निजीक्षेत्रमाथि निरन्तर प्रहार

विश्वका जुनसुकै राजनीतिक प्रणाली भएका मुलुकले पनि अर्थतन्त्रको विस्तारमा निजीक्षेत्रलाई उच्च प्राथमिकता दिइरहेका हुन्छन् । संसारमा शायदै त्यस्ता मुलुक होलान्, जुन निजीक्षेत्रको सहकार्यविना बनेका छन् । तर, नेपालमा भने सरकारले सिद्धान्तमा निजीक्षेत्रलाई उच्च प्राथमिकता दिने गरेको बताए पनि व्यवहारमा भने अनेक बखाडा झिक्दै निराश बनाउने गरेको छ । सरकारी नीतिहरू निजीक्षेत्रलाई सहजीकरण वा नियमन गर्नेभन्दा पनि नियन्त्रण गर्ने खालका छन् । सरकारी कर्मचारीमा निजीक्षेत्र भनेको मुनाफाका लागि मात्रै काम गर्ने वर्ग हो भन्ने मानसिकता पाइन्छ । यसले गर्दा नेपालको अर्थतन्त्रले अपेक्षित प्रगति गर्न नसकेको भन्नेहरू पनि छन् । यस्तो तर्कलाई केही हदसम्म सही मान्न सकिन्छ, किनकि खुला बजार अर्थतन्त्रमा सरकारको भूमिका नियन्त्रणकारी हुँदैन । सरकार र निजी क्षेत्रले सँगसँगै काम गरेका हुन्छन् । नेपालमा भने सरकारले ल्याएका नीति र निर्देशनले उद्योग/व्यापार गर्नै नसक्ने अवस्था आएको भन्दै निजीक्षेत्रले पटकपटक गुनासो गर्ने गरेको हुन्छ जुन पुन: उठेको छ । वीरगञ्ज, मोरङ, सिद्धार्थ र नेपालगञ्ज उद्योग वाणिज्य संघले नीतिगत हस्तक्षेपलाई लिएर गुनासो गरेका छन् ।  सरकारले भन्सारमा भन्सार शुल्क निर्धारण गर्दा होस् वा भन्सार चेकजाँच गरिसकेका सामान बीच बाटोमा रोकी खानतलासी गर्दा होस् निजीक्षेत्रलाई मर्कामा पार्ने गरेको छ । सरकारले खानतलासी गर्न नपाउने होइन तर त्यसको नाममा व्यवसायीलाई झन्झट र दु:ख दिन भएन । अझ यस्तो झन्झट दिने बहानामा अवैध रूपमा पैसा असुल्ने काम त झनै गर्नु हुँदैन । कतिपय अवस्थामा यस्तो भइरहेकाले निजीक्षेत्रले बेलाबेलामा गुनासो गरिरहेको छ । सरकार भने समस्याको दिगो समाधान खोज्नभन्दा पनि वक्तव्यबाजीमै रमाउने गरेको छ ।  सरकारले भन्दा निजीक्षेत्रले बढी रोजगारी सृजना गर्छ । प्रतिस्पर्धी लागतमा वस्तु वा सेवा उपलब्ध गराउँछ । त्यसैले निजीक्षेत्रलाई हतोत्साही गर्ने काम सरकारले तत्कालै रोक्नुपर्छ । निजीक्षेत्रलाई अर्थतन्त्रको चालक भनिन्छ । वस्तु तथा सेवाको उत्पादनदेखि बजारमा विक्रीवितरणसम्म निजीक्षेत्रकै सक्रियता बढी देखिन्छ । मुलुकको अर्थतन्त्र विस्तारमा झन्डै ७० प्रतिशत योगदान निजीक्षेत्रको छ भनिन्छ । यति ठूलो योगदान दिने निजीक्षेत्रले बारम्बार सरकारको नीतिको आलोचना गर्नुपर्ने अवस्था आउनु पक्कै पनि राम्रो होइन । पछिल्लोपटक भन्सार विभागले गरेको सामान आयातकर्ता र वितरकको लेबलको व्यवस्थामा निजीक्षेत्र असन्तुष्ट बनेको देखिन्छ । लेबलिङका व्यवस्था अन्योलपूर्ण रहेको निजीक्षेत्रको गुनासो छ । त्यो कस्तो समस्या हो र त्यसले के असर पारेको छ भनी सरकारले सरोकारवालासँग छलफल गर्नु आवश्यक थियो । वास्तवमा सरोकारवाला र सरकारबीच जति अन्तरक्रिया हुन्छ त्यति नै आपसी समझदारी बन्छ र काम पनि सहज हुन्छ । तर, भन्सार कम उठेको भन्दै अनावश्यक नीति ल्याउने र व्यापारीलाई अप्ठ्यारामा पार्ने हो भने निजीक्षेत्र हतोत्साही हुन्छ ।  भन्सार कार्यालयले बिलबीजक मूल्यको आधारमा भन्सार जाँचपास नगर्ने, वर्षौंदेखिको पुरानो सन्दर्भ पुस्तिकालाई आधार मानेर मालवस्तु मूल्यांकन गरी भन्सारजाँचपास गर्ने गरेको पाइन्छ । त्यस्तै वास्तविक मूल्यमा जाँचपास गराउन खोज्नेलाई ५० प्रतिशतसम्म जरीवाना तिराउने गरिएको छ । त्यसमा पनि कर्मचारीलाई तजबिजी अधिकार भएकाले दोषीलाई उम्कन दिने र वैधानिक काम गर्नेलाई अनेक झन्झट दिने गरेको पाइन्छ । त्यसैले भन्सार कार्यालयका कर्मचारीलाई वैधानिक काम गर्न बाध्य बनाइनुपर्छ भने अवैधानिक काम गर्नेलाई दण्डको भागीदार बनाइनुपर्छ । भन्सारबाट जाँचपास भई निस्केका वस्तुलाई बीच बाटोमा रोकी जाँच गर्ने परिपाटी बन्द हुनुपर्छ । कर्मचारीको मिलोमतोमा भन्सार छली हुने गरेको धेरै प्रमाण बाहिरिँदा पनि त्यसलाई सुधार गर्न नखोज्नु वा नसक्नु सरकारको बदमासी नै हो भन्न सकिन्छ । प्रविधिको प्रयोगले कर्मचारीतन्त्रलाई केही हदसम्म स्वेच्छाचारी बन्न रोकेकाले यसको व्यापक उपयोग गरिनुपर्छ । त्यसो हुँदा निजीक्षेत्रले सरकारप्रति गर्ने गुनासो कम हुँदै जान सक्छ । सरकारले भन्दा निजीक्षेत्रले बढी रोजगारी सृजना गर्छ । प्रतिस्पर्धी लागतमा वस्तु वा सेवा उपलब्ध गराउँछ । त्यसैले निजीक्षेत्रलाई हतोत्साही गर्ने काम सरकारले तत्कालै रोक्नुपर्छ । 

सम्बन्धित सामग्री

सेयरबजार निरन्तर ओरालोतर्फ

यो साताको आइतबारदेखि आरोलो लाग्न थालेको सेयरबजार तीन दिन निरन्तर उच्च अंकले गिरावट हुँदै आइरहेको छ।...

रुपन्देही–३ मा गृहमन्त्री खाँण निरन्तर पछाडि

रुपन्देही–३ मा कांग्रेस उम्मेदवार तथा गृहमन्त्री बालकृष्ण खाँण निरन्तर पछि परेका छन् ।

भक्तपुर क्षेत्र नं २: काग्रेसका थापा निरन्तर अगाडि

भक्तपुर निर्वाचन क्षेत्र नं २ मा नेपाली कांग्रेसका उम्मेदबार दुलर्भ थापा निरन्तर अगाडि छन्। एमालेका महेश बस्नेतलाई पछाडि पार्दै थापा निरन्तर अगाडि वढेका हुन्।...

टुकुचामाथि महानगरको डोजर निरन्तर

काठमाडौं महानगरपालिकाले टुकुचामाथि बनेका अनधिकृत संरचना निरन्तर हटाउने जनाएको छ । गत बिहीबारदेखि टुकुचा उत्खनन सुरु गरेको महानगरले सोमबार कमलादीस्थित लक्ष्मी बैंकको दक्षिण र उत्तरपट्टि अनधिकृत रूपमा बनेका पाँचवटा टहरा भत्काएको...

निरन्तर बढ्दो महंगीविरुद्ध विराटनगरमा प्रर्दशन

निरन्तर बढ्दो महंगी विरुद्ध विराटनगरमा प्रदर्शन भएको छ । विराटनगरवासीहरुले प्रदेश १ को म्ुख्यमन्त्री कार्यालय अगाडी मंगलबार प्रदर्शन गरेका हुन् । श्रृङ्खलावद्ध रुपमा मूल्यबृद्धि भैरहेपनि सरकार कतै नदेखिएको भन्दै विराटनगरको...

देउमाईमा अवरुद्ध मतगणना गएरातिदेखि निरन्तर

इलामको देउमाई नगरपालिकामा दलहरूबीच सहमति भएपछि गएरातिदेखि मतगणना निरन्तर भइरहेको छ।

तेलको मूल्य निरन्तर आकाशियो

काठमाडौं, १९ फागुन । विश्व बजारमा पेट्रोलियम पद्धार्थको मूल्य निरन्तर उकालो चढिरहेको छ । रुसले युक्रेनमाथि आक्रमण गरेपछि किर्तमान तोड्दै प्रति ब्यारल एक सय डलर कटेकोमा निरन्तर उकालो लागेको हो । आज सबैभन्दा बढी ब्रेन्ड क्रुडको ११७ डलर पुगेको छ । बोली लाइटको १११, ओपेक बास्केटको १०४, डब्लुटिआइ क्रुडको ११४ डलर पुगेको छ । विश्व […]

कांग्रेस कार्यसम्पादन समिति बैठक आज पनि निरन्तर

नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज मंगलबार पनि निरन्तर हुने भएको छ। माघ २७ बाट सुरु भएको कार्यसम्पादन समितिको पहिलो बैठक आज पनि निरन्तर हुने भएको हो। बैठक आज...

निरन्तर पानी परिरहँदा ताप्लेजुङ अन्धकार

ताप्लेजुङ – निरन्तर पानी परिरहँदा तीन दिनदेखि ताप्लेजुङ जिल्ला अन्धकार भएको छ । बिजुली लाइन र सञ्चार सेवा बन्द भएसँगै ताप्लेजुङ जिल्ला अन्धकार भएको हो । गएकाे आइतवारदेखि निरन्तर वर्षा भएसँगै ताप्लेजुङमा राष्ट्रिय प्रसारण लाइन सुनसरी जिल्लाको इनरुवा ट्रन्समिटरमा समस्या आएसँगै ताप्लेजुङमा बिजुली प्रवाहमा समस्या आएको विद्युत् प्राधिकरण ताप्लेजुङले जनाएको छ । बिजुली नभएपछि सोमवारदेखि मोबाइल सेवासमेत बन्द भएको छ । ल्यान्ड लाइन सेवा, इन्टरनेट सेवा, मोबाइल सेवामा अवराेध भएको छ । साथै बिजुली नहुँदा स्थानीय सञ्चार माध्यमसम...

व्यवसाय निरन्तर कर्जा यो वर्ष पनि निरन्तर

काठमाडौं। नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षमा पनि व्यवसाय निरन्तर कर्जालाई निरन्तरता दिएको छ। कोभिड–१९ महामारीका कारण समस्या परेका व्यवसायलाई निरन्तरताका लागि यो कर्जा प्रवाह गरिन्छ। यस कर्जामा राष्ट्र बैंकले महामारीबाट संकटग्रस्त बनेका उद्योग, पर्यटन व्यवसाय, सञ्चार, यातायात, पार्टी प्यालेस, व्यायामशाला, सिनेमा तथा मनोरञ्जन उद्योग लगायतका व्यवसायलाई प्राथमिकतामा पर्छन्। यी व्यवसायीले सहजै व्यवसाय निरन्तर कर्जा पाउने बताइएको छ।