ख्वप इन्जिनियरिङ कलेजमा वैज्ञानिक खोज अनुसन्धानसम्बन्धी ११ दिने अन्तर्राष्ट्रिय पाठशाला सञ्चालन

भादगाउँ, ८ पुस: भक्तपुरमा वैज्ञानिक खोज अनुसन्धानसम्बन्धी ११ दिने अन्तर्राष्ट्रिय पाठशाला (कार्यशाला) सञ्चालन भइरहेको छ । भक्तपुरको लिवालीस्थित ख्वप इन्जिनियरिङ कलेजमा तेस्रो नेपाल हिउँदे पाठशाला सञ्चालन भइरहेको हो । ख्वप इन्जिनियरिङ कलेजको व्यवस्थापन र नामी नामक वैज्ञानिक खोज अनुसन्धान गर्ने संस्थाको आयोजनामा पाठशाला सञ्चालन भइरहेको हो । पाठशालामा देशी विदेशी १२० प्रशिक्षार्थी सहभागी छन् । […]