राष्ट्रिय निकुञ्जमा यार्सागुम्बा संकलनमा रोक

किमाथाङका । मकालु वरुण राष्ट्रिय निकुञ्जले बहुमूल्य जडिबुटी यार्सागुम्बा संकलनमा यस वर्ष रोक लगाएको छ । वर्षैपिच्छे संकलन गरिँदै आएको यार्सागुम्बा कोरोना भाइरस कोभिड–१९ को जोखिम बढेपछि संकलनमा रोक लगाइएको हो । कोरोना भाइरस जोमिख न्यूनीकरण तथा सुरक्षा संवेदनशीलतालाई ध्यान दिएर रोक लगाइएको निकुञ्ज कार्यालय सङ्खुवासभाका प्रमुख रामदेव चौधरीले जानकारी दिए । निकुञ्जले विगत वर्षमा […]

सम्बन्धित सामग्री

यार्सागुम्बा टिप्न लेकतर्फ लागे मनाङवासी

बहुमुल्य जडीबुटी यार्सागुम्बा सङ्कलनका लागि मनाङवासी लेकतर्फ लागेका छन् । आम्दानीको स्रोतका रूपमा रहेको औषधिजन्य जडीबुटी यार्सागुम्बा सङ्कलनका लागि उनीहरु यतिबेला जिल्लाका विभिन्न ठाउँ पुगेका छन् । मौसम अनुकूल भएसँगै मनाङवासी यार्सागुम्बा सङ्कलनमा व्यस्त हुन थालेका छन् । मनाङवासीको आयस्रोत कृषि तथा जङ्गली औषधिजन्य जडीबुटी हो । जडीबुटी सङ्कलनका लागि नासों गाउँपालिकाअन्तर्गत पहिलो चरणमा यार्सागुम्बा […]

दश लाख बराबरको यार्सागुम्बा बरामद

बाँकेको जानकी गाँउपालिका–१ पाँचपोखरी इलाकाबाट सशस्त्र प्रहरीले करिब १० लाख रुपैयाँ बराबरको चार सय ५० ग्राम यार्सागुम्बा बरामद गरेको छ । अवैध रूपले नेपालबाट भारततर्फ लैजाँदै गरेको उक्त यार्सागुम्बा सशस्त्र प्रहरी बल नेपाल बिओपी जयसपुरले सोमबार बरामद गरेको हो । सो यार्सागुम्बा ल्याउने व्यक्ति गस्तीमा रहेको सशस्त्र प्रहरीलाई देख्नासाथ सोही ठाउँमा छाडी भागेका थिए । बरामद यार्सागुम्बा आवश्यक कारवाहीका लागि डिभिजन वन कार्यालय नेपालगन्ज बाँकेमा बुझाइएको छ ।

नेपालबाट २९ करोडको यार्सागुम्बा निर्यात

काठमाडौँ । चालू आर्थिक वर्ष २०७८/७९ को ११ महिनाको अवधिमा नेपालबाट २९ करोड ६७ लाख रुपैयाँ बराबरको यार्सागुम्बा निर्यात भएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्कअनुसार नेपालबाट साउनदेखि जेठसम्मको अवधिमा उक्त मूल्य बराबरको यार्सागुम्बा निर्यात भएको हो । यस अवधिमा नेपालबाट जम्मा ४७६ किलोग्राम यार्सागुम्बा निर्यात भएको विभागले जनाएको छ । यसरी नेपालबाट निर्यात […]

नेपालबाट २९ करोडको यार्सागुम्बा निर्यात

चालू आर्थिक वर्ष २०७८/७९ को ११ महिनाको अवधिमा नेपालबाट २९ करोड ६७ लाख रुपैयाँ बराबरको यार्सागुम्बा निर्यात भएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्कअनुसार नेपालबाट साउनदेखि जेठसम्मको अवधिमा उक्त मूल्य बराबरको यार्सागुम्बा निर्यात भएको हो ।यस अवधिमा नेपालबाट जम्मा ४७६ किलोग्राम यार्सागुम्बा निर्यात भएको विभागले जनाएको छ । यसरी नेपालबाट निर्यात हुने यार्सागुम्बा विश्वका ११ वटा देशमा जाने गरेको छ । जसमध्ये कम्बोडियामा सबैभन्दा धेरै मूल्यको यार्सागुम्बा निर्यात भएको तथ्याङ्क छ ।कम्बोडियामा ने

अनुमतिबिनै यार्सागुम्बा संकलन

दार्चुला– दुधिवन, अपिफेद, सातगङगा चाइमेटलालगायत क्षेत्रमा स्थानीयवासीले अनुमतिबिना यार्सागुम्बा संकलन गरिरहेका छन् ।हरेक वर्ष अपिनाम्पा संरक्षण क्षेत्र कार्यालयले यार्सागुम्बा संकलनका लागि जेठ दोस्रो सातादेखि अनुमति दिने गर्छ । यस वर्ष यहाँका संकलक वैशाख दोस्रो साता नै संकलन क्षेत्रमा पुगेका व्यास गाउँपालिका–२ का नरेन्द्रसिह धामीले बताए । अपि नाम्पा संरक्षण क्षेत्र कार्यालयले बहुमूल्य जडीबुटी यार्सागुम्बा संकलनका […]

मनाङवासीलाई यार्सागुम्बा सङ्कलनको चटारो

मनाङका बासिन्दालाई अहिले यार्सागुम्बा सङ्कलन गर्न चटारो छ । जेठ दोस्रो सातादेखि सङ्कलन गर्ने समय भएपनि मनाङवासी तीन साता अघि नै यार्सागुम्बा खोज्न व्यस्त छन् । जडीबुटी सङ्कलनका लागि अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका कार्यालय मनाङको गत चैत २३ गते बसेको बैठकले यार्सागुम्बा सङ्कलन गर्न अनुमति दिएको हो । एक्यापले समितिमार्फत पूर्जी दिने निर्णय गरेको छ । यार्सागुम्बा सङ्कलनसँगै मनाङवासीलाई स्थानीय तह निर्वाचनको तयारीमा जुट्नुपर्ने अवस्था छ ।जडीबुटी मनाङवासीको मुख्य आयस्रोत मानिन्छ

विक्री भएन यार्सागुम्बा

दार्चुलाका व्यापारीहरुको यो वर्ष खरीद गरिएको यार्सागुम्बा अझै बिक्री भएको छैन । गत असारदेखि खरीद गरिएको यार्सागुम्बा अझै विक्री हुन बाकी छ । स्थानीयवासी र व्यापारीको मुख्य आयस्रोतको रुपमा रहेको...

यार्सागुम्बा संकलनमा रोक लगाइए पनि पाटनभरि संकलक

जाजरकोट : डोल्पामा यार्सागुम्बा संकलनमा रोक लगाए पनि पाटनमा संकलकहरुको भीड लागेको छ।सर्वसाधारणहरु पाटनमा पुगेर यार्सागुम्बा संकलन गरिरहेका मुड्केचुला गाउँपालिका–८ का टेकबहादुर बुढाले बताए। उनले भने, ‘कमाउने र परिवार पाल्ने अर्को उपाय नभएपछि यार्सागुम्बा संकलन गर्न गएका छन्। रोगभन्दा भोक नै ठूलो रहेछ।’जगदुल्ला र फोक्सुण्डो गाउँपालिकाका छिन्दुली, ठूली पातल, बाहिर पुदुवा, ट्याङटुङे पाटनमा यार्सागुम्बा संकलन भइरहेको छ। जेठदेखि असारको पहिलो सातासम्म यार्सागुम्बा संकलन गरिन्छ। डोल्पा

अनुमतिविना यार्सागुम्बा संकलनकर्ता पुगे पाटन

अपी हिमाल गाउँपालिका–४ का मोहनसिंह ठेकरे यार्सागुम्बा संकलनका क्रममा अपी हिमाल नाउरखाल वनमा यार्सागुम्बा संकलनका क्रममा बेपत्ता भए । अपी नाम्पा संरक्षण क्षेत्र कार्यालयले यार्सागुम्बा संकलनको अनुमति नदिएरै यार्सागुम्बा संकलन गर्न पाटन पुगेका ठेकरे बेपत्ता भएका हुन् ।  अहिलेसम्म अवस्था अज्ञात नै छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रले यो वर्ष कोभिडका कारण जिल्लाभरि निषेधाज्ञा जारी गरिएको र यो बीचमा संकलन अनुमतिपत्र वितरण गर्न अपी नाम्पा संरक्षण क्षेत्र कार्यालयलाई पत्राचार गरेको तर जिल्ला प्रशासन कार्यालयलले...