एएफसी यू–२३ एसियन कप छनोटमा नेपाल र इरान बीचको खेल जारी

काठमाडौं, ८ कात्तिक । एएफसी यू–२३ एसियन कप छनोटमा नेपालले आज (सोमबार) इरानविरुद्ध खेल्दैछ । ताजिकिस्तानको रिपब्लिकन सेन्ट्रल स्टेडियममा भइरहेको खेल अहिले चलिरहेको छ । इरानविरुद्ध मैदानमा उत्रीएको नेपाल सुखद सुरुआत गर्ने योजनामा छ । तर, बलियो टोली इरानविरुद्ध जित निकाल्न नेपाललाई सहज भने हुने छैन । नेपाल आज गोलकिपर अर्पन कार्कीको कप्तानीमा उत्रीएको छ […]

सम्बन्धित सामग्री

नेपाल यू २३ फुटबल टोलीले आज इरानको सामना गर्दै

काठमाडौं: नेपाली यू २३ फुटबल टोलीले आज इरानको यू २३ टोलीसँग प्रतिस्पर्धा गर्दैछ। एएफसी यू २३ एसियन कप क्वालिफायर्स अन्तर्गतको खेलमा नेपाल र इरान आज साँझ पौने ५ बजे आमनेसामने हुनेछन्। नेपाली टोलीका प्रशिक्षक बालगोपाल महर्जनले छोटो समयमात्र तयारी गरेको र साफ च्याम्पियनसिपमा केही खेलाडी सहभागि रहेकाले तयारी केही प्रभावित…

एएफसी यू२३ छनोट : नेपाल र इन्डोनेसिया मैत्रीपूर्ण खेल खेल्दै

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय यू-२३ फुटबल टोलीले एएफसी यू-२३ एसियन कप छनोटको तयारीस्वरूप आज इन्डोनेसियाको यू-२३ टोलीसँग मैत्रीपूर्ण खेल खेल्दैछ । खेल नेपाली समयअनुसार साँझ ५:४५ बजे हुनेछ । प्रतियोगितामा एसियाली फुटबलको पावरहाउस इरान, लेबनान र आयोजक ताजिकिस्तान नेपालको समूहमा रहेका छन् । २३ खेलाडी र १२ अफिसियलसहित ३५ सदस्यीय टोली मंगलबार त्यसतर्फ […]

एसियन कप छनोट खेल्ने नेपाली टोली ताजिकिस्तान प्रस्थान

एएफसी यू–२३ एसियन कप छनोट खेल्न नेपाली यू–२३ टोली मंगलबार ताजिकिस्तान प्रस्थान गरेको छ । एएफसी यू–२३ एसियन कप छनोट यही कात्तिक ८ देखि १४ गतेसम्म हुँदैछ ।छनोटमा नेपाल समूह ‘बी’ मा परेको छ । सो समूहमा नेपालसहित ताजिकिस्तान, इरान र लेवनान छन् । नेपालले समूह चरणको पहिलो खेलमा कात्तिक ८ गते इरानसँग खेल्नेछ । […]

एसियन कप छनोट खेल्ने नेपाली टोली ताजिकिस्तान प्रस्थान

एएफसी यू–२३ एसियन कप छनोट खेल्न नेपाली यू–२३ टोली आज ताजिकिस्तान प्रस्थान गरेको छ । एएफसी यू–२३ एसियन कप छनोट यही कात्तिक ८ देखि १४ गतेसम्म हुँदैछ । छनोटमा नेपाल समूह ‘बी’ मा परेको छ । सो समूहमा नेपालसहित ताजिकिस्तान, इरान र लेवनान छन् । नेपालले समूह चरणको पहिलो खेलमा कात्तिक ८ गते इरानसँग खेल्नेछ …

एएफसी यू–२३ एसियन कपको छनोट खेल खेल्ने नेपाली टोली घोषणा

एएफसी यू–२३ एसियन कपको छनोट चरणका लागि नेपाली टिमको अन्तिम २३ सदस्यीय टोली घोषणा भएको छ ।प्रशिक्षक बालगोपाल महर्जनले आइतबार २३ सदस्यीय अन्तिम टोली घोषणा गरेका हुन् । माल्दिभ्सको मालेमा शनिबार सम्पन्न साफ च्याम्पियनसिपको उपविजेता बनेको नेपालको सिनियर टोलीका ६ खेलाडीलाई समेत समेट्दै प्रशिक्षक महर्जनले नेपाली यू–२३ राष्ट्रिय फुटबल टिम घोषणा गरेका हुन् ।डिफेन्डरद्वय सुमन अर्याल र गौतम श्रेष्ठ, मिडफिल्डरमा नितिन थापा, सुरज जिउ ठकुरी र आयुष घलानसँगै फरवार्ड मनिष डाँगी यू–२३ टोलीमा समावेश छन् । राष्ट्रिय टोलीकै अनुभव भएका राजन गुरुङ, सेसेहाङ आङदेम्बे, एरिक विष्ट, अभिषेक रिजाल र दर्शन गुरुङ पनि टोलीमा छन् । गोलरक्षकमा अर्पण कार्की, विशाल सुनार र अभिषेक बराल टज् । डिफेन्समा शिव गुरुङ, रन्दिप पौडेल र अभिषेक लिम्बु छन् । मिडफिल्डमा अनिल महर्जन, राजीव लोप्चन, रोशन पहरी र शिशिर लेखि समावेश हुँदा आक्रमणमा आकाश बुढामगर र ऋतिक कुमार खड्का रहेका छन् ।एएफसी यु–२३ एसियन कप छनोट २५ देखि ३१ अक्टोबरमा हुँदैछ । छनोट खेलमा समूह ‘बी’ मा नेपालले ताजिकिस्तानसँगै इरान र लेवनानसँग खेल्नेछ । नेपालले २५ अक्टोबरमा इरान, २८ अक्टोबरमा ताजिकिस्तान र ३१ अक्टोबरमा लेबनानसँग खेल्नेछ ।एएफसीले प्रतियोगिताको छनोटमा सहभागी ४१ टोलीलाई ११ समूहमा विभाजन गरिएको छ । प्रतियोगिता भने सन् २०२२ को जुन १ देखि १९ सम्म उज्बेकिस्तानमा आयोजना हुनेछ ।नेपाल हालसम्म एएफसी यू–२३ एसियन कप प्रतियोगितामा छनोट हुन सकेको छैन । पछिल्ला दुई संस्करणमा नेपाली टोली जितविहिन मात्रै नभई गोलबिहिन हुँदै घर फर्किएको छ । २३ सदस्यीय अन्तिम टोलीःगोलरक्षक – अर्पण कार्की, विशाल सुनार, अभिषेक बरालडिफेन्डर – सुमन अर्याल, गौतम श्रेष्ठ, राजन गुरुङ, रन्दिप पौडेल, अभिषेक लिम्बु, शिव गुरुङमिडफिल्डर – नितिन थापा, सुरज ज्यु ठकुरी, आयुष घलान, सेसेहाङ आङदेम्वे, अनिल महर्जन, राजीव लोप्चन, शिशिर लेखी, आकाश बुढामगर, एरिक विष्ट, रोशन पहारीफरवार्ड – मनिष डाँगी, अभिषेक रिजाल, दर्शन गुरुङ, ऋतिक कुमार खड्का

यू–२३ एसियन कप छनोटमा नेपाल समूह ‘बी’ मा

काठमाडौं। उज्वेकिस्तानमा हुने एएफसी यू–२३ एसियन कप छनोटका लागि नेपाल समूह ‘बी’ मा परेको छ। नेपालको समूहमा ताजिकिस्तान, लेबनान र इरान छन्। छनोटमा सहभागी ४२ टोलीलाई ११ समूहमा विभाजन गरेको छ। ११ समूहको शीर्ष टिम र उत्कृष्ट चार उपविजेताले यू–२३ एसियन कप खेल्नेछन्। ताजिकिस्तानमा हुने समूह ‘बी’ छनोट खेल आगामी अक्टोबर २३ देखि ३१ सम्म हुनेछ।