बैंक तथा वित्तीय संस्थाको अधिकृत पुँजी, जारी पुँजी वृद्धि गर्न, प्रबन्धपत्र नियमावली संशोधन गर्न, मर्ज गर्न, संस्थापक सेयर खरिद–विक्री गर्नसमेत राष्ट्र बैंकको स्वीकृति लिनुपर्ने व्यवस्था छ ।
बैंक तथा वित्तीय संस्था ऐन २०६३ को दफा ११ मा कायमै रहेका बैंक तथा वित्तीय संस्थाको सञ्चालकलगायत कर्मचारी र निजका परिवारले सेयर कारोबार गर्न लगाएको प्रतिबन्ध फुकुवा हुनुपर्ने आवाज उठेको छ । सो दफामा बैंक तथा वित्तीय संस्थाका सञ्चालक, कार्यकारी प्रमुख, लेखापरीक्षक, सचिव वा कार्यकारी प्रमुख, लेखापरीक्षण वा बैंक वा वित्तीय संस्थाको व्यवस्थापन तथा लेखासम्बन्धी कार्यमा प्रत्यक्ष रूपले संलग्न व्यक्तिले त्यस्तो पदमा बहाल रहँदासम्म वा यस्तो पदबाट अवकाश प्राप्त गरेको कम्तीमा एक वर्षसम्म सम्बन्धित बैंक वित्तीय संस्था वा त्यसको सहायक कम्पनीको सेयर आफ्ना वा आफ्नो परिवारको नियन्त्रणमा रहेको फर्म, कम्पनी वा संस्थाको नाममा खरिद विक्री गर्न गारउन व गर्न दिँदा धितोबन्धक राख्न, राख्न लगाउन वा बकस लिनदिन वा लेनदेन गर्न नहुने उल्लेख छ । तर, नयाँ जारी हुने यसको हकमा भने यो प्रतिबन्ध लागु हुँदैन भनिएको छ । कसैले यस दफाविपरीत काम गरेमा त्यस्तो धितो सम्बन्धित बैंक तथा वित्तीय संस्थाले जफत गर्नसक्ने उल्लेख छ । यो व्यवस्था निक्षेपकर्ताको हितका लागि ल्याएको अथवा सेयर बजारमा भित्री चलखेल रोक्न ल्याइएको हो भन्ने लगानीकर्ता सहमत हुन सकेको देखिँदैन ।
(महेन्द्रबहादुर श्रेष्ठको आलेखबाट)
वर्ष ५, अंक २३, २०६६, माघ २५–फागुन २