नेपाल इन्भेस्टमेन्टसँगको मर्जरबाट हिमालयन ब्याक हुने संकेत

काठमाडौँ – हिमालयन बैंक लिमिटेड नेपाल इन्भेस्टमेन्ट बैंकसँगको मर्जरबाट पछि हट्ने संकेत देखिएको छ। बैंकको आज बोलाइएको २९ औं साधारणसभाले नेपाल इन्भेस्टमेन्टसँगको मर्जरलाई अस्वीकार गर्दै आफ्नो छुट्टै अस्तित्वलाई नै निरन्तरता दिने हिमालयन बैंक स्रोतले जानकारी दिएको छ। बैंकमा २० प्रतिशत रहेको कर्मचारी सञ्चय कोषसमेत नेपाल इन्भेस्टमेन्टसँगको मर्जरको विपक्षमा रहेको बुझिएको छ। बैंकका पूर्वअध्यक्ष मनोजबाबु श्रेष्ठसमेत […]

सम्बन्धित सामग्री

रामचन्द्रबाट पार्टीको कोषाध्यक्ष र राष्ट्रियसभाको अफरपछि गोविन्द भट्टराई ब्याक

पोखरा । कांग्रेस नेता गोविन्द भट्टराईले पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलविरुद्ध बागी उठ्ने घोषणा गरे पनि अन्तिम समयमा ब्याक भएका छन् । समानुपातिकको बन्द सूचीको अन्तिमतिर आफ्नो नाम राखिएपछि फिर्ता लिएका भट्टराईले फेसबुकमार्फत उम्मेदवारी दिन लागेको संकेत गरेका थिए । तर आइतबार उनले मनोनयन भने दर्ता गरेनन् । मनोनयन गर्ने तयारी गरे पनि पार्टीका कार्यकर्ताले […]

नेपाली फुटबलमा उमेर समूहले देखाएको संकेत

काठमाडाैं : केही वर्ष अघिसम्म दक्षिण एसियाली क्षेत्रमा उमेर समूहको बाहुल्यता उच्च थियो। १५ वर्षदेखि यु-२३ सम्मका प्रतियोगिता हुँदा खेलाडीको एक्सपोज अत्यधिक हुन्थ्यो।विस्तारै प्रतियोगितामा आएको सीमितताले उमेर समूहका प्रतियोगिता गाभिए र कम प्रतियोगिता हुन थाल्यो।जसका कारण नेपाल जस्तो फुटबलमा प्रयोग बढी गर्ने र उमेर समूहमा बढी एक्सपोज प्रयोग गर्न रुचाउने देशलाई स्वभाविकरुपमा 'ब्याक फुट'मा धकेल्यो। परिणामत: हाम्रो फुटबल 'बेस'नै कमजोर बन्ने त होइन भन्ने प्रश्न सतहमा आएको छ।अ

आरजुको चाहनाले यसरी सम्भव भयो अर्थमा जनार्दनको ‘कम ब्याक’

संसदीय छानबिन समितिले अनुसन्धान नै उल्टो गरेपछि जनार्दन शर्मा निर्दोष जस्ता देखिए । तर, समितिले न सीसीटीभी फुटेज भेट्यो न उनको कल डिटेल नै हेर्न आवश्यक ठान्यो । यतिसम्म की, उच्च अधिकारीहरुबाट तल्लो तहका कर्मचारीतर्फ क्रमशः लिनुपर्ने बयान पनि सुरुमा तल्लो तहका कर्मचारीलाई सामूहिक रुपमा लिएर पछि मात्रै सचिवहरुलाई बोलाईयो ।छानबिन समितिले गरेका त्रुटीकै कारण जनार्दन शर्मा चोखिए । अर्थात्, उनले बजेट निर्माणका क्रममा बाहिरी व्यक्तिलाई प्रवेश गराएको प्रमाण भेटिएन । आरजुले चाहँदा ‘कम ब्याक’जनार्दन शर्मा नै पुनः अर्थमन्त्रीका रुपमा फर्किने लगभग पक्का भईसकेको छ । आजै बिहान माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर माओवादी केन्द्रले पुनः अर्थमन्त्रीका रुपमा जनार्दन शर्मालाई नै पठाउने भनेर नाम नै दिईसकेका छन् ।‘उहाँले ल्याएको बजेट उहाँले नै कार्यान्वयन गर्न सक्नुहुन्छ भनेर पार्टीले अर्को व्यक्ति पठाउनु उपर्युक्त ठानेन’ स्रोत भन्छ, ‘यो प्रस्ताव पनि अध्यक्षले नै राख्नु भएको हो । अरु साथीहरु पनि सहमत भएपछि जनार्दन शर्माकै नाम गईसकेको छ । अब सथपको कार्यक्रम प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिको कार्यालयले तय गर्ने कुरा हो ।’एक दिन उद्योगी व्यवसायीसँगको भेटमा पनि प्रधानमन्त्री देउवाले ‘बजेटमा करका दर जसले बिगार्यो भनिएको छ, उसैले मिलाउँछ’ भनेर जनार्दन शर्मा फर्किने संकेत गरेका थिए । अर्थमा जनार्दनलाई फर्काउन देउवा भन्दा पनि उनी पत्नी आरजु राणाले बढी चाहेकी थिईन् । ‘बजेट निर्माणमा पनि माओवादीको वैचारिक लाइन र पार्टीको नीतिसँग मिल्ने भन्दा पनि आरजु जीकै सल्लाह मुताबिक धेरै कुरा आएको सत्य हो’ स्रोत भन्छ, ‘जनार्दन शर्मा नफर्किँदा आरजु जीलाई पनि आफ्ना अनुकुल हुने गरी आएका कार्यक्रम कार्यान्वयन गर्न असजिलो हुन्थ्यो । त्यहीँ भएर आरजु जी जनार्दन शर्मालाई जसरी पनि फर्काउनुपर्छ भनेर कसरतमा हुनुहुन्थ्यो । यहीँ बीचमा उहाँ उपचारका लागि इन्डिया जानुभयो ।’विशेषगरी सेनेटरी प्याडको आयातमा दिईएको भन्सार छुट देउवाका छोरा जयवीरकै कम्पनीकै लागि दिईएको थियो । साहिल अग्रवाल लगायतका केही सिमित उद्योगीका लागि लाभ हुने गरी बिजुलीको शुल्कमा छुटको घोषणा गरिएको थियो । यसवापत पनि आरजु देउवाले ठूलै ‘डिल’ गरेको चर्चा छ । यी नीतिको निरन्तरताका लागि पनि आरजुले जनार्दनलाई फर्काउन चाहेकी थिईन् ।जनार्दनको त्यो ‘याचना’बजेट निर्माणका क्रममा करका दर हेरफेर गर्न बाहिरी पात्रलाई प्रयोग गरेको आरोप लागेपछि जनार्दन शर्मालाई अध्यक्ष प्रचण्डले बोलाएर हप्काएका थिए । त्यतिबेला उनले प्रचण्डका अगाडी आफूलाई मन्त्रालयबाट सहयोग नभएपछि विज्ञका रुपमा बाहिरी सहयोग लिएको स्वीकार गरेका थिए । लगत्तै, प्रचण्डले ‘सुब्बा पनि कहीँ विज्ञ हुन्छ ?’ भन्दै उनलाई झपारेका थिए ।तर, छानबिन समितिमा सत्ता पक्षबाट प्रतिनिधित्व गरेका सांसदहरुलाई दलहरुले प्रमाण नभेटिए ‘दोषी प्रमाणित भएनन्’ भन्ने लाइनबाट प्रतिवेदन लेख्न ह्वीप नै लगाए । त्यसपछि जनार्दन शर्माको अर्थमा ‘कम ब्याक’ निश्चित जस्तै बनेको थियो ।आफू अनुकुल प्रतिवेदन आउने निश्चित भएपछि जनार्दन शर्माले प्रचण्डलाई भेटेर ‘मेरो पोलिटिकल हाइट जोगाउन पनि म नै फर्किनु पर्छ, यसले पार्टीलाई पनि राम्रै हुन्छ’ भनेका थिए । यति मात्रै नभई, ‘बरु म केही दिन बसेर राजीनामा दिएर आउँछु, तर प्रतिवेदन आएपछि एकपटक म नै जान्छु’ सम्म उनले भनेको स्रोतले बताएको छ ।उनको यो भनाईमा प्रचण्ड पनि सहमत भएपछि जनार्दन शर्मा नै अर्थमा फर्किने भएका हुन् ।

फिल्म रिलिज रोकिनेको पालोमा प्रभासको 'राधे श्याम' पनि...

कोभिड १९ को संक्रमण र त्यसकै ओमोक्रन भेरियन्ट तीब्र गतिमा फैलिन थालेपछि बाउन्स ब्याक हुँदै गरेको भारतीय फिल्म उद्योग पुन: थला पर्ने संकेत देखा परेको छ। ट्रेड एनलिस्ट तरन आदर्शले आज ट्विट गर्दै फिल्म 'राधे श्याम'को प्रदर्शन स्थगित भएको सार्वजनिक गरे। 'अब औपचारिक रुपमा आयो - राधे श्याम प्रदर्शन स्थगित।'…

रामचन्द्रलाई अब प्रकाशमान बाधक, शेखरले गरे ‘ब्याक’ हुने संकेत

काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतरका केन्द्रीय सदस्यहरूको बैठक सकिएको छ। बत्तीसपुतलीस्थित अनुपम फुडल्यान्डमा बिहीबार बिहान ८ बजेखि बसेको बैठक केही समयअघि मात्रै सकिएको छ । बैठकले सभापतिको साझा उम्मेदवार तय गर्न भने सकेन । यद्यपि नेताहरू आफ्नो समूहबाट एकल उम्मेदवार तय हुन्छ भन्दै हिँडेका छन् । इतर समूहले केही दिनयता सभापतिको साझा उम्मेदवार तय गर्ने प्रयास […] The post रामचन्द्रलाई अब प्रकाशमान बाधक, शेखरले गरे ‘ब्याक’ हुने संकेत appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

वरिष्ठ उपाध्यक्षको रेसबाट ‘ब्याक’ हुने सुवास नेम्वाङको संकेत

चितवन, १२ मंसिर : नेकपा एमालेका नेता सुवास नेम्वाङले वरिष्ठ उपाध्यक्षको रेसबाट ब्याक हुने संकेत गरेका छन् । उनले पार्टी एकता कायम हुनुपर्छ भन्ने आफ्नो मान्यता रहेको बताएका छन् । ‘पार्टी एकता कायम गर्नुपर्छ । त्यही मेरो मान्यता हो । पार्टीको हितका लागि अध्यक्षले सही निर्णय लिनुहुन्छ भन्ने मेरो विश्वास छ,’ उनले भने । सञ्चारकर्मीले वरिष्ठ उपाध्यक्षको […]

शशांक–शेखर एक ठाउँ उभिने संकेत

महामन्त्री डा. शशांक कोइराला र डा. शेखर कोइराला नातामा दाजुभाइ पछन् । महामन्त्री कोइरालाले सर्लाहीमा केही दिनअघि एक कार्यक्रममा शेखरको बयान गर्दै सभापतिमा उनको पनि आकांक्षा रहेको बताएका थिए । सो भिडियो अहिले चर्चामा छ । सो कार्यक्रममा महामन्त्री कोइरालाले शेखरले सबैलाई समेट्ने अवस्था आए आफू ब्याक हुन सक्नेसमेत संकेत गरेका थिए ।‘रामचन्द्रजी एकपटक लडिसक्नुभयो, सिटौलाजीलाई पनि हामीले तान्नुपर्छ, उहाँसँग पनि धेरै मान्छेको आकर्षण छ, किनभने सिटौलाजीसँग धेरै मान्छेको आशा छ, उहाँलाई

सीआईएका नयाँ निर्देशक कूटनीतिमा गर्छन् विश्वास, रोकिएलान् ड्रोन आक्रमण ?

अमेरिकाका राष्ट्रपति–निर्वाचित जो बाइडनले विलियम बर्न्सलाई गुप्तचर संस्था सीआईएको नयाँ निर्देशक बनाउने घोषणा गरेका छन् ।  लामो समय कूटनीतिक क्षेत्रमा बिताएका बर्न्सलाई छानेर बाइडनले सीआईएको जोड अब अन्य मुलुकको सत्तापरिवर्तन गर्नमा भन्दा भत्केका सम्बन्ध सुधार्नमा लगाउने संकेत दिएका छन् । यसको आवश्यकता खट्किरहेको थियो ।  बर्न्सले सन् २०१९ मा प्रकाशन गरेको संस्मरण ‘द ब्याक च्यानल : अ मेमोआर अफ अमेरिकन डिप्लोमेसी यान्ड द केस फर इट्स रिनुअल’ले उनको भूमिका कस्तो हुनेछ भनी थोरबहुत स्पष्ट पारेको छ । ...