कैलाली । सेती प्रादेशिक अस्पताल धनगढीको कोरोना प्रयोगशाला मा गरिएको परीक्षणबाट सुदुरपश्चिम प्रदेशमा थप ७२ जनामा कोरोना पुष्टि भएको छ ।शनिबार १८५ नमुनाको परिक्षण गर्दा थप ७१ जनामा कोरोना पोजिटिभ पुष्टि भएको हो । ११३ नमुना भने नेगेटिभ आएको सेती प्रादेशिक अस्पतालका सुचना अधिकारी दिलीपकुमार श्रेष्ठ ले रातोपाटी लाई जानकारी दिए । सेती प्रादेशिक कोरोना अस्पतालमा ४ जना भेन्टीलेटरमा १० जना आइसियुमा,१० जना अक्सिजनमा र १८ जना सुधारोन्मुख भईरहेको श्रेष्ठले बताए ।