काठमाडौं स् कमलादीको काठमाडौं प्लाजा पछाडि क्षेत्रबाट नारायणहिटी दरबारसम्म टुकुचा नदी गायब छ। जहाँ नदी अतिक्रमण गरी त्यसमाथि ठूलाठूला भवन, व्यापारिक प्रतिष्ठान, घर ठड्याएका छन्। यस्ता सयौं रोपनी सार्वजनिक सम्पत्ति हडपेर व्यक्तिले आफ्नो नाममा पारेका छन्। काठमाडौं महानगरपालिका–१ का वडाध्यक्ष भरतलाल श्रेष्ठ हात्तीसार क्षेत्रमा मात्रै ५० भन्दा बढी ठूला घर टुकुचामाथि बनिसकेको बताउँछन्। लक्ष्मी बैंक, […]