नेपालगञ्ज मेडिकल कलेजले कोहलपुरमा ३ सय शय्याको कोरोना डेडिकेटेड सेवा सुरु गर्दै

बिरामीले बेड र अक्सिजन पनि नपाउने अबस्था उत्पन्न भएपछि नेपालगञ्ज मेडिकल कलेजले  शिक्षण अस्पताल कोहलपुरलाई ३ सय बेडको कोरोना डेडिकेटेड अस्पताल बनाउने भएको छ।

सम्बन्धित सामग्री

नेपालगञ्ज मेडिकल कलेज विक्री सम्झौता तोडियो

विराटनगर । डा. सुनील शर्माले नेपालगञ्ज मेडिकल कलेज तथा टिचिङ हस्पिटल समेत ३५० करोड रुपैयाँमा किन्ने सम्झौता तोडिएको छ । विक्री गर्ने पक्षले एकतर्फी रूपमा सम्झौता तोडेपछि उक्त कलेज किन्ने प्रक्रिया तत्काललाई स्थगित भएको छ । नेपालगञ्ज मेडिकल कलेज र टिचिङ अस्पतालका कर्मचारीले चार महीनादेखि तलब नपाएको गुनासो गर्दै आएका छन् । कर्मचारीको तलब, बैंकको ऋण दायित्वसमेत गरी ३५० करोडमा मेडिकल कलेज तथा टिचिङ अस्पताल किन्न डा. शर्मा तयार थिए । विराटनगरको नोबेल टिचिङ हस्पिटल र सिनामंगलको काठमाडौं मेडिकल कलेजका सञ्चालक डा. शर्माले नेपालगञ्ज मेडिकल कलेजको ४६ प्रतिशत शेयर करसमेत गरी प्रतिकित्ता ५०० रुपैयाँका दरले खरीद गर्नेगरी असार अन्तिममा सम्झौता गरी २ करोड रुपैयाँ बैना समेत दिएका थिए । नेपालगञ्ज मेडिकल कलेजका प्रबन्ध निर्देशक डा. सुरेशकुमार कनोडियाले अन्य शेयर धनीहरूसँगको सम्मतिमा विक्री गर्ने सहमति गरेपछि खरीदविक्री सम्झौता भएको थियो । स्रोतका अनुसार कलेज सञ्चालकहरूमध्ये केहीले कनौडियालाई दबाबमा पारेर सम्झौता भंग गर्न लगाएको हो । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष समेत रहेका दिनेश श्रेष्ठ नेपालगञ्ज मेडिकल कलेजका अध्यक्ष समेत हुन् । श्रेष्ठ सहितको समूह कलेज विक्री नगर्ने पक्षमा पुगेपछि सम्झौता भंग हुन पुगेको स्रोतले दाबी छ । सम्झौता तोडिएपछि बैना रकम फिर्ता गर्न कनोडिया शर्माकहाँ पुगेका थिए । मेडिकल कलेजमा कनोडिया र उनको परिवारको ३७ दशमलव ५ प्रतिशत लगानी छ । शर्माले उनको र अन्य शेयरधनीको समेत शेयर खरीद खरीद प्रक्रिया अघि बढाएका थिए । शर्मासँग अहिले पनि नेपालगञ्ज मेडिकल कलेजको ३ दशमलव ५ प्रतिशत शेयर छ । खरीद सम्झौता रद्द भए पनि आफूहरूलाई खासै समस्या नरहेको प्रतिक्रिया शर्माले दिएका छन् ।

३५० करोडमा किने सुनील शर्माले नेपालगञ्ज मेडिकल कलेज

काठमाडौं, साउन ८ । काठमाडौं मेडिकल कलेज किनेको झन्डै ११ महीनापछि डा।सुनील शर्माले नेपालगञ्ज मेडिकल कलेजको ५१ प्रतिशत शेयर लिएका छन् । बैंकको ऋणसमेत गरी ३५० करोडमा उनले यसको शेयर किनेका हुन् । विराटनगरको नोबेल मेडिकल कलेजसहित शर्मासँग अब तीनओटा मेडिकल कलेज छन् भने काठमाडौंमा नै पिपुल्स डेन्टल कलेज सञ्चालनमा छ । शर्माले भदौमा केएमसीको […]

बाँकेमा उपचाररत् थप १७ जना कोरोना संक्रमितको मृत्यु

नेपालगञ्ज मेडिकल कलेज कोहलपुर र भेरी अस्पतालमा ती संक्रमितको उपचारका क्रममा मृत्यु भएको बाँकेका कोरोना फोकल पर्सन तेज वलीले जानकारी दिए।

बाँकेमा कोरोना संक्रमणबाट थप दुईजनाको मृत्यु

काठमाडौं : कोरोना संक्रमणबाट बाँकेमा थप दुई जनाको मृत्यु भएको छ। जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेका अनुसार गएराति बर्दियाकी ४६ वर्षीय महिला र बर्दियाकै ६८ वर्षका पुरुषको बाँकेका भेरी अस्पताल र नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा निधन भएको जनाएको छ। बर्दियाको गुलरिया नगरपालकिा–७ की महिलाको भेरी अस्पतालमा गएराति १० बजे मृत्यु भएको हो। यस्तै बाँसगढी नगरपालिका ८ का ६८ वर्षीय पुरुषको नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा गएराति ११ बजेर ५० मिनेटमा निधन भएको बाँके जिल्ला जनस्वास्थ्य कार्याल

बाँकेमा स्वाब दिन लाइनमा बस्दाबस्दै मृत्यु

२४ वैशाख, नेपालगञ्ज ।  बाँकेमा कोरोना परीक्षणका लागि स्वाब दिन लाइनमा बस्दाबस्दै एकजनाको मृत्यु भएको छ । नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा कोरोना परीक्षणका लागि स्वाब दिन पालो कुरेर बसेका कोहलपुर–५ का करिब ५९ वर्षीय पुरुषको शुक्रबार दिउँसो मृत्यु भएको हो । सास फेर्न गाह्रो भएपछि उनी अस्पताल पुगेका थिए । तर स्वाब दिने […]

कोरोनाको थप बिरामीका भर्ना गर्न सक्दैनौं: नेपालगञ्ज मेडिकल कलेज

नेपालगञ्ज मेडिकल कलेजले कोरोनाका थप बिरामी भर्ना गर्न नसक्ने जनाएको छ। अस्पतालमा भएको लिक्विड अक्सिजन ट्यांक सकिएको र भारतबाट आउन नसकेको भन्दै अस्पतालले कोरोनाका थप बिरामी भर्ना गर्न नसक्ने जनाएको हो।

कोरोनाबाट बाँकेमा थप ६ जनाको मृत्यु

नेपालगञ्ज। कोरोना संक्रमणबाट बाँकेमा आज बिहानसम्म थप ६ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ५ जना बाँकेका र एक जना बर्दियाका छन् । नेपालगञ्ज मेडिकल कलेज कोलहपुरमा २ जना र भेरी अस्पताल नेपालगञ्जमा ४ जनाको उपचारका क्रममा मृत्यु भएको हो ।

पीपीईमा १६ घण्टासम्म बाफिन्छन् स्वास्थ्यकर्मी

१४ वैशाख, काठमाडौं । नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरका डा. विनोद प्याकुरेलको हात्केला चाउरी परेको र पटपटी फुटेको जस्तो देखिन्छ । उनले हत्केला प्रयोग हुने कुनै शारीरिक परिश्रम गरेर हातको स्वरुप बिग्रेको होइन, दैनिक १६ घण्टाभन्दा बढी समय पञ्जा (ग्लोब्स) लगाउँदा हात यस्तो भएको हो । लगातार पञ्जा लगाउँदा हात बाफिएको उनी बताउँछन् । […]