मन्त्रीको नाम चयन गर्न महन्थले थाले छलफल

जनता समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुर पार्टीभित्र मन्त्री नाम टुङ्गो लगाउन छलफलमा जुटेका छन् । आज बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग भएको छलफलमा सरकारमा जाने सहमति भएसँगै जसपा (ठाकुर पक्ष) का नेताहरु मन्त्री छान्न सक्रिय भएका हुन् । आठजना मन्त्री र दुईजना राज्यमन्त्री पाउने पक्का भएपछि मन्त्रीको नाम चयन गर्न छलफलमा जुटेको अध्यक्ष ठाकुर निकट एक नेताले बताए ।सरकारमा जाने तय भएसँगै जसपा नेपालमा मन्त्रीका आकांक्षी बढेको छ । जसले नाम चयन गर्न सकस भएको छ । पार्टीका शीर्ष

सम्बन्धित सामग्री

नाडाका सबै पदाधिकारी सर्वसम्मत चयन

साधारणसभाले १७ जना केन्द्रीय कार्य समिति चयन गरेकोमा आइतबारको बैठकले पदाधिकारी सर्वसम्मत चयन गरेको छ।...

यसरी हुन्छ सभामुखको चयन

संसद्‌को पहिलो बैठक बसेको १५ दिनभित्र सभामुख र उपसभामुख चयन गरिसक्नुपर्ने संवैधानिक व्यवस्थाअनुसार संसद् सचिवालय सभामुख र उपसभामुखको निर्वाचनको तयारीमा जुटेको छ ।

एमाले तेह्रथुमको अध्यक्षमा कन्दङवा चयन

नेकपा एमाले तेह्रथुमको ११ औँ जिल्ला अधिवेशनबाट तेजमान कन्दङवा सर्वसम्मत अध्यक्षमा चयन भएका छन् । गत शुक्रबारदेखि सुरू भएको अधिवेशनले आइतबार नयाँ नेतृत्व सर्वसम्मत चयन गरेको हो ।अधिवेशनबाट उपाध्यक्ष सञ्जय तुम्बाहम्फे, सचिव शिव ढुङ्गाना चयन भएका छन् । यस्तै, उपसचिवमा छत्र रिमाल र गणेश सोदेम्बा चयन भएका छन् । अधिवेशनबाट जिल्ला पदाधिकारीसहित ९० सदस्यीय जिल्ला कमिटी सर्वसहमत चयन भएको एमाले तेह्रथुमले जनाएको छ । जिल्लाको ६ वटै पालिकामा सर्वसहमत नेतृत्व चयन गरेको एमालेले जिल्ला कमिटी पनि सर्वसहमत चयन ग

महिला जेसीजमा कौशल चयन

सुर्खेत महिला जेसीजको सन् २०२२ का लागि अध्यक्षमा मनिषा कौशल चयन भएकी छन्। महिलाको नेतृत्व तथा व्यक्तित्व विकासका लागि स्थापित सुर्खेत महिला जेसीजको ११ औं साधारणसभाबाट कौशल अध्यक्षमा चयन भएकी हुन्।...

प्रचण्ड सर्वसम्मत माओवादी अध्यक्ष चयन

काठमाडौं, १९ पौष । नेकपा माओवादी केन्द्रको अध्यक्षमा पुष्पकमल दाहाल प्रचण्ड चयन भएका छन् । माओवादीको आठौं महाधिवेशनले चयन गरेको केन्द्रीय कमिटीले प्रचण्डलाई सर्वसम्मत अध्यक्षमा चयन गरेको हो । प्रचण्डलाई अध्यक्षमा नारायणकाजी श्रेष्ठ प्रस्तावक र कृष्णबहादुर महरा समर्थक बनेका थिए । उनको विपक्षमा कोही पनि खडा नभएपछि अध्यक्ष चयन भएको घोषणा गरिएको छ । प्रचण्ड […]

एमाले अधिवेशन : विराटनगरमा थापा चयन

विराटनगर– नेकपा एमाले विराटनगर महानगर कमिटीको अध्यक्षमा सागर थापा चयन भएका छन् । मंगलबारदेखि जारी अधिवेशनले थापाको नेतृत्वमा ९१ सदस्यीय महानगर कमिटी सर्वसम्मत चयन गरेको हो । कमिटीको उपाध्यक्षमा शिल्पा कार्की, सचिवमा रोहित कोइराला, उपसचिवमा नवराज नेपाल र जय प्रकाश महतो चयन भएका छन् । १०१ सदस्यीय कमिटीमा अधिवेशनले ९१ सदस्यीय कमिटी चयन गरेको छ […]

नेपाल बायोमेडिकल संघमा नयाँ कार्यसमिति चयन

नेपाल बायोमेडिकल संघमा नयाँ कार्यसमिति चयन भएको छ। शनिबार टेकुमा सम्पन्न संघको पहिलो साधारणसभाले श्यामकुमार हलुवाईको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो।

देवकोटा वाईसीएलको संयोजकमा चयन

काठमाडौँ । नेकपा माओवादी केन्द्रको युवा संगठन योङ कम्युनिस्ट लिग (वाईसीएल) को संयोजकमा सुमन देवकोटा चयन भएका छन् । त्यस्तै उपसंयोजकमा धिरज सेर्पाली चयन भएका छन् । वाईसीएलको भेलाले २३५ सदस्यीय केन्द्रीय समिति चयन गरे पनि संयोजक चयन गर्न सकेको थिएन । संयोजकमा देवकोटा र सेर्पालीले दावी गरेका थिए । वाईसीएलले सहमति जुटाउन नसकेपछि नेतृत्व […]

गाउँको नेतृत्वका लागि नयाँ मुखिया चयन

रुकुम पूर्व : भूमे गाउँपालिका‐६ महत गाउँमा नयाँ गाउँले मुखियामा खमबहादुर बुढा मगरलाई चयन गरिएको छ। गाउँको नेतृत्वका लागि हरेक वर्षको नयाँ आर्थिक वर्षसँगै महतमा नयाँ गाउँले मुखिया अर्थात् गाउँ खरदरी समिति मुखिया चयन गर्ने प्रचलन छ। जसअनुसार आर्थिक वर्ष २०७८÷०७९ का लागि महत गाउँले मुखियामा बुढा मगरलाई चयन गरिएको हो। कालाङ्गा डेराबाट नयाँ मुखिया बुढालाई चयन गरी १५ सदस्यीय टिम बनाइएको स्थानीय कमल बुढा मगरले जानकारी दिए। चालु आर्थिक वर्षका मुखिया सर्वजित बुढा मगरसहित १५ जनाको पुरानो

होमियोप्याथिक एसोसिएसनमा नयाँ कार्यसमिति चयन

अल नेपाल होमियोप्याथिक एसोसिएसनमा नयाँ कार्यसमिति चयन भएको छ। एसोसिएसनको १०औं महाधिवेसनले डा खगेन्द्र कटुवालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो।