प्रहरीले अपहरण तथा शरीर बन्धक गर्ने विदेशी नागरिकसहित ४ जनालाई पक्राउ गरेको छ ।
चिनियाँ नागरिक लिउ विपिङ/ली सिओङलाई काठमाडौं महानगरपालिकाको गौशालाबाट अपहरण गरी सिन्धुपाल्चोक पुर्याएर बन्धक बनाएको अभियोगमा प्रहरीले पक्राउ गरेको हो ।
अपहरणबारे चिनियाँ नागरिकका साथी चउ चफिङ्गले महानगरीय प्रहरी परिसर काठमाडौंमा जानकारी गराएका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रमेश विष्टले जानकारी दिए ।
अपहरणमा संलग्न भएको अभियोगमा सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–५ का ३२ वर्षीय दावा पासाङ्ग लामा, ३२ वर्षीय माइला भनि...