काठमाडौं : पाँच दलीय गठबन्धनको तर्फबाट पोखरा महानगर नेकपा एकीकृत समाजवादीलाई दिने सहमति बनेपछि असन्तुष्ट कांग्रेस कार्यकर्ताले पार्टी कार्यालयमा ताला लगाएका छन्। नेपाली कांग्रेस पोखरा महानगर कार्यसमितिका सचिव टुवराज बास्तोला र गणेशबहादुर थापाले संयुक्त विज्ञप्ति जारी गर्दै असन्तुष्टि पोखेका हुन्। सचिवद्वयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘प्रदेश र जिल्ला सभापतिलाई किनाराको साक्षी राख्दै नेकपा एसलाई मेयर पदमा प्रस्ताव गरिएको समाचारले महानगर समिति उपेक्षित भएको महसुस भएको छ। हामी