रासायनिक मल नपाउँदा सर्लाहीमा आलु उत्पादन दोब्बरले घट्यो

माघ २५, सर्लाही । गत वर्षका तुलनामा जिल्लामा आलु उत्पादनमा कमी आएको छ । जिल्लाको उत्तर–पश्चिम भेगमा व्यावसायिक आलुखेती गर्दै आएका किसानले समयमै रासायनिक मल नपाउँदा आलु उत्पादनमा दोब्बरले कमी आएको बताइएको छ ।  बरहथवा नगरपालिका–१ हजरियाका किसान रामकुमार नेपाल भने, ‘विगतका वर्ष पनि आलु उत्पादन कमै भएको थियो । समयमा मल नपाउँदा  यसवर्ष  पनि झन् कमी आयो । उत्पादित आलुले बजार समेत पाएको छैन ।’  प्रतिकिलो रू. २५ देखि ३० मा बीउ किनेर रोपेको आलु अहिले रू. १५ मा विक्री गर्नुपरेको उनले गुनासो गरे । भारतबाट सस्तो मूल्यका आलु नेपाली बजारमा भित्रिएकाले स्वदेशी उत्पादनले भाउ नपाएको यहाँका किसानको गुनासो छ ।  किसानले आलु व्यापारीलाई प्रतिकिलो रू. १६ मा खेतबाटै विक्री गरिरहेका छन् । बागमती नगरपालिका– ६ राजघाटका किसान पनिलाल रामले भने,’ ‘आलु लगाउने समयमा युरिया मलको अभाव भयो ।’  जिल्लाको बरशथवाको हजरिया, राजघाट, बरहथवा, मानपुर, शंकरपुरलगायत क्षेत्रमा व्यावसायिक आलुखेती हुने गरेको छ । यस क्षेत्रमा लालगुलाब, कुप्री सिन्दुरे, विविरे केतु र कोमल जातको आलु खेती गरिन्छ ।  जिल्लाभर एक हजार ४०० हेक्टर क्षेत्रफलमा आलुखेती हुने जिल्ला कृषि ज्ञान केन्द्रका प्रमुख कमलदेवप्रसाद कुशवाहले जानकारी दिए । जिल्लामा उत्पादन भएको आलु मलङ्गवा, चपुर, वीरगन्ज र कलैयामा रहेको शीत भण्डारमा भण्डारनका लागि लैजानुपर्ने बाध्यता रहेको जिल्लाका किसानको गुनासो छ ।  कृषि सामग्री कम्पनी लिमिटेड शाखा कार्यालयका प्रमुख दीपक थापा मगरलले जिल्लामा मल अभाव नरहेको बताए । रासस

सम्बन्धित सामग्री

सर्लाहीमा आलु उत्पादन घट्यो

सर्लाही । गतवर्षको तुलनामा यस वर्ष सर्लाहीमा आलु उत्पादनमा कमी आएको छ । जिल्लाको उत्तर–पश्चिम भेगमा व्यावसायिक आलुखेती गर्दै आएका किसानले समयमै रासायनिक मल नपाउँदा आलु उत्पादनमा ठूलो कमी आएको बताइएको छ । बरहथवा नगरपालिका–१ हजरियाका किसान रामकुमार नेपालले भने, ‘विगतका वर्ष पनि आलु उत्पादन कमै भएको थियो । समयमा मल नपाउँदा यस वर्ष पनि झन् कमी आयो । उत्पादित आलुले बजार समेत पाएको छैन ।’ प्रतिकिलो २५ देखि ३० मा बीउ किनेर रोपेको आलु अहिले १५ मा विक्री गर्नुपरेको उनले गुनासो गरे । भारतबाट सस्तो मूल्यका आलु नेपाली बजारमा भित्रिएकाले स्वदेशी उत्पादनले भाउ नपाएको यहाँका किसानको गुनासो छ । किसानले आलु व्यापारीलाई प्रतिकिलो १६ मा खेतबाटै विक्री गरिरहेका छन् । बागमती नगरपालिका–६ राजघाटका किसान पनिलाल रामले भने, ‘आलु लगाउने समयमा युरिया मलको अभाव भयो ।’ जिल्लाका बरशथवाको हजरिया, राजघाट, बरहथवा, मानपुर, शंकरपुरलगायत क्षेत्रमा व्यावसायिक आलुखेती हुने गरेको छ । यस क्षेत्रमा लालगुलाब, कुप्री सिन्दुरे, विविरे केतु र कोमल जातको आलुखेती गरिन्छ । जिल्लाभर एक हजार ४०० हेक्टर क्षेत्रफलमा आलुखेती हुने जिल्ला कृषि ज्ञान केन्द्रका प्रमुख कमलदेवप्रसाद कुशवाहले जानकारी दिए । जिल्लामा उत्पादन भएको आलु मलंगवा, चपुर, वीरगञ्ज र कलैयामा रहेको शीतभण्डारमा भण्डारणका लागि लैजानुपर्ने बाध्यता रहेको जिल्लाका किसानको गुनासो छ । रासस

समयमै मल नपाउँदा सर्लाहीमा घट्यो आलु उत्पादन

सर्लाही : समयमा पर्याप्त मल नपाउँदा सर्लाहीमा आलु उत्पादनमा कमी आएको छ। उत्तर–पश्चिम भेगमा व्यावसायिक आलु खेती गर्दै आएका किसानले समयमै रासायनिक मल उपलब्ध नहुँदा आलु उत्पादनमा दोब्बरले कमी आएको बताएका छन्।विगतका वर्षहरूभन्दा उत्पादनमा कमी हुनु र उचित मूल्य पनि नपाउँदा मारमा परेको बरहथवा नगरपालिका–१ हजरियाका रामकुमार नेपालले गुनासो गरे। बिउ प्रतिकिलो २५ देखि ३० रूपैयाँमा किनेर रोपेको आलु अहिले १५ रूपैयाँमा बिक्री गर्नुपरेको उनको भनाइ छ। छिमेकी मुलुक भारतबाट सस्तो मूल्यका आलु बजारमा भि