दोहोरिदै लकडाउनको दृश्य...

नेपालमा पहिलोपटक लकडाउन लागू हुँदा काठमाडौँबाट मानिसहरु हस्याङ–फस्याङ गर्दै आफ्नो पुर्ख्यौली घर फर्किएका थिए । एक वर्ष नबित्दै फेरि त्यस्तै कारुणिक दृश्य दोहोरिएको छ । कोरोना महामारीको दोस्रो लहरको चपेटामा परेसँगै देशका विभिन्न ठाउँमा विस्तारै लकडाउन गरिन थालिएको छ । काठमाडौँ उपत्यकामा वैशाख १६ गतेदेखि निषेधाज्ञा लागू हुँदैछ । प्रशासनले काठमाडौँबासीलाई घर फर्किन दुई दिनको समय दिएको छ । त्यसैलाई सदुपयोग गर्दै यतिबेला मानिसहरु धमाधम घर फर्किन थालेका छन् । नयाँ बसपार्क क्षेत्रमा राति पनि घर फ