सर्वेसर्वाका अविवेकी गतिविधि

परिस्थितिजन्य अनिवार्यता जनाउन हिन्दी भाषामा एउटा चल्तीको उक्ति छ— ‘वृन्दावन में रहना है तो राधे–राधे कहना है ।’ त्यस कथनलाई अलिकति संशोधन गर्ने हो भने नेकपा एमालेका निराश पदाकांक्षीहरूको विवशतालाई सहजै दर्साउन सकिन्छ— ‘एमाले में रहना है तो ओली–ओली जपना है ।’ वामदेव गौतमले आफ्नो लाचारी सोझै स्वीकार गरे, ‘पार्टी खोल्न सक्छु, ओली रहुन्जेल एमालेमा जान्नँ ।’