कसैको बहुमत आउदैन, कांग्रेस पहिलो पार्टी बन्छ : देउवा

प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अहिलेको संविधानअनुसार कुनै पनि पार्टीको बहुमत आउने सम्भावना नरहेको बताएका छन्। शुक्रबार डडेलधुरामा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले अरु कुनै पनि पार्टीको बहुमत आउने सम्भावना नरहेको भन्दै नेपाली कांग्रेस पहिलो पार्टी बन्नेमा दुई मत नरहेको बताएका हुन्।‘अहिलेको संविधानअनुसार कुनै पनि पार्टीको बहुमत आउने सम्भावना छैन,’ उनले भने, ‘यो समावेशी संविधान हो। यसमा सबै जाती र जनजाती मिलाएर अगाडि बढ्न आवश्यक छ। त्यसैले सबै पार्टीले मिलेर अगाडि बढ्नुपर्ने आजको आवश्यकता हो। मंसिर ४ को निर्वाचनमा नेपाली कांग्रेस पहिलो पार्टी हुनेमा भने कुनै दुई मत छैन।’पूर्वदेखि पश्चिमसम्म नेपाली कांग्रेस र गठबन्धनको पक्षमा मतदाता निकै सकारात्मक देखिएका उनको भनाई थियो। गृहजिल्ला डडेल्धुराबाट प्रतिनिधि सभा सदस्य उम्मेदवार रहेका देउवा बुधबार काठमाडौंबाट धनगढी पुगेका थिए। बिहीबार डडेल्धुरा पुगेर अमरगढीमा चुनावी सभालाई सम्बोधन गरेका देउवा आज पनि चुनावी सभामै व्यस्त थिए।देउवाले कात्तिक १९ गते बिहान ११ बजे अजयमेरू गाउँपालिकाको भद्रपुर र दिउँसो २ बजे भागेश्वर गाउँपालिकाको रूपालमा हुने चुनावी सभामा सम्बोधन गर्ने कार्यक्रम छ भने २० गते बिहान ११ बजे आलिताल गाउँपालिकाको गोदाम र दिउँसो २ बजे परशुराम नगरपालिकाको जोगबुढामा हुने चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम छ।

सम्बन्धित सामग्री

फेरि कांग्रेसकै नेतृत्वमा सरकार बन्छ : सभापति देउवा

काठमाडौँ- सत्तारूढ प्रमुख घटक नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले फेरि आफ्नो पार्टीले सरकारको नेतृत्व लिने दाबी गरेका छन् । सभापति देउवाले अहिले कांग्रेस सरकारमा सहभागी भएको उल्लेख गर्दै फेरि सरकारको नेतृत्व लिन सक्ने बताएका हुन् । मंगलबार काठमाडौँमा आयोजित पार्टी निकट ने...

फेरि कांग्रेसकै नेतृत्वमा सरकार बन्छ : सभापति देउवा

काठमाडौँ- सत्तारूढ प्रमुख घटक नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले फेरि आफ्नो पार्टीले सरकारको नेतृत्व लिने दाबी गरेका छन् । सभापति देउवाले अहिले कांग्रेस सरकारमा सहभागी भएको उल्लेख गर्दै फेरि सरकारको नेतृत्व लिन सक्ने बताएका हुन् । मंगलबार काठमाडौँमा आयोजित पार्टी निकट ने...

लिङदेनको प्रश्न : ८० वर्षका देउवालाई प्रधानमन्त्री बनाउँदा देश बन्छ त !

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले ८० बर्ष पुग्न लागेका कांग्रेसका सभापति शेरबहादुर देउवा फेरि प्रधानमन्त्री बन्दा देश बन्छ त ? भनेर प्रश्न गरेका छन् ।बिहीबार सिन्धुपाल्चोकमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष लिङदेनले एकचोटी यो देश बनाउन राप्रपालाई मद्दत गर्न आग्रह गरे । ‘एकचोटी राप्रपालाई यो देश बनाउने मौका दिनुपर्यो’, लिङदेनले मत माग्दै भने, ‘यो राप्रपालाई मद्दत हुँदैन । तपाईहरुलाई नै मद्दत हुन्छ ।’उनले कांग्रेस, एमाले र माओवाद

महाधिवेशन पछि कांग्रेस ठूलो पार्टी बन्छ : देउवा

न्युज अफ नेपाल, काठमाडौं । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले महाधिवेशन पछि हुने आमचुनावबाट पार्टीलाई सबैभन्दा ठूलो बनाउने बताएका छन् । कांग्रेसका सहमहामन्त्री प्रकाशशरण महतले लेखेको पुस्तक विमोचन गर्दै देउवाले पार्टीको १४ औं महाधिवेशन पछि पार्टी झनै बलियो हुने बताए । देउवाले महाधिवेशनमा सकेसम्म सहमतिमै नेतृत्व चयन गरिने र सहमति नभएमा प्रतिस्पर्धा गरिने […]