उपत्यका विकास प्राधिकरण खारेज गर्न मेयरहरुको माग

२५ वैशाख, काठमाडौं । उपत्यका नगरपालिका फोरमले काठमाडौं उपत्यका बिकास प्राधिकरण खारेज गर्नुपर्ने माग गरेको छ । बिसं २०४५ सालमा ँगठन भएको प्राधिकरण हाल उपत्यकाको राजनीतिक, सामाजिक, आर्थिक, प्रशासनिक अवस्थामा व्यापक परिवर्तन आईसकेकोको अवस्थामा आवश्यक …

सम्बन्धित सामग्री

संसदमा उपत्यका विकास प्राधिकरण खारेजीको माग

१२ फागुन, काठमाडौं । उपत्यका विकास प्राधिकरण खारेजीको माग उठेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठले उपत्यका विकास प्राधिकरण खारेजीको माग गरेका हुन् । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा अनुगमन तथा मूल्यांकन विधेयक २०७८ माथिको …

भूमि आयोगको सूचनापछि थप आक्रामक बन्दै उपत्यका विकास प्राधिकरण

काठमाडौं । राष्ट्रिय भूमि आयोगले अव्यवस्थित बसोबास र सुकुम्बासीको समस्या नसुल्टिएसम्म घरटहरा नभत्काउन निर्दशन दिएपछि काठमाडौं उपत्यका विकास प्राधिकरण थप आक्रामक देखिएको छ । मंसिर १४ मा प्राधिकरणले अनाधिकृत संरचना भत्काउन ३५ दिने सूचना जारी गरेको थियो । काठमाडौं महानगरपालिकाले सुकुम्बासी बस्ती हटाउन प्रयास गरिरहेकै समयमा प्राधिकरणले यस्तो सूचना ल्याएको थियो । तर भूमि आयोगले […] The post भूमि आयोगको सूचनापछि थप आक्रामक बन्दै उपत्यका विकास प्राधिकरण appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

भूमि आयोगको सूचनापछि थप आक्रामक उपत्यका विकास प्राधिकरण

काठमाडौं – राष्ट्रिय भूमि आयोगले अव्यवस्थित बसोबास र सुकुम्बासीको समस्या नसुल्टिएसम्म घरटहरा नभत्काउन निर्दशन दिएपछि काठमाडौं उपत्यका विकास प्राधिकरण थप आक्रामक देखिएको छ। मंसिर १४ मा प्राधिकरणले अनाधिकृत संरचना भत्काउन ३५ दिने सूचना जारी गरेको थियो। काठमाडौं महानगरपालिकाले सुकुम्बासी बस्ती हटाउन प्रयास गरिरहेकै समयमा प्राधिकरणले यस्तो सूचना ल्याएको थियो। तर भूमि आयोगले आफूले सकुम्बासीको समस्या […]

काठमाडौं उपत्यका विकास प्राधिकरण पनि एक्सनमा

काठमाडौं – काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाह (बालेन)ले महानगरभित्रका अनधिकृत संरचना हटाएर चर्चा बटुल्दै गर्दा काठमाडौं उपत्यका विकास प्राधिकरणका विकास आयुक्त जानुका ढकाल पनि एक्सनमा उत्रिएकी छन्। बुधबार प्राधिकरणले सार्वजनिक सूचना जारी गर्दै ३५ दिनभित्र अनधिकृत संरचना हटाउन आह्वान गरेको छ। उक्त सूचनामा काठमाडौं उपत्यका भित्रका सरकारी, पर्ति, ऐलानी तथा खोलाको मापदण्ड बमोजिमका जग्गालाई अतिक्रमण […]

अनामनगरमा रहेकाे बिजुली पोलमा आगलागी (फाेटाेफिचर)

काठमाडौंको अनामनगर नजिकै रहेको काठमाडौं उपत्यका विकास प्राधिकरण अगाडिको रहेको बिजुली पोलमा आगलागी भएको छ।...

सम्पदा मार्ग नचिन्ने उपत्यका विकास प्राधिकरण

शिशिर वैद्य - सामान्यतया बिहानी हिँडाईको मेरो चक्र कमलादी गणेश, घण्टाघर, रत्नपार्क, भोटाहिति हुँदै भित्री शहर घुमेर पुरा हुने गर्दछ। वर्षाका कारण नहिँडेको धेरैदिन भइसकेको थियो। आइतबारको दिन मैले फेरि हिँड्न सुरु गर्ने निधो गरें। हिँडाईको चक्र उहि थियो। घण्टाघर अघिल्तिर ट्राफिक संकेत बत्ती बलिरहेको थियो। म रोकिएँ। तर, कलेज जान…

स्थानीय निकायसँग सहकार्य गर्दै उपत्यका विकास प्राधिकरण

उपत्यका विकास प्राधिकरणले स्थानीय तहका जनप्रतिनिधिहरुलाई समेटेर धोविखोला व्यावस्थापन र सौन्दयर्यी करणका बारेमा छलफल कार्यक्रम गरेको छ । कार्यक्रममा काठमाडौं महानगरपालिका ४,५,७,९,१०,११,२९,३०, र बुढानिलकण्ठ नगरपालिकाका ८,९,१०,१३ का वडाअध्यक्ष र सदस्यहरुको उपस्थिति रहेको थियो ।

उपत्यका विकास प्राधिकरण खारेजीको सम्भावना कति ?

काठमाडौँ उपत्यका विकास प्राधिकरण खारेजको बहस सुरु भएको छ । कार्यकर्तालाई नियुक्ति दिलाउने र विभिन्न स्मार्ट तथा स्याटेलाइट शहर विकासको नाममा उपत्यका भित्रका जग्गाको मूल्य मात्रै बढाउने निकाय भएकाले उपत्यका विकास प्राधिकरण खारेजको माग उपभोक्ताको तहबाट पनि सुनिन थालेको छ ।नयाँ शहर योजनाका नाममा जग्गाको मूल्य अचाक्ली बढाउन मद्दत गरेको तर, शहर बनाउने काम अहिलेसम्म कागजमै अड्किएका कारण प्राधिकरणको औचित्यमाथि नै प्रश्न उठ्न थालेको हो ।उपत्यका मेयर फोरम पनि बोल्योकाठमाडौँ उपत्यकामा रहेका महानगर तथा नगरपालिकाहरुको साझा संस्था उपत्यका मेयर फोरमले पनि काठमाडौँ उपत्यका विकास प्राधिकरण खारेज गर्नुपर्ने माग गरिसकेको छ । यस विषयमा केही समय अघि फोरमले तालुकदार मन्त्रालयमा विज्ञप्ति पनि बुझाईसकेको छ ।काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले महानगर दिवसको अवसरमा आयोजित पत्रकार सम्मेलनमा केही दिन अघि काठमाडौँ उपत्यका विकास प्राधिकरण खारेज हुनुपर्ने दोहोर्याइसकेका छन् । उनले प्राधिकरणले सबै कामको जिम्मा आफूले लिनु उचित नहुने भन्दै आफूहरुले राखेको खारेजीको माग अहिले पनि यथावत रहेको बताएका हुन् ।स्थानीय तहले गर्ने प्रकृतिकै काम प्राधिकरणले नगर्दा हुन्छ भन्ने माग केवल काठमाडौँ महानगरको मात्रै नभई उपत्यका मेयर फोरमको भएको बताएका हुन् ।‘उपत्यका विकास प्राधिकरण आफैँ कार्यकारी निकाय हो, उसको काम भनेको नीति बनाउने हो,’ मेयर शाक्यले भने, ‘स्थानीय निर्माणका सबै काम स्थानीय तहले गर्ने हो, यो अधिकार स्थानीय तहमा आएपछि यस्तै प्रकृतिको काम प्राधिकरणले नगरे हुन्छ भनेर उपत्यकाका सबै नगरका मेयरहरुको फोरमले त्यसको खारेजीको माग गरेको हो । अहिले पनि त्यो माग यथावत छ ।’खारेजीको सम्भावना कति ?उपत्यका विकास प्राधिकरणका निवर्तमान प्रमुख आयुक्त डा. भाइकाजी तिवारीले २०७५ साल माघमा काठमाडौँ महानगरलाई पत्र पठाएर महानगरले पारित गरेको भवन निर्माणसम्बन्धी नयाँ मापदण्ड प्राधिकरणले निर्धारण गरेको भन्दा फरक भएकोले सच्याउन भन्दै अन्यथा महानगरलाई कारवाही गर्नुपर्ने बताएका थिए ।त्यसपछि काठमाडौँ महानगरसहित उपत्यकाका नगरपालिकाहरुले आफूहरुको क्षेत्राधिकार भित्रको अधिकार प्रयोग गर्दा प्राधिकरणले त्यसो भन्नु गलत भएको भन्दै प्राधिकरण खारेजीको माग गर्दै आएका छन् ।केही समयअघि सहरी विकासमन्त्री रामकुमारी झाक्रीले ‘सहरी विकास प्राधिकरण’ बनाउने विषय बोलेपछि उपत्यका विकास प्राधिकरण नरहन पनि सक्छ भन्ने कोणबाट अनुमान सुरु भएको छ । यद्यपी, यसको प्रक्रिया तत्काल अघि बढ्ने सम्भावना छैन । प्राधिकरणले बनाउने भनेको स्मार्ट शहर लगायतका काम समेत हेर्ने गरी सहरी विकास प्राधिकरण बनाउने तयारी भने भित्रभित्रै सुरु भईसकेको सहरी विकास मन्त्रालय स्रोत बताउँछ । यदि उक्त निकाय बनेको खण्डमा उपत्यका विकास प्राधिकरण खारेजीमा जान पनि सक्नेछ । उपत्यका विकास प्राधिकरण ऐन २०४५ मा ‘प्राधिकरणले गर्नु पर्ने काम पूरा गरिसकेको छ वा प्राधिकरणले आफूले गर्नुपर्ने काम, कर्तव्य वा निर्देशनको पालना गरेको छैन वा प्राधिकरण कायम राख्न आवश्यक छैन भन्ने ठहराएमा नेपाल सरकारले प्राधिकरणलाई जुनसुकै बखत विघटन गर्न सक्नेछ’ भनिएको छ ।

उपत्यका विकास प्राधिकरण खारेजीको हाम्रो माग यथावत् छ : मेयर शाक्य

काठमाडौँ : काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले उपत्यका विकास प्राधिकरणले सबै कामको जिम्मा आफैले मात्रै लिनु उचित नभएको बताएका छन्।सत्ताइसौँ काठमाडौँ महानगर दिवसको अवसर पारेर आज गरिएको पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन्।‘उपत्यका विकास प्राधिकरण आफैँ कार्यकारी निकाय हो। उसको काम भनेको नीति बनाउने हो’, शाक्यले भने, ‘स्थानीय निर्माणसँगै सबै काम स्थानीय तहले गर्ने र त्यो अधिकार स्थानीय तहमा आएपछि त्यही प्रकृतिको काम प्राधिकरणले नगरे हुन्छ भनेर उपत्य