर्शनकारीले नेपाली सेनाको गाडी तोडफोड गरेको छन् ।
तालिमका लागि जुम्लाबाट महेन्द्रनगर जाँदै गरेको सेनाको गाडीमाथि प्रदर्शनकारीले कैलालीको लम्कीमा ढुंगा प्रहार गरी तोडफोड गरेका छन् ।
प्रत्यक्षदर्शी तथा स्थानीय पत्रकार नवराज खनालले प्रदर्शनकारीले सेनाको गाडीमा ढुंगा प्रहार गरी अगाडिको सिसा फुटाएको जानकारी दिए । सेनाले गोली चलाउने आदेश समेत पाइसकेको भएपछि संयमता अपनाएको उनको भनाइ छ ।
यसैबीच प्रहरीले ४ राउन्ड अश्रुग्यास प्रहार गरेको थियो भने ३ जना...