गाउँदेखि केन्द्रसम्म कांग्रेसको सरकार बनाउने जिम्मा मेराे भयो : देउवा

काठमाडौं : नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले महाधिवेशनले डरत्रासबाट मुक्त समाज निर्माणको निर्णय गर्ने बताएका छन्।१४ औं महाधिवेशनको उद्घाटन समारोहमा देउवाले महाधिवेशनबाट आफू निर्वाचित भए डरत्रासमुक्त शासन ल्याएरै छाड्ने दाबी गरे।‘हिजो तपाईँहरूलाई थाहै छ, देशभर कस्तो अवस्था थियो, सारा साथीहरू डराउनुपर्ने अवस्था थियो। डरत्रासको अवस्था थियो। जुन दिन मेरो सरकार बन्यो म प्रधानमन्त्री भएको भोलिपल्ट नै सबै मान्छेले मुक्ति पाएको अवस्था भयो,’ देउवाले भने, ‘त्यस